आवास तथा शहरी मामिला मन्त्रालय

स्वच्छ दीपावली शुभ दीपावली


आवास एवं शहरी मामिला मन्त्रालयले स्वच्छ उत्सवहरूका लागि साइन अप गर्नका लागि हस्ताक्षर अभियान शुरु गरेको छ

Posted On: 06 NOV 2023 3:46PM by PIB Gangtok

 “विगतका वर्षहरूमा हाम्रा चाडपर्वहरूसँग देशको एक नयाँ सङ्कल्प पनि जोडिएको छ। तपाईँहरू सबैलाई थाहा छ, यो ‘भोकल फर लोकल’ को सङ्कल्प हो। स्वच्छताको पालन गर्ने तिहारमा पोलिथिनको हानिकारक फोहोर हाम्रो चाडपर्वको भावना विपरीत छ। तसर्थ, हामीले स्थानीय रूपमा निर्मित गैर-प्लास्टिक ब्याग मात्र प्रयोग गर्नुपर्छ। चाडपर्वको अवसरमा यिनलाई बढ़ावा दिनु, स्वच्छताका साथ साथै आफ्नो स्वास्थ्य र पर्यावरणको पनि ख्याल गर्नु हाम्रो कर्तव्य हो।” - प्रधानमन्त्री, श्री नरेन्द्र मोदी

दीपावली नजिकै छ र घरपरिवार तिहारको हर्षोल्लासमा डुबेका छन्। दीपावलीअघि नै नागरिक स्वच्छता गतिविधिमा व्यस्त हुन्छन्, यसैले स्वच्छता हरेक घरमा केन्द्रमा आउँदछ। दीपावलीको समयमा सरसफाइ घरमा मात्र सीमित रहँदैन। चाडपर्व मनाउनका लागि सडक, बजार र छिमेकहरू सफा छन् भनी सुनिश्चित गर्न सम्पूर्ण समुदाय एक साथ आउँछन्। पुराना र प्रयोगमा नआएका सामानलाई नयाँ वस्तुले बदल्ने पनि यो तिहारको एक परम्परागत हिस्सा हो। राष्ट्रको चाडपर्वको मुड अनुरूप, आवास एवं शहरी मामिला मन्त्रालय (एमओएचयूए) को तत्त्वावधानमा स्वच्छ भारत मिशन-शहरी 2.0 ले 06 देखि 12 नोभेम्बर, 2023 सम्म स्वच्छ दीपावली शुभ दिवाली अभियान शुरु गरेको छ। यो अभियानको उद्देश्य स्वच्छ भारतको यात्रा एवं पर्यावरणका लागि जीवन शैली (मिशन लाइफ) का सिद्धान्तहरूका साथ साथै दीपावलीको सांस्कृतिक महत्वलाई उजागार गर्नु हो।

मिशन लाइफका मुख्य सिद्धान्तहरूलाई दोहोर्याउँदै पर्यावरणको रक्षा तथा र संरक्षण गर्ने लक्ष्य राख्दै जीवनशैलीमा ग्रह-अनुकूल व्यवहारमा परिवर्तन ल्याउने, स्वच्छ दीपावली शुभ दीपावलीको अवधारणाले स्वच्छ तथा पर्यावरण-अनुकूल उत्सवको महत्त्वलाई जोड दिँदछ। यस पहलको उद्देश्य व्यक्तिहरूलाई स्थानीय रूपमा निर्मित उत्पादहरू छनोट गर्न, एकल-प्रयोग प्लास्टिकबाट मुक्त दिवाली पालन गर्न र दीपावली अघि र पछि स्वच्छतालाई प्राथमिकता दिनका लागि संवेदनशील तथा प्रेरित गरेर पर्यावरण र समुदायहरूप्रति जिम्मेवारीको भावना जगाउनु हो। त्यसो गरेर, यो चाडपर्वप्रति एक स्थायी तथा पर्यावरणीय सचेत दृष्टिकोणलाई बढावा दिन चाहन्छ।

मिशनले ‘स्वच्छ दीपावली शुभ दीपावली’ - हस्ताक्षर अभियानका लागि सरकारको नागरिक सहभागिता मञ्च माइगवसँग साझेदारी गरेको छ। नागरिकहरूलाई स्वच्छ, हरित र एकल प्रयोग प्लास्टिकमुक्त दीपावली मनाउने आफ्नो सङ्कल्पलाई प्रदर्शित गर्नका लागि राष्ट्रिय हस्ताक्षर अभियानमा सहभागी हुनका लागि प्रोत्सागित गरिन्छ। नागरिकहरूले 6 देखि 12 नोभेम्बर, 2023 सम्म माइगवमा स्वच्छ दीपावलीको लागि साइन अप गर्न सक्नेछन्। उनीहरूले 30 सेकेण्डको भिडियो रिलमा स्वच्छ दीपावलीका लागि आफ्ना अनौठो पहल खिच्न सक्नेछन् र ञ्च्स्वच्छदिवालीसँग आफ्ना मनपर्ने सोशल मिडिया प्लेटफर्महरूमा अपलोड गर्न सक्छन् र एसबीएम अर्बन 2.0 - @sbmurbangov को आधिकारिक ह्याण्डलमा ट्याग गर्न सक्नेछन्। यसका साथै दीपावली अघि र पछि सरसफाइ, धुवाँ हटाउने कार्य गर्न पनि शहरी स्थानीय निकायलाई अनुरोध गरिएको छ।

विभिन्न नागरिक समूहले स्वच्छ तथा हरित दीपावलीको सङ्कल्पका लागि नागरिकको सहभागितालाई सहज बनाउनका लागि हस्ताक्षर अभियानलाई लोकप्रिय बनाउनेछन्। नागरिकहरूबीच 3आर को अवधारणालाई बढ़ावा दिनका लागि स्थानीय निकायहरूले सङ्कलन बिन्दुको स्थानलाई लोकप्रिय बनाएर आरआरआर केन्द्रहरूमा दान गरिने वस्तुहरूको सङ्कलन गर्न सहज बनाउन सक्छन्। केन्द्रीय मन्त्रालय, राज्य सरकार, केन्द्र शासित प्रदेश, सबै सरकारी कार्यालय, जिल्ला प्रशासन र स्थानीय निकायहरूले बजार सङ्घ, व्यापार सङ्घ, व्यापारिक निकाय, आवासीय कल्याण सङ्घ, वार्ड समिति, स्वयं सहायता समूह, गैरसरकारी संस्था र सीएसओ, युवा क्लबहरूसँग फोहोर पृथक्कीकरण, घटाउने, पुन: प्रयोग गर्ने, पुन: चक्रण गर्ने र फोहोरलाई धनमा रूपान्तरण गर्ने सिद्धान्त अवलम्बन गर्दै स्वच्छताका विभिन्न पक्षहरूमा चेतना फैलाउन संलग्न गर्नेछन्। उच्च वायु गुणवत्ता सूचकाङ्क (एक्यूआई) भएका शहरहरूले सरसफाइ कर्मचारीहरूको लागि विशेष हेरचाह र सुरक्षा सुनिश्चित गर्नुपर्छ। उनीहरूले उपयुक्त अनुहार मास्क, सुरक्षात्मक आँखा र सुरक्षा गियर वितरण गर्न सक्छन्। उनीहरूको दीपावलीलाई विशेष बनाउन स्थानीय उत्पादहरू पनि उपहार दिन सकिनेछ।

****



(Release ID: 1975108) Visitor Counter : 94