प्रधानमन्त्रीको कार्यालय

मध्य प्रदेश रोजगार मेलाको अवसरमा प्रधानमन्त्रीको भिडियो सन्देश


Posted On: 21 AUG 2023 1:16PM by PIB Gangtok

नमस्कार,

आज तपाईंहरू सबैले यस ऐतिहासिक कालखण्डमा शिक्षण जस्तो महत्त्वपूर्ण दायित्त्वसँग स्वयंलाई जोडिरहनु भएको छ। यसपटक लाल किल्लाबाट देशको विकासमा राष्ट्रिय चरित्रको कसरी महत् भूमिका हुन्छ  मैले विस्तारका साथ कुरा गरे। तपाईंहरू सबैमाथि भारतको भावी पिँढीलाई गढ्ने, उनीहरूलाई आधुनिकतामा ढाल्ने र नयाँ दिशा दिने जिम्मेवारी छ। म मध्य प्रदेशको प्राथमिक विद्यालयहरूमा नियुक्त हुने साडे पाँच हजारभन्दा धेरै शिक्षक भाइ-बहिनीलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। मलाई बताइए अनुसार बितेको तीन वर्षमा एमपीमा करिब 50 हजार शिक्षकको नियुक्ति भइसकेको छ। यसका लागि राज्य सरकार पनि धेरै धेरै बधाईको पात्र बनेको छ।

साथीहरू,

तपाईंहरूले राष्ट्रिय शिक्षा नीति लागू गर्ने दिशामा ठूलो भूमिका खेल्नु हुनेछ। विकसित भारतको सङ्कल्पलाई सिद्ध गर्ने दिशामा राष्ट्रिय शिक्षा नीतिको धेरै ठूलो योगदान छ। यसमा पारम्परिक ज्ञानदेखि लिएर भविष्यको प्रविधिसम्मलाई समान रूपमा महत्त्व दिइएको छ। प्राथमिक शिक्षाको क्षेत्रमा नयाँ पाठ्यक्रम पनि तयार गरिएको छ। एउटा अऱ्को ठूलो काम पनि भएको छ, मातृभाषामा पढाइलाई लिएर। अङ्ग्रेजी नजान्ने अनेकौं विद्यार्थीलाई उनीहरूको मातृभाषामा पढाई नगराएर एक प्रकारले उनीहरूमाथि ठूलो अन्याय गरिएको छ। यो सामाजिक न्यायको विरुद्ध थियो। अब यस अन्यायलाई पनि हाम्रो सरकारले अन्त्य गरिदिएको छ। अब पाठ्यक्रममा क्षेत्रीय भाषाका पुस्तकहरूमाथि बल दिइएको छ। देशको शिक्षा व्यवस्थामा यो धेरै ठूलो परिवर्तनको आधार बन्नेछ।

साथीहरू,

जब सकारात्मक सोच, सही नीयत, पूर्ण निष्ठाका साथ निर्णय गरिन्छ, तब पूरा वातावरण सकारात्मकताले भरिन्छ। अमृतकालको पहिलो वर्षमै दुईवटा ठूलो सकारात्मक खबर आएका छन्। ती खबरहरूले देशमा घट्दो गरीबी अनि बढ्दो समृद्धिको परिचय दिँदछ। नीति आयोगको रिपोर्टमा केवल पाँच सालभित्र नै भारतमा साडे 13 करोड भारतीय गरीबी रेखादेखि माथि आएको बताइएको छ। केही दिनअघि एउटा अर्को रिपोर्ट पनि आएको थियो। उक्त रिपोर्ट अनुसार यस वर्ष दर्ता गरिने आयकर विवरणीको सङ्ख्याले पनि दोस्रो महत्त्वपूर्ण सङ्केत दिइरहेको छ। गत 9 वर्षमा मानिसहरूको औसत आयमा व्यापक बढ्त्तरी भएको छ। आइटीआरको आँकडा अनुसार 2014 जुन औसत आमदानी करिब 4 लाख रुपियाँ थियो, त्यो 2023 मा बढेर 13 लाख रुपियाँ पुगेको छ। भारतमा तल्लो आय समूहदेखि माथिल्लो आय समूहमा जानेहरूको सङ्ख्या पनि बढेको छ। यस आँकडाले उत्साह बढाउनका साथसाथै देशको हरेक क्षेत्रमा सुदृढता आइरहेको र रोजगारका अनेकौं नयाँ अवसर बढिरहेको विश्वास दिलाउँदछ।

