स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय

77 औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्रीले देशको भाग्य बदल्ने प्रयासका लागि नर्स, चिकित्सक लगायतको प्रशंसा गर्नु भएको छ


प्रतिष्ठित लाल किल्लाको प्राचीरबाट स्वतन्त्रता दिवस समारोह साक्षी दिन देशभरिका 50 नर्सहरूलाई विशेष अतिथिका रूपमा आमन्त्रित गरियो

“कोविडले हामीलाई मानव केन्द्रित दृष्टिकोण बिना विश्वको विकास सम्भव छैन भनेर सिकाएको छ”

“जन औषधि केन्द्रहरूले 20,000 करोड रुपियाँ बचत गरेर देशको मध्यम वर्गलाई नयाँ शक्ति दिएको छ”

“जन औषधी केन्द्रको सङ्ख्या 25 हजार पुर्याउने लक्ष्य छ”

Posted On: 15 AUG 2023 11:05AM by PIB Gangtok

नयाँ दिल्लीमा स्वतन्त्रता दिवस समारोहको एक भागको रूपमा 50 जना नर्स र उनीहरूका परिवारका सदस्यहरूलाई देशभरिबाट विशेष अतिथिको रूपमा साक्षी तथा लाल किल्लाको प्राचीरबाट उत्सवमा भाग लिन आमन्त्रित गरिएको थियो। यी विशेष अतिथिहरूमा सरपञ्च, शिक्षक, किसान, माछा पालकहरूदेखि लिएर जीवनका विभिन्न क्षेत्रका 1800 विशेष अतिथिहरू थिए।

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले देशको भाग्य परिवर्तन गर्नको लागि नर्सहरू, डाक्टरहरू र अरूको प्रयासको लागि प्रशंसा गर्नुभयो। उहाँले मानव केन्द्रित दृष्टिकोण बिना विश्वको विकास सम्भव छैन भन्ने कोविडले सिकाएको बताउनुभयो।

देशको वैश्विक स्वास्थ्य कवरेज सुधार गर्न सरकारको प्रयासलाई जोड दिनु हुँदै उहाँले भन्नुभयो कि सरकारले आयुष्मान भारतमा रु. 70,000 करोड लगानी गरेको छ, जसले बीपीएल परिवारहरूलाई वार्षिक रु. 5 लाख स्वास्थ्य ग्यारेन्टी प्रदान गरेको छ।

यस अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै उहाँले 200 करोड भन्दा बढी कोविड खोपको कोसेढुङ्गा हासिल गर्नमा आफ्नो समर्पण र निरन्तर प्रयासका लागि स्वास्थ्यकर्मीहरू विशेष गरी आँगनवाडी कार्यकर्ता र आशा कार्यकर्ताहरूको उदाहरणीय योगदानको प्रशंसा गर्नुभयो। कोविडको समयमा र पछि विश्वलाई मद्दत गर्दै भारतलाई विश्वको मित्रको रूपमा स्थापित गरेको छ”, उहाँले थप्नुभयो।

एक पृथ्वी, एक स्वास्थ्य र एक भविष्यको दृष्टिकोणमाथि प्रकाश पार्नु हुँदै उहाँले भन्नुबयो, “जन औषधि केन्द्रहरूले रु. 20,000 करोड बचत गरेर देशको मध्यम वर्गलाई नयाँ शक्ति दिएको छ।उहाँले आगामी दिनमा जन औषधी केन्द्रको सङ्ख्या हालको 10 हजारबाट बढ़ाएर 25 हजार केन्द्र पुर्याउने लक्ष्य लिएर काम गर्ने बताउनुभयो।

****



(Release ID: 1948864) Visitor Counter : 87