तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय

वर्ष अन्त्य 2023 को समीक्षा : साङ्ख्यिकी एवं कार्यक्रम कार्यान्वयन मन्त्रालय


विभिन्न अन्तरराष्ट्रिय साङ्ख्यिकी मञ्चमा एमओएसपीआइद्वारा भारतको प्रतनिधित्त्व

चार वर्षको कार्यकालका लागि भारत संयुक्त राष्ट्र साङ्ख्यिकी आयोगमा (युएनएससी) सदस्य निर्वाचित

युएनएससीआइ मार्फत् एमओएसपीआइले आधिकारिक साङ्ख्यिकीमा अन्तरराष्ट्रिय मानक, अवधारणा र विधि परिभाषित गर्न महत् भूमिका खेल्नेछ

एमओएसपीआइले सर्वोत्तम अन्तरराष्ट्रिय मानक अनुरूप न्यूनतम सम्भावित समय चूकका साथ मासिक तथ्याङ्क/ साङ्ख्यिकी सूचक प्रकाशित गर्दछ

तेज प्रमाणिकरण तथा उन्नत तथ्याङ्क गुणस्तरका लागि सर्वेक्षण गर्न कम्प्युटर एडेड पर्सनल इन्टरभिउ (सीएपीआइ) अङ्गीकार गर्दछ

प्राविधिक सुधारले सर्वेक्षण परिणाम लगायत सामयिक श्रम शक्ति सर्वेक्षणको (पीएलएफएस) त्रैमासिक बुलेटिन स्थलगत कार्य समाप्तिको 9 महिनाको साटो 2-3 महिनाभित्र जारी गर्न सहयोग गर्दछ

एमओएसपीआइको वेबसाइमा प्रथमपटक एनएस/ जीडीपी, सीपीआइ, पीएलएफएस र आइआइपीसित सम्बन्धित तथ्याङ्क मानसदर्शन खण्ड सामेल

प्रयोगकर्ता अनि हितधारकहरूका लागि तथ्याङ्क प्रयोगकर्ता सम्मेलन आयोजन गरिन्छ जसमा शैक्षणिक संस्थान, उद्योग जगत, सञ्चार माध्यम अनि अनुसन्धानका विशेषज्

Posted On: 18 DEC 2023 3:00PM by PIB Gangtok

अन्तरराष्ट्रिय सहयोग तथा बहुपक्षीय अभिकरणसँग समन्वयन

साङ्ख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले (एमओएसपीआइ) विभिन्न अन्तरराष्ट्रिय साङ्ख्यिकी मञ्चमा भारतीय साङ्ख्यिकी प्रणालीको अनुकूलतम स्वीकार्यता लागि लागि भारतलाई प्रतिनिधित्त्व गर्दछ। भारत चार वर्षको कार्यकालका लागि संयुक्त राष्ट्र साङ्ख्यिकी आयोगमा (युएनएससी) सदस्यका रूपमा  निर्वाचित भएको छ (करिब दुई दसकको अन्तररालपछि)। युएनएससीको माध्यमद्वारा एमओएसपीआइले आधिकारिक साङ्ख्यिकीमा अन्तरराष्ट्रिय मानक, अवधारणा र विधि परिभाषित गर्न महत् भूमिका खेल्नेछ ।

यसका अतिरिक्त, भारत (क) युएन ईएससीएपी कमिटी अन् स्टेटिस्टिक्स (सीएसटी) ब्यूरोको तीनवटा भाइस चेयरमध्ये एउटामा र (ख) एशिया प्रशान्तका लागि साङ्ख्यिकी संस्थानको शासी परिषदमा 2022-2024 अवधिका लागि पुनः निर्वाचित भएको छ।

केही महत्त्वपूर्ण साङ्ख्यिकी उत्पादको मानदण्ड निर्धारण

एमओएसपीआइद्वारा सर्वोत्तम चलन अनुरूप केही महत्त्वपूर्ण साङ्ख्यिकी उत्पादको मानदण्ड निर्धारण गरिन्छ, जसलाई अन्य राष्ट्रिय साङ्ख्यिकी कार्यालयहरूले (एनएसओ) पालन गर्दछन्। विभिन्न मासिक तथ्याङ्क/ साङ्ख्यिकी सूचक जस्तै सीपीआइ अनि आइआइपी, न्यूनतम समयको हेरफेरका साथ एमओएसपीआइद्वारा प्रकाशित गरिन्छ, जुन सर्वोत्तम अन्तरराष्ट्रिय मानक अनुरूप हुने गर्दछ। वार्षिक अनुमानहरूका साथै एनएएस/ जीडीपी त्रैमासिकको निम्ति पनि यो लागू हुँदछ।

कम्प्युटर एडेड पर्सनल इन्टरभिउ (सीएपीआइ)

