प्रधानमन्त्रीको कार्यालय

पीएमले 8 दिसम्बरको दिन प्रथम भारतीय कला, वास्तुकला एवं अभिकल्प बायेनेल्सको उद्घाटन गर्ने


आइएएडीबीको आयोजन पीएमको देशमा ध्वजवाहक वैश्विक सांस्कृतिक पहलको विकास एवं स्थागत गर्ने परिकल्पना अनुरूप भइरहेको छ

आइएएडीबीको अवधिमा हप्ताभरी प्रत्येक दिन विभिन्न शीर्षक आधारित प्रदर्शनी प्रस्तुत गरिनेछ

पीएमले लाल किल्लामा आत्मनिर्भर भारत अभिकल्प केन्द्र (एबीसीडी) उद्घाटन गर्नेछन्

“भोकल फर लोकल”को अवधारणालाई सुदृढ बनाउँदै, एबीसीडीले शिल्पी समुदायलाई नयाँ अभिकल्प अनि नवाचारद्वारा सशक्त बनाउने

प्रधानमन्त्रीले विद्यार्थी द्विवार्षिकी – समुन्नति पनि उद्घाटन गर्ने

Posted On: 07 DEC 2023 2:13PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीले 8 दिसम्बरको दिन करिब 4 बजे अपरान्ह लाल किल्लामा आयोजित प्रथम भारतीय कला, वास्तुकला एवं अभिकल्प बायेनेल्सको उद्घाटन गर्नेछन्। कार्यक्रमको अवधिमा प्रधानमन्त्रीले आत्मनिर्भर भारत अभिकल्प केन्द्र तथा स्टुडेन्ट बायेनेल्स – समुन्नतिको पनि उद्घाटन गर्नेछन्। भेनिस, साओ पाउलो, सिङ्गापुर, सिडनी र शारजाहमा आयोजित हुने अन्तरराष्ट्रिय बायेनेल्स अर्थात् विराट प्रदर्शनी जस्तै देशमा ध्वजवाहक वैश्विक सांस्कृतिक पहल विकास गरी संस्थागत गर्ने प्रधानमन्त्रीको परिकल्पना रहेको छ। यसै परिकल्पना अनुरूप, सङ्ग्रहालयहरूको रूपान्तरण, पुनःनामाकरण, पुनरूद्धार तथा पुनः सङ्कलनको राष्ट्रव्यापी अभियान शुरु गरिएको थियो। यसका साथै पाँचवटा शहर जस्तै कोलकाता, दिल्ली, मुम्बई, अहमदाबाद र बनारसमा सांस्कृतिक केन्द्रको विकास गर्ने पनि घोषणा गरिएको थियो। भारतीय कला, वास्तुकला तथा अभिकल्प विराट प्रदर्शनीले (आइएएडीबी) दिल्लीमा सांस्कृतिक केन्द्रको परिचयको रूपमा काम गर्नेछ।

आगामी 9 देखि 15 दिसम्बर, 2023 सम्म नयाँ दिल्लीको लाल किल्लामा आइएएडीबी आयोजन हुनेछ। अन्तरराष्ट्रिय सङ्ग्रहालय प्रदर्शनी (मई) 2023) र पुस्तकालयहरूको उत्सव (अगस्त 2023) जस्ता पहलपछिको यो आयोजन हो। आइएएडीबी सांस्कृतिक संवादलाई सुदृढ बनाउन कलाकार, वास्तुकार, अभिकल्पकार, छायाकार, सङ्कलक, कला विशेषज्ञ अनि जनमानसबीच सर्वाङ्गीण संवाद शुरु गर्ने हिसाबले तयार गरिएको छ। यसले उदीयमान अर्थनीतिका रूपमा कला, वास्तुकला अनिअभिकल्पका रचनाकारहरूबीच सहकार्य बढाउने अवसर अनि मञ्च पनि प्रदान गर्नेछ।

आइएएडीबीले हप्ताको प्रत्येक दिन विभिन्न शीर्षक आधारित प्रदर्शनी प्रस्तुत गर्नेछ :

  • प्रथम दिन : प्रवेश – विधि मार्ग – भारतका द्वार
  • दोस्रो दिन : बाग-ए-बहार – ब्रह्माण्डका रूपमा उद्यान – भारतका उद्यानहरू
  • तेस्रो दिन सम्प्रवाह : समुदायको सङ्गम – भारतका बाओलिस
  • चौथो दिन : स्थापत्य : दुर्बलतारोधी अल्गोरिथम – भारतका मन्दिरहरू
  • पाँचौं दिन : विस्मय – रचनात्मक प्रक्रिया – स्वतन्त्र भारतका वास्तुगत विस्मय
  • छैटौं दिन : देशज भारत अभिकल्प – स्वदेशी अभिकल्प
  • सातौं दिन : समत्त्व : निर्माणलाई आकार – वास्तुकलामा महिलाहरूको उत्सव।

आइएएडीबीमा माथि उल्लेखित शीर्षकहरूमाथि मण्डप, विशेषज्ञहरूद्वारा चर्चा-परिचर्चा, कला सङ्गोष्ठी, कला बजार, धरोहर मार्ग तथा समानान्तर विद्यार्थीहरूको विराट प्रदर्शनी पनि सामेल रहनेछ। ललित कला अकादमीमा विद्यार्थीहरूको विराट प्रदर्शनीले (समुन्नति) विद्यार्थीहरूलाई आफ्नो काम प्रदर्शित गर्ने, समकक्षी अनि विशेषज्ञहरूसँग संवाद गर्ने र अभिकल्प प्रतियोगिता, धरोहरको प्रदर्शनी, स्थापत्य अभिकल्प, कार्यगोष्ठी आदिको माध्यमद्वारा वास्तुकला समुदायभित्रबाट बहुमूल्य ज्ञान प्रदान गर्नेछ। आइएएडीबी 23 देशको निम्ति निर्णायक क्षण साबित हुनेछ कारण यसका साथै भारत विराट प्रदर्शनीको परिदृश्यमा सामेल हुनेछ।

प्रधानमन्त्रीको “भोकल फर लोकल”को अवधारणा अनुरूप, लाल किल्लामा आत्मनिर्भर भारत अभिकल्प केन्द्र पनि स्थापित गरिँदैछ। यसले भारतको विशिष्ट तथा स्वदेशी शिल्पकला प्रदर्शित गर्नका साथै कारीगर अनि अभिकल्पकारबीच सहकार्यको स्थान प्रदान गर्नेछ। वहनीय सांस्कृतिक अर्थनीतिको मार्ग प्रशस्त गर्दै, यसले नयाँ अभिकल्प अनि नवाचारका साथ शिल्पी समुदायलाई सशक्त बनाउनेछ।

***



(Release ID: 1983516) Visitor Counter : 55