प्रधानमन्त्रीको कार्यालय
भारत-अमेरिका संयुक्त पत्रकार सम्मेलनका समय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रेस वक्तव्य
Posted On:
14 FEB 2025 8:48AM by PIB Gangtok
महामहिम राष्ट्रपति ट्रम्प,
दुवै देशका प्रतिनिधिगण,
मिडियाका साथीहरू,
नमस्कार!
सबैभन्दा पहिले म, मेरा प्रिय मित्र राष्ट्रपति ट्रम्पलाई मेरो शानदार स्वागत अनि आतिथ्य सत्कारको निम्ति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। राष्ट्रपति ट्रम्पले भारत अनि अमेरिका सम्बन्धलाई आफ्नो नेतृत्त्वले सजाएका छन्, जीवन्त बनाएका छन्।
जुन उत्साहका साथ उनको पहिलो कार्यकालमा हामीले मिलेर काम गऱ्यौं, त्यही उमङ्ग, त्यही ऊर्जा अनि त्यही प्रतिबद्धता मैले आज पनि महसुस गरे। आजको चर्चामा उनको पहिलो कार्यकालमा हाम्रो उपलब्धिको सन्तोष अनि गहिरो आपसी विश्वासको सेतु थियो। यसका साथै नयाँ लक्ष्य प्राप्त गर्ने सङ्कल्प पनि थियो। भारत अनि अमेरिकाका साथ अनि सहयोगले एउटा उत्तम विश्वलाई आकार दिनसक्नेछ भन्ने हामी मान्दछौं।
मित्रगण,
अमेरिकाका मानिसहरू राष्ट्रपति ट्रम्पको मोटो “मेक अमेरिका ग्रेट अगेन” अर्थात् “मागा”सँग परिचित छन्। भारतका जनमानस पनि विरासत अनि विकासको पटरीमा विकसित भारत 20247 को दृढ सङ्कल्प लिएर तेज गतिशक्तिका साथ विकासतर्फ अग्रसर छन्।
अमेरिकाको भाषामा भन्नुपर्दा विकसित भारतको अर्थ “मेक इण्डिया ग्रेट अगेन” अर्थात् “मीगा” हुन्छ। जब अमेरिका र भारतले सँगै मिलेर काम गर्दछ, अर्थात् “मागा” प्लस “मीगा”, तब बन्दछ – समृद्धिका लागि “मेगा” पार्टनरशिप। र यही मेगाको भावनाले हाम्रो लक्ष्यलाई नयाँ परिमाण र अभिप्राय प्रदान गर्दछ।
मित्रगण,
आज हामीले द्विपक्षीय व्यापारलाई 2030 सम्म दुई गुणाभन्दा धेरै बढाएर 500 बिलियन डलरसम्म पुऱ्याउने लक्ष्य निर्धारित गरेका छौं। हाम्रो टोलीले एउटा पारस्परिक लाभकारी व्यापार सम्झौतालाई शीघ्रै सम्पन्न गर्ने दिशामा काम गर्नेछ।
भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्न हामीले तेल तथा ग्यास व्यापारमाथि बल दिनेछौं। ऊर्जा पूर्वाधारमा निवेश पनि बढ्नेछ। परमाणु ऊर्जा क्षेत्रमा हामीले लघु मोड्युलर भट्टीको दिशामा सहयोग बढाउन पनि कुरा गऱ्यौं।
मित्रगण,
भारतको रक्षा तयारीमा अमेरिकाको महत्त्वपूर्ण भूमिका छ। सामरिक अनि विश्वस्त साझेदारका नाताले हामी संयुक्त विकास, संयुक्त उत्पादन र प्रविधि हस्तान्तरणको दिशामा सक्रिय रूपमा अघि बढिरहेका छौं।
आउने समयमा पनि नयाँ प्रविधि र उपकरणले हाम्रो क्षमता बढाउनेछ। हामीले स्वायत्त प्रणाली औद्योगिक गठबन्धन शुरु गर्ने निर्णय लिएका छौं।
आगामी दसकका लागि रक्षा सहयोग संरचना बनाइनेछ। रक्षा अन्तरसंक्रियता, लजिस्टिक्स, मरम्मति एवं अनुरक्षण पनि यसको मुख्य भाग हुनेछ।
मित्रगण,