प्रणालीमा सुधार र समयमा तथ्याङ्कको प्रकाशनको सन्दर्भमा, एमओएसपीआइले उन्नत तथ्याङ्क ग्रहण एवं संसाधनको निम्ति आधुनिक आइटी औजारहरू अङ्गीकार गरेको छ। यसै अनुरूप सबै सर्वेक्षण हाल सीएपीआइमा गरिन्छ र तथ्याङ्क सङ्कलनको विभिन्न चरणमा यसको प्रमाणिकरणका लागि इनबिल्ट कम्प्युटर स्क्रुटिनी पोइन्टमा (सीएसपी) लोड गरिन्छ, जुन एउटा क्लाउड आधारित डिजिटल मञ्च हो जसले सँगसँगै तथ्याङ्क संसाधित गर्ने सुनिश्चित गर्दछ। यसले तेज प्रमाणिकरणका साथमा उन्नत तथ्याङ्क गुणस्तरका साथै सर्वेक्षण परिणाम प्रकाशित गर्न लाग्ने समय घटाउँदछ।

यस प्राविधिक सुधारका कारण सर्वेक्षण परिणाम लगायत सामयिक श्रम शक्ति सर्वेक्षणको त्रैमासिक बुलेटिन प्रकाशित गर्ने समय स्थलगत कार्य समाप्तिपछि नौ महिनाको साटो 2-3 महिनाभित्र प्रकाशित गर्न सक्षम बनाएको छ। पीएलएफएस वार्षिक प्रतिवेदन 2022-23 जारी गर्ने समय सीमा पनि पीएलएफएस वार्षिक प्रतिवेदन 2021-22 जारी गरिएको आठ महिनाबाट घटाएर करिब तीन महिनाभित्र जारी गर्नसकिएको छ।

तथ्याङ्क मानस दर्शन

मन्त्रालयद्वारा विभिन्न प्रयोगकर्ताको प्रतिक्रियाको आधारमा आफ्नो वेबसाइट आधुनिकीकरण गर्ने कोशिश गरेको छ, जसअन्तर्गत प्रथमपटक वेबसाइटमा तथ्याङ्क मानसदर्शन खण्ड सामेल गरिएको छ। यस खण्डमा एमओएसपीआइको चारवटा तथ्याङअककोष जस्तै एनएएस/ जीडीपी/ सीपीआ (ग्रामीण, शहरी, सम्मिलित), पीएलएफएस र आइआइपीसित सम्बन्धित मानसदर्शन सामेल छन्। यस अनुभवका साथ हामीले अन्य मन्त्रालय/ विभागको तथ्याङ्क एकिकृत गर्न विस्तार अनि कार्यक्षेत्र विस्तार गरिरहेका छौं। तथ्याङ्क प्रयोगकर्ता सम्मेलनका प्रतिभागीहरूले वेबसाइट अन्तर्गत यी विशेषताको सराहना गरे।

तथ्याङ्क प्रयोगकर्ता सम्मेलन

अक्टोबर 2022 उपरान्त, एमओएसपीआइद्वारा प्रयोगकर्ता अनि हितधारकहरूका लागि तीनवटा तथ्याङ्क प्रयोगकर्ता सम्मेलन आयोजन गरियो। यी सम्मेलनहरूमा एमओएसपीआइद्वारा राष्ट्रिय लेखा साङ्ख्यिकी (एनएएस) समेटिएको थियो, जसमा शेक्षणिक संस्थान, उद्योग जगत, सञ्चार माध्यम अनि अनुसन्धानकर्ताहरूले भाग लिएका थिए।

एमपीएलएडीएसको संशोधित दिशानिर्देश जारी गर्नका साथै नयाँ वेब पोर्टलको शुभारम्भ

एमओएसपीआइले संसद सदस्य स्थानीय क्षेत्र विकास योजना (एमपीएलएडीएस) शासित गर्दछ, जसले संसद सदस्यलाई स्थानीय आवश्यकता अनुसार दिगो सामुदायिक परिसम्पत्ति सिर्जना गर्नका लागि विकासीय प्रकृतिका कामहरूको सिफारिश गर्न समर्थ तुल्याउँदछ। योजना केही दिशानिर्देशद्वारा शासित छ,जसलाई संशोधित गरी 01.04.2023 देखि प्रभावी बनाइएको छ।

मन्त्रालयले धन प्रवाह प्रक्रिया कार्यान्वयनका लागि वेब पोर्टल शुरु गरेको छ। नयाँ वेब पोर्टलमा कैयौं प्रविधि समर्थित विशेषता सामेल गरिएको छ, जसले एमपीएलएडीए विकास परियोजनाको सम्पूर्ण जीवनचक्र तथा अनलाइन निगरानी प्रणाली जस्तै अनलाइन कामको सिफारिश, अनलाइन अनुमोदन/ खारेजी, ड्यासबोर्ड, सचेत सिर्जना, उपयोग/ कार्य समाप्ति प्रमाणपत्रको स्वचालित सिर्जना, ठेकादारहरूलाई भुक्तानी, आदि विषय यसमा समेटिएको छ। नयाँ प्रणालीले डिजिटल भारत अनुरूप  एमपीएलएडी योजनाको कार्यप्रणाली, कार्यान्वयन र निगरानीमा व्यापक सुधार ल्याएको छ।

नीति आयोगको तथ्याङ्क शासन गुणस्तर सूचक (डीजीक्युआइ)

