प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

विश्व वातावरण दिवस २०२३ को अवसरमा प्रधानमन्त्रीको भिडियो सन्देशको पाठ


Posted On: 05 JUN 2023 2:58PM by PIB Gangtok

नमस्कार।

विश्व पर्यावरण दिवसमा तपाईँहरू सबैलाई, देश तथा दुनियाँलाई धेरै - धेरै शुभकामना। यो वर्षको पर्यावरण दिवसको थीम- सिंगल यूज प्लास्टिकहाट मुक्तिको अभियान हो। अनि मलाई के कुरामा खुशी लागेको छ भने विश्वले आज जे गरिरहेको छ, त्यसमाथि भारतले पछिल्ला 4-5 वर्षदेखि लगातार काम गरिरहेको छ। 2018 मै भारतले सिंगल यूज प्लास्टिकबाट मुक्तिका लागि दुई स्तरमा काम शुरु गरेको थियो। हामीले एकातिर सिंगल यूज प्लास्टिकमाथि प्रतिबन्ध लगायौँ अनि अर्कोतिर Plastic Waste Processing लाई अनिवार्य बनाएका छौँ। यस कारणले भारतमा करिब 30 लाख टन प्लास्टिक प्याकेजिङको रिसाइकल कम्पलसरी भएको छ। यो भारतमा पैदा हुने कुल वार्षिक प्लास्टिक वेस्टको 75 प्रतिशत हो। अनि आज यसको दायरामा लगभग 10 हजार प्रोड्यूसर्स, इम्पोर्टर र Brand Owners आइसकेका छन्।

साथीहरू,

आज 21औँ शताब्दीको भारत क्लाइमेट चेञ्ज र पर्यावरणको रक्षाका लागि धेरै स्पष्ट रोडम्याप लिएर अघि बढ़िरहेको छ। भारतले Present Requirements Future Vision को एक Balance बनाएको छ। हामीले एकातिर गरीबभन्दा गरीबलाई जरुरी सहायता दिएका छौँ, उनीहरूको आवश्यकतालाई पूर्ण गर्ने भरसक प्रयास गरेका छौँ भने अर्कोतिर भविष्यको ऊर्जा आवश्यकतालाई ध्यानमा राख्दै ठूला कदमहरू पनि उठाएका छौँ।

विगत 9 वर्षको अवधिममा भारतले ग्रीन तथा क्लीन एनर्जीमाथि अभूतपूर्व फोकस गरेको छ। सोलर पावर होस्, LED बल्बको धेरैभन्दा धेरै घरहरूमा पहुँच बनोस्, यसले देशका मानिसहरूको, हाम्रा गरीब तथा मध्यम वर्गको पैसा पनि बच्नेछ र पर्यावरणको पनि रक्षा गरेको छ। बिजुलीको बिल निरन्तर कम्ती भएको छ। भारतको लिडरशिपलाई विश्वले यो वैश्विक महामारीको समयमा पनि देखेको छ। यसै Global Pandemic को समयमा भारतले मिशन ग्रीन हाइड्रोजन शुरु गरेको छ। यसै Global Pandemic को अवधि भारतले माटो र पानीलाई केमिकल फर्टिलाइज़रबाट बचाउनका लागि प्राकृतिक खेती नेचुरल फार्मिङतर्फ ठूलो कदम उठाएको छ।