साथीहरू,

आयकर विवरणीको नयाँ आँकडामा अझ एउटा कुरा उल्लेखयोग्य छ। त्यो के भने देशका नागरिकहरूको आफ्नो सरकारमाथि भरोसा निरन्तर बढिरहेको छ। यसै कारण देशका नागरिकहरूले इमान्दारीका साथ आफ्नो कर बुझाउन अघि आइरहेका छन्, धेरै सङ्ख्यामा अघि आइरहेका छन्। उनीहरू जान्दछन्, उनीहरूले भुक्तान गरेका करको पाई-पाई देशको विकासमा खर्च गरिँदैछ भन्ने। उनीहरूले स्पष्ट देखिरहेका छन्, 2014 भन्दा पहिले जुन अर्थव्यवस्था विशअवमा 10 नम्बरमा थियो, त्यो आज पाँचौं नम्बरमा पुगेको छ। देशका नागरिकहरूले त्यो दिन भुल्न सक्दैनन् जब 2014 भन्दा पहिले घोटाला र भ्रष्टाचारको समय थियो। गरीबको हक उनीहरूसम्म पुग्नुभन्दा पहिले नै लुट्ने गरिन्थ्यो। आज गरीबको हकको पूरा पैसा सीधै उनीहरूका खातामा पुगिरहेको छ।

साथीहरू,

सिस्टमदेखि लिकेज रोकिनुको एउटा परिणाम के पनि भएको छ भने सरकारले गरीब कल्याण माथि पहिलेभन्दै बढी खर्च हुनसकिरहेको छ। यति ठूलो परिमाणमा भएको निवेशले पनि देशको कुना-कुनामा रोजगार निर्माण गरेको छ। जस्तै एउटा उदाहरण हो कमन सर्भिस सेन्टर। 2014 पछि देशका गाउँहरूमा 5 लाख नयाँ कमन सर्भिस सेन्टर बन्यो। प्रत्येक कमन सर्भिस सेन्टरले आज कैयौं व्यक्तिलाई रोजगार दिइरहेको छ। अर्थात्, गाउँ गरीब-गरीबको कल्याण पनि भयो र रोजगारको मौका पनि बन्यो।

साथीहरू,

आज देशमा शिक्षा, कौशल विकास र रोजगार, यी तीनै स्तरमा दूरगामी नीति अनि निर्णयका साथ अनेकौं वित्तीय पहल गरिँदैछ, अनेकौं वित्तको काम भइरहेको छ। यस 15 अगस्तमा मैले लाल किल्लाबाट पीएम विश्वकर्म योजनाको पनि घोषणा गरे। यो योजना पनि यसै दूरदृष्टिको प्रतिबिम्ब हो। हाम्रा विश्वकर्म साथीहरूको पारम्परिक कौशललाई 21 औं शताब्दीको आवश्यकता अनुसार ढाल्नका लागि पीएम विश्वकर्म योजना बनाइएको हो। यसमाथि करिब 13 हजार करोड रुपियाँ खर्च गरिनेछ। यसले 18 अलग-अलग प्रकारका कौशलसँग जोडिएका परिवारहरूलाई हरेक प्रकारको सहायता प्रदान गरिनेछ, उनीहरूको फाइदा हुनेछ। यसले समाजका ती वर्ग पनि लाभान्वित हुनेछन्, जसको महत्त्वको चर्चा त हुने गर्थ्यो, तर उनीहरूको स्थिति सुधार्न कहिले पनि कुनै ठोस प्रयास गरिएको थिएन। विश्वकर्म योजना अन्तर्गत लाभार्थीहरूलाई प्रशिक्षणका साथै आधुनिक औजार खरिद गर्नका लागि भाउचर पनि प्रदान गरिनेछ। अर्थात् पीएम विश्वकर्मद्वारा युवाहरूलाई आफ्नो कौशल निखार्ने बढी अवसर प्राप्त हुनेछ।

साथीहरू,

आज जो महानुभवहरू शिक्षक बनिरहेका छन्, उनीहरूसँग म एउटा कुरा गर्न चाहन्छु। तपाईंहरू धेरै मेहनतपछि यहाँ पुग्नुभएको हो, भविष्यमा पनि सिकिरहने प्रवृत्ति जारी राख्नुहोला। तपाईंहरूको सहयोगका लागि सरकारले अनलाइन लर्निङ प्लेटफर्म “आइजीओटी कर्मयोगी” तयार गरेको छ। यस सुविधाको धेरैभन्दा धेरै लाभ उठाउने कोशिश गर्नुहोला। म तपाईंहरूका साथै तपाईंका परिवारका मानिसहरूलाई यस नयाँ सफलताको निम्ति, यस नयाँ यात्राको निम्ति, अब सपनालाई सिद्ध गर्ने एउटा उत्तम अवसर प्राप्त भएको छ, यसको निम्ति अनेकौं अनेक शुभकामना दिन चाहन्छु। धेरै धेरै बधाई दिन चाहन्छु। धन्यवाद।

*****



(Release ID: 1950804) Visitor Counter : 106