पछिल्लो संस्करणको तुलनमा एमओएसपीआइको स्कोर 4.08 (2021-22/क्यु-4) बाट वर्तमान संस्करणमा (2022-23/ क्यु-4) 4.27 पुगेको छ। एमओएसपीआइलाई राखिएको रणनीतिकमन्त्रालय/ विभागहरूमध्ये यसले दोस्रो स्थान ओगटेको छ।

स्वच्छता पखवडा

एमओएसपीआइद्वारा 1 देखि 15 जुलाई, 2023 सम्म स्वच्छता पखवडा आयोजन गरियो। यस पाक्षिक अवधिमा मन्त्रालयको कार्यालयका अतिरिक्त विभिन्न स्कूल, अस्तपताल, अनाथालय, औद्योगिक क्षेत्र, बजार अनि गाउँमा कार्यगोष्ठी, बालकहरूका लागि विभिन्न प्रकारका प्रतियोगिता, स्वास्थ्य शिविर, सडक नाटक, जुलूस, स्वच्छता जागरूकता अभियान आयोजन गरियो।

लैङ्गिक साङ्ख्यिकी

मन्त्रालयद्वारा “नीति निर्धारणमा लैङ्गिक साङ्ख्यिकीको भूमिका” विषयमाथि मार्च 2023 मा सङ्गोष्ठी आयोजन गरियो। “भारतमा महिला अनि पुरुष” नामक प्रकाश अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा 15.03.2023 को दिन जारी गरियो। यो प्रकाशन विस्तृत अनि गहन छ, जसले महिला अनि पुरुषको विभिन्न समूहमा रहेका अन्तर बुझ्न सहयोग गर्दछ।

पर्यावरणीय साङ्ख्यिकी

“एनभिस्टेट्स इण्डिया 2023 भोल्युम 1 : एनभाइरन्मेन्ट स्टेटिस्टिक्स” नामक प्रकाशन 31.03.2023 को दिन जारी गरियो, जसमा वायु एवं जलको गुणस्तर, फोहोर सिर्जना एवं निस्तारण, जैवविविधता एवं भूमि प्रयोग, ग्रीन हाउस ग्यास उत्सर्जन तथा ऊर्जा खपत जस्ता विविध विषय समेटिएका छन्। “एनभिस्टेट्स इण्डिया 2023 भोल्युम 1 : एनभाइरन्मेन्ट एकाउन्ट्स” 29 सेप्टेम्बर, 2023 को दिन लोकार्पण गरिएको थियो।

https://www.mospi.gov.in/sites/default/files/reports_and_publication/statistical_publication/EnviStats/Complete_ES1_2023_Vol1.pdf

https://www.mospi.gov.in/sites/default/files/reports_and_publication/statistical_publication/EnviStats/ES_Vol_II_2023.pdf

सतत विकास लक्ष्य राष्ट्रिय सूचक संरचना (एनआइएफ)

मन्त्रालयद्वारा 22 फेब्रुअरी, 2023 को दिन “एसडीजी राष्ट्रिय सूचकका लागि उपलब्धि स्थापनाको निम्ति परामर्श तथा सम्बोधन नगरिएका एसडीजी लक्ष्यका लागि राष्ट्रिय सूचकको पहिचान” विषयमाथि एकदिने कार्यगोष्ठी आयोजन गरियो। एसडीजीका लक्ष्यहरू 2030 भित्र हासिल गर्नुपर्ने संयुक्त राष्ट्रले लक्ष्य राखेको हुँदा, सम्बन्धित मन्त्रालय अनि विभागहरूलाई लक्ष्य हासिल गर्ने दिशामा गरिएको प्रगतिको समुचित निगरानीका लागि अन्तरिम अवधिको निम्ति उपलब्धिहरू तय गर्न अनुरोध गरियो। यसका अतिरिक्त, 169 लक्ष्यका विपरीत केही लक्ष्यका लागि राष्ट्रिय सूचक चिन्हित गर्ने काम गरिएको छैन। कार्यगोष्ठीमा सम्बन्धित अभिकरण/ मन्त्रालय, नीति आयोग अनि एमओएसपीआइका करिब 75 जना अधिकारीले सहभागिता जनाए। जारी प्रकाशनमा तल उल्लेखित सामेल छन् :

सतत विकास लक्ष्य राष्ट्रिय सूचक संरचना (एनआइएफ) प्रगति प्रतिवेदन 2023

https://www.mospi.gov.in/sites/default/files/publication_reports/SDGs_NIF_Progress_Report_2023N_0.pdf?download=1

सतत विकास लक्ष्य राष्ट्रिय सूचक संरचना 2023 माथि तथ्याङ्क आशुचित्र

https://www.mospi.gov.in/sites/default/files/publication_reports/DataSnapshot_on_SDGs_NIF_2023.pdf?download=1

सतत विकास लक्ष्य राष्ट्रिय सूचक संरचना 2023 (2022 को संशोधित संस्करण)।

https://www.mospi.gov.in/sites/default/files/publication_reports/SDGs_NIF_Progress_Report_2023N_0.pdf

*****



(Release ID: 1987866) Visitor Counter : 42