पर्यटन मन्त्रालय
पर्यटन मन्त्रालयले महाकुम्भ 2025 लाई वैश्विक पर्यटन केन्द्रको रूपमा बढ़ावा दिनका लागि प्रमुख पहलहरूको अनावरण गर्यो
महाकुम्भमा आगन्तुकहरूको अनुभवलाई बढाउनका लागि अतुल्य भारत मण्डप र समर्पित इन्फोलाइन
आगन्तुकहरूको लागि शानदार आवास, भ्रमण प्याकेज र राम्रो कनेक्टिभिटी
महाकुम्भको लागि हवाई कनेक्टिभिटी बढाउनका लागि एलायन्स एयरले पर्यटन मन्त्रालयसँग गर्यो साझेदारी
विशेष फोटोशूट र भिडियोहरूको साथ महाकुम्भको भव्यतालाई कैद गरिने
Posted On:
12 JAN 2025 10:02AM by PIB Gangtok
भारत सरकारको पर्यटन मन्त्रालयले महाकुम्भ 2025 लाई आध्यात्मिक जमघटका लागि मात्र नभई वैश्विक पर्यटनको लागि पनि एक ऐतिहासिक कार्यक्रम बनाउने तयारी गरेको छ। यो महत्त्वपूर्ण अवसरको उत्सव मनाउनका लागि मन्त्रालयले घरेलु र अन्तर्राष्ट्रिय पर्यटन दुवैलाई बढावा दिने उद्देश्यले धेरै पहलहरू गरिरहेको छ। महाकुम्भ विश्वको सबैभन्दा ठूलो र सबैभन्दा महत्त्वपूर्ण धार्मिक समागम हो, जुन हरेक 12 वर्षमा भारतका चार स्थानहरू मध्ये एकमा आयोजना गरिन्छ। महाकुम्भ-2025, जसलाई पूर्ण कुम्भ पनि भनिन्छ, यो 13 जनवरीदेखि 26 फरवरी, 2025 सम्म उत्तर प्रदेशको प्रयागराजमा आयोजना गरिँदैछ। यो विशाल आयोजनमा विश्वभरिका लाखौँ श्रद्धालु, पर्यटक र तीर्थयात्रीहरू आउने अपेक्षा गरिएको छ, जसले भारतको भारतको सांस्कृतिक, आध्यात्मिक सम्पदा र पर्यटन क्षमतालाई प्रदर्शन गर्ने एक अनौठो अवसर प्रदान गर्दछ।
पर्यटन मन्त्रालयले महाकुम्भमा 5000 वर्ग फिटको विशाल क्षेत्रफलमा अतुल्य भारत मण्डप स्थापना गरिरहेको छ, जसले विदेशी पर्यटक, विद्वान्, शोधकर्ता, फोटोग्राफर, पत्रकार, प्रवासी समुदाय, भारतीय प्रवासी आदिलाई सुविधा प्रदान गर्नेछ। मण्डपले आगन्तुकहरूलाई भारतको समृद्ध सांस्कृतिक सम्पदा र कुम्भ मेलाको महत्त्वलाई प्रदर्शित गर्दै एक अनौठो अनुभव प्रदान गर्नेछ। मण्डपमा देखो अपना देश पिपुल्स च्वाइस पोल पनि हुनेछ, जसले आगन्तुकहरूलाई भारतमा आफ्नो मनपर्ने पर्यटन गन्तव्यहरूको लागि मतदान गर्न अनुमति दिनेछ।
महाकुम्भमा भाग लिने विदेशी पर्यटक, प्रभावशाली व्यक्तित्व, पत्रकार र फोटोग्राफरहरूको विशेष आवश्यकतालाई पूरा गर्नका लागि पर्यटन मन्त्रालयले एक समर्पित टोल-फ्री टुरिस्ट इन्फोलाइन (1800111363 वा 1363) को स्थापना गरेको छ। अङ्ग्रेजी र हिन्दी बाहेक टोल फ्री इन्फोलाइन अब दस (10) अन्तर्राष्ट्रिय भाषाहरूमा र तमिल, तेलुगु, कन्नड, बङ्गाली, असमी र मराठी लगायत भारतीय स्थानीय भाषाहरूमा पनि सञ्चालन भइरहेको छ। यो सेवाले अन्तर्राष्ट्रिय आगन्तुकहरूको लागि अनुभवलाई सहज तथा अधिक सुखद बनाउनका लागि सहायता, सूचना र मार्गदर्शन प्रदान गर्नेछ।
मन्त्रालयले आगामी महाकुम्भ-2025 को बारेमा चर्चा पैदा गर्नका लागि एक प्रमुख सामाजिक सञ्जाल अभियान शुरु गरेको छ। मानिसहरूलाई यो आयोजनबाट आफ्ना अनुभव र क्षण साझा गर्न प्रोत्साहित गर्नका लागि महाकुम्भ2025 र स्पिरिचुअलप्रयागराज जस्ता विशेष ह्यासट्यागको प्रयोग गरिँदैछ। सामाजिक सञ्जाल प्रतियोगिता, आईटीडीसी, यूपी टुरिज्म र अन्य संङ्गठनहरू जस्ता संस्थाहरूसँगको सहकार्यात्मक पोस्टहरूले यो कार्यक्रमको दृश्यतालाई बढावा दिनेछन् र मानिसहरूलाई यो आध्यात्मिक उत्सवको साक्षी बन्नका लागि आमन्त्रित गर्नेछन्।
पर्यटन मन्त्रालयले उत्तर प्रदेश राज्य पर्यटन विकास निगम (यूपीएसटीडीसी), आईआरसीटीसी र आईटीडीसी जस्ता प्रमुख पर्यटन हितधारकहरूसँग मिलेर विभिन्न प्रकारका क्युरेट गरिएका टुर प्याकेज र विलासी आवास विकल्प पेश गरेको छ। आईटीडीसीले प्रयागराजको टेन्ट सिटीमा 80 लक्जरी आवास स्थापना गरेको छ, जबकि आईआरसीटीसीले तीर्थयात्री र पर्यटकहरूको आगमनलाई समायोजन गर्न लक्जरी टेन्टहरू पनि प्रदान गरिरहेको छ। यी प्याकेजहरू एक डिजिटल ब्रोसरमा उपलब्ध हुनेछन्, जुन भारतीय मिशन र भारत पर्यटन कार्यालयहरूमा अधिकभन्दा अधिक रूपमा प्रसारित गरिएको छ।
महाकुम्भमा सहभागी हुने पर्यटकहरूको लागि निर्बाध यात्रा सुनिश्चित गर्नका लागि पर्यटन मन्त्रालयले भारतभरिका धेरै शहरहरूबाट प्रयागराजमा हवाई सम्पर्क बढाउन एलायन्स एयरसँग साझेदारी गरेको छ। यसले घरेलु र अन्तर्राष्ट्रिय आगन्तुकहरूको लागि सजिलो पहुँचलाई सुविधा हुनेछ, जसले गर्दा उनीहरूलाई कार्यक्रममा सहज र सुविधाजनक रूपमा पुग्न अनुमति मिल्नेछ।
यो दुर्लभ अवसरको लाभ उठाउनका लागि पर्यटन मन्त्रालयले महाकुम्भको भव्यता र आध्यात्मिक सारलाई कैद गर्न ठूलो मात्रामा फोटोशूट र भिडियोग्राफी परियोजना शुरु गर्नेछ। यी दृश्यहरू अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मिडिया प्लेटफर्महरूमा व्यापक रूपमा साझा गरिनेछ, जसमा महाकुम्भको भव्यतालाई प्रदर्शित गरिनेछ तथा आध्यात्मिक तथा सांस्कृतिक गन्तव्यको रूपमा प्रयागराजको पर्यटन क्षमतामाथि प्रकाश पार्नेछ।
*****
(Release ID: 2092427)
Visitor Counter : 10