भाइ तथा बहिनीहरू,

ग्रीन फ्यूचर, ग्रीन इकोनमीको अभियानलाई जारी राख्दै आज अझ दुईवटा योजनाको शुरुआत भएको छ। विगत 9 वर्षमा भारतले वेटल्याण्ड्सको, रामसर साइट्सको सङ्ख्यामा पहिलाको तुलनामा लगभग 3 गुणा बढ़ोत्तरी गरेको छ। आज अमृत धरोहर योजनाको शुरुआत भएको छ। यो योजनाको माध्यमद्वारा यी रामसर साइट्सको संरक्षण जनभागीदारीबाट सुनिश्चित हुनेछ। भविष्यमा यी रामसर साइट्स इको-टुरिज्मको सेन्टर बन्नेछ र हजारौँ मानिसहरूका लागि Green Jobs को माध्यम बन्नेछ। दोस्रो योजना देशको लामो कोस्टलाइन अनि त्यहाँ बसोबास गर्ने आबादीसित जोड़िएको छ। 'मिष्ठी योजना' को माध्यमद्वारा देशको मेन्ग्रूभ इकोसिस्टम रिवाइव पनि हुनेछ, सुरक्षित पनि रहनेछ। यसबाट देशका 9 राज्यमा मेन्ग्रूभ कवरलाई restore गरिइने छ। यसबाट समुन्द्रको स्तर बढ़्ने र साइक्लोन जस्ता आपदाहरूबाट तटीय इलाकामा जीवन तथा आजीविकाको सङ्कटलाई कम गर्नमा सहयोग पुग्नेछ।

साथीहरू,

World Climate को Protection का लागि के अत्यन्त जरुरी छ भने विश्वका हरेक देश निहित स्वार्थदेखि माथि उठेर सोच्नुपर्छ। लामो समयसम्म विश्वका ठूला तथा आधुनिक देशहरूमा विकासको जुन मोडल बनेको छ, त्यो अत्यन्त विरोधाभासी छ। यो विकास मोडलमा पर्यावरणलाई लिएर केवल यति मात्र सोचिएको थियो कि पहिला आफ्नो देशको विकास गर्नुपर्छ, फेरि त्यसपछि पर्यावरणको पनि चिन्ता गरिनेछ। यसबाट यस्ता देशहरूले विकासको लक्ष्यलाई त हासिल गरे, तर सम्पूर्ण विश्वको पर्यावरणलाई उनीहरू विकसित भएकोमा मूल्य चुकाउनु पऱ्यो। आज पनि दुनियाँका विकासशील तथा गरीब देशहरूले केही विकसित देशहरूको गलत नीतिको फलस्वरूप हानि उठाउन परिरहेको छ। दशकौँ दशकसम्म केही विकसित देशहरूको यो रवैयालाई न कसैले केही भन्ने वाला थियो, न त रोक्ने वाला नै थियो, यसो गर्ने कुनै देश नै थिएन। मलाई के कुरामा खुशी लागेको छ भने आज भारतले यस्ता हरे देश समक्ष Climate Justice को सवाल उठाएको छ।

साथीहरू,

भारतको हजारौँ वर्ष पुरानो संस्कृतिको दर्शनमा नै प्रकृति पनि छ अनि प्रगति पनि छ। यसै प्रेरणाबाट आज भारतले इकोनोमीमाथि जति जोड़ लगाइरहेको छ, त्यति नै ध्यान इकोलोजीमाथि पनि लगाइरहेको छ। भारतले आज आफ्नो इन्फ्रास्ट्रक्चरमाथि अभूतपूर्व इन्वेस्ट गरिरहेको छ भने Environment माथि पनि त्यति नै फोकस गरिरहेको छ। यदि एकातिर भारतले 4G 5G कनेक्टिविटीको विस्तार गरेको छ भने अर्कोतिर आफ्नो forest cover लाई पनि बढ़ाएको छ। एकातिर भारतले गरीबहरूका लागि 4 करोड़ घर बनाएको छ भने त्यही भारतमा WildLife WildLife Sanctuaries को सङ्ख्यामा पनि रिकर्ड वृद्धि गरेको छ। भारतसे आज एकातिर जल जीवन मिशन चलाइरहेको छ भने अर्कोतिर हामीले Water Security को लागि 50 हजारभन्दा बेसी अमृत सरोवर तयार गरेका छौँ। आज एकातिर भारत दुनियाँको पाँचौँ सबैभन्दा ठूलो अर्थव्यवस्था बनिरहेको छ भने यो रिन्यूएबल एनर्जीमा शीर्ष- 5 देशमा पनि सामेल भएको छ। आज एकातिर भारतले एग्रीकल्चर एक्सपोर्ट बढ़ाइरहेको छ भने त्यहीँ पेट्रोलमा 20 प्रतिशत इथेनल ब्लेण्डिङका लागि पनि अभियान चलाइरहेको छ। आज एकातिर भारत Coalition for Disaster Resilient Infrastructure - CDRI जस्ता सङ्गठनहरूको आधार बनिरहेको छ भने त्यहीँ भारतले International Big Cat Alliance को पनि घोषणा गरेको छ। यो Big Cats को संरक्षणको दिशामा धेरै ठूलो कदम हो।