एक्काइसौं शताब्दी प्रविधि आधारित शताब्दी हो। लोकतान्त्रिक मूल्यमा विश्वास राख्ने देशहरूबीच प्रविधिको क्षेत्रमा निकटतम सहयोगले सम्पूर्ण मानवतालाई नयाँ दिशाशक्ति अनि अवसर दिनसक्नेछ।
भारत अनि अमेरिकाले कृत्रिम आसूचना, सेमीकण्डक्टर, क्वान्टम जैवप्रविधि तथा अन्य प्रविधिमा मिलेर काम गर्नेछ।
आज हामीले ट्रस्ट अर्थात “सामरिक प्रविधिको उपयोग गर्दा सम्बन्धमा रूपान्तरण”माथि सहमति बनाएका छौं। यस अन्तर्गत महत्त्वपूर्ण धातु, उन्नत सामग्री अनि फार्मासुटिकलको सुदृढ आपूर्ति शृङ्खला बनाउने कुरामाथि बल दिइनेछ। लिथियम अनि रेयर अर्थ जस्ता स्ट्रेटेजिक मिनरलका लागि रिकभरी अनि प्रोसेसिङ इनिसिएटिभ शुरु गर्ने पनि निर्णय लिइएको छ।
अन्तरिक्ष क्षेत्रमा अमेरिकासँग हाम्रो नजिकको सहयोग रहिआएको छ। इसरो र नासाको आपसी सहयोगबाट बनाइएको निसार उपग्रहले चाँडै भारतीय प्रक्षेपण वाहनबाट अन्तरिक्षको उडान भर्नेछ।
मित्रगण,
भारत अनि अमेरिकाको साझेदारीले लोकतन्त्र र लोकतान्त्रिक मूल्य अनि व्यवस्थालाई सशक्त बनाउँदछ। इण्डो-पेसिफिकमा शान्ति, स्थिरता अनि समृद्धि बढाउनका लागि हामी मिलेर काम गर्नेछौं। यसमा क्वाडको विशेष भूमिका रहनेछ।
यस वर्ष भारतमा आयोजन हुने क्वाड शिखर सम्मेलनमा हामी साझेदार देशहरूका साथ नयाँ क्षेत्रमा सहयोग बढाउनेछौं। “आइ-मेक” र “आइ 2-यु-2” अन्तर्गत हामी आर्थिक गलियारा र कनेक्टिभिटी पूर्वाधारमाथि मिलेर काम गर्नेछौं।
आतङ्कवाद विरुद्ध लडाईमा भारत र अमेरिका दृढताका साथ खडा छ। सीमापार आतङ्कवादको उन्मूलन गर्न ठोस कार्वाही आवश्यक रहेको कुरामा हामी सहमत छौं।
वर्ष 2008 मा भारतमा नरसंहार गर्ने अपराधीलाई अब भारतलाई सुपूर्द गर्ने निर्णयका लागि म राष्ट्रपतिप्रति आभारी छु। भारतको अदालतले उचित कार्वाही गर्नेछ।
मित्रगण,
अमेरिकामा बसोबासो गर्ने भारतीय समुदाय हाम्रो सम्बन्धका महत्त्वपूर्ण कडी हुन्। हाम्रो आपसी सम्बन्धलाई अझ गहन बनाउनका लागि हामी चाँडै लस एञ्जेलेस र बोस्टनमा भारतको नयाँ वाणिज्य दूतावास खोल्नेछौं।
हामीले अमेरिकाका विश्वविद्यालय अनि शिक्षा संस्थानहरूलाई भारतमा अफसोर क्याम्पस खोल्नका लागि निमन्त्रण दिएका छौं।
राष्ट्रपति ट्रम्प,
तपाईंको मित्रता अनि भारतका लागि दृढ प्रतिबद्धताको निम्ति म आभार व्यक्त गर्न चाहन्छु। भारतका मानिसहरूले 2020 को तपाईंको यात्रालाई आज पनि याद गर्दछन्, र राष्ट्रपति एकपटक फेरि उनीहरूका नजिक आउने आशा गर्दछन्।
एक सय चालीस करोड भारतवासीको तर्फबाट म तपाईंलाई भारत आउनका लागि आमन्त्रित गर्दछु।
धेरै धेरै धन्यवाद।
अस्वीकृति : यो प्रधानमन्त्रीको सम्बोधनको निकटतम अनुवाद हो। मूल सम्बोधन हिन्दीमा गरिएको थियो।
******
(Release ID: 2103143)
Visitor Counter : 32
Read this release in:
English
,
Urdu
,
Marathi
,
Hindi
,
Manipuri
,
Bengali
,
Assamese
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam