प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय दिवस समारोहमा मौरिससको सर्वोच्च नागरिक पुरस्कार प्राप्त गरे


पोस्ट गरियो: 12 MAR 2025 3:12PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदी मौरिसस गणराज्यको 57औँ राष्ट्रिय दिवस समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित भए

समारोहको क्रममा मौरिसस गणराज्यका राष्ट्रपति महामहिम श्री धरमवीर गोखुलले प्रधानमन्त्री मोदीलाई मौरिससको सर्वोच्च नागरिक पुरस्कार ग्राण्ड कमाण्डर अफ् द अर्डर अफ् द स्टार एण्ड कि अफ् द इण्डियन ओशन (जी.सी.एस.के.) पुरस्कारले सम्मानित गरे। कुनै पनि भारतीय नेताले यो सम्मान प्राप्त गरेको यो पहिलो अवसर हो।

प्रधानमन्त्री मोदीले यो पुरस्कारलाई भारत र मौरिसस बीचको विशेष मित्रता र भारतका 1.4 बिलियन नागरिक र मौरिससमा उनीहरूका 1.3 मिलियन दाजुभाइ र दिदीबहिनीहरूलाई समर्पित गरे।

राष्ट्रिय दिवस समारोहको अवसरमा भारतीय नौसेनाको एक मार्चिङ टोलीले परेडमा भाग लिएको थियो। राष्ट्रिय दिवस समारोहको अवसरमा एक भारतीय नौसेना जहाजले पनि बन्दरगाहको दौड़ाहा गरेको थियो।

*******


(रिलिज आईडी: 2110829) आगन्तुक काउन्टर : 64