साथीहरू,

मेरा लागि व्यक्तिगत रूपले एकदमै सुखद कुरा के छ भने मिशन LiFE यानी Lifestyle for environment आज पूरा विश्वमा एक Public Movement, एक जनआन्दोलन बनिरहेको छ। मैले जब पछिल्लो वर्ष गुजरातको केवड़िया- एकता नगरमा मिशन लाइफलाई लन्च गरेको थिएँ, तब मानिसहरूमा एक प्रकारको कौतुहल थियो। आज यो मिशन क्लाइमेट चेञ्जबाट मुक्तिका लागि लाइफस्टाइलमा परिवर्तनलाई लिएर एक नयाँ चेतनाको सञ्चार गरिरहेको छ। महिना दिनअघि नै मिशन LiFE लाई लिएर एक क्याम्पेन पनि शुरु गरिएको छ। मलाई के कुरा बताइएको छ भने 30 दिनभन्दा पनि कम समयमा यसमा करिब - करिब 2 करोड़ मानिस जोड़िसकिएका छन्। Giving Life to My City, यो भावनाका साथ कतै ऱ्यालीहरू निकालिए, कहीँ क्विज कम्पिटिशन भए। लाखौँ स्कूले बच्चा, उनीहरूका शिक्षक, इको-क्लबको माध्यमले यो अभियानमा जोड़िए। लाखौँ साथीहरूले Reduce, Reuse, Recycle को मन्त्र आफ्नो दैनिक जीवनमा अपनाएका छन्। बदलिएको स्वभावले नै विश्वमा बदलाउ ल्याउँछ, यही मिशन लाइफको मूल सिद्धान्त हो। मिशन लाइफ, हाम्रो आगामी पिँढ़ीका लागि, सम्पूर्ण मानवताको उज्ज्वल भविष्यका लागि त्यति नै जरुरी छ।

साथीहरू,

यो चेतना केवल देशसम्म नै सीमित छैन, तर सम्पूर्ण विश्वमा भारतको यो पहललाई लिएर समर्थन बढ़िरहेको छ। पछिल्लो वर्ष पर्यावरण दिवसमा मैले विश्व समुदायसित एउटा अर्को आग्रह गरेको थिएँ। आग्रह के थियो भने व्यक्ति र कम्युनिटीमा climate friendly behavioral change ल्याउनका लागि इनोवेटिव समाधान शेयर गरौँ। यस्तो समाधान, जो measurable होस्, scalable होस्। विश्वभरिका लगभग 70 देशका हजारौँ साथीहरूले आफ्नो विचार साझा गरे, जुन एकदमै खुशीको कुरा हो। यसकमा स्टुडेण्ट्स छन्, रिसर्चर छन्, अलग - अलग डोमेनसित जोड़िएका एक्सपर्ट छन्, प्रोफेशनल्स छन्, NGOs छन् अनि सामान्य नागरिक पनि छन्। यिनीहरूमा केही विशिष्ठ साथीहरूको आइडियाजलाई केही समयअघि पुरस्कृत पनि गरियो। म सबै पुरस्कार विजेताहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु।

साथीहरू,

मिशन LiFE को तर्फ उठाइरहेको कदम अनि त्यही आगामी समयमा पूरा विश्वमा पर्यावरणको मजबुत कवच बन्नेछ। LiFE को लागि थट लिडरशिपको सङ्ग्रह पनि आज जारी गरिएको छ। मलाई विश्वास छ - यस्ता प्रयासहरूबाट ग्रीन ग्रोथको हाम्रो प्रण झन् सशक्त हुनेछ। एकचोटि फेरि सबैलाई पर्यावरण दिवसको धेरै - धेरै शुभकामना, हृदयबाटै धेरै - धेरै मङ्गल कामना।

धन्यवाद!

****


(Release ID: 1929982) Visitor Counter : 177