प्रधानमन्त्रीको कार्यालय

प्रधानमन्त्रीद्वारा भिडियो सन्देशमार्फत् विश्व पर्यावरण दिवसको बैठकलाई सम्बोधन


“एकातिर हामीले सिङ्गल युज प्लास्टिक प्रतिबन्धित गरेका छौं भने अर्कातिर प्लास्टिकको अवशेष प्रशोधित गर्न अनिवार्य बनाइएको छ”

“21 औं शताब्दीको भारत जलवायु परिवर्तन अनि पर्यावरण संरक्षणको दिशामा स्पष्ट मार्गचित्रका साथ अघि बढिरहेको छ”

“विगत 9 वर्षमा भारतको सिमसार रामसार स्थलहरूको सङ्ख्या पहिलेको तुलनामा करिब 3 गुणा बढेको छ ”

“वैश्विक जलवायु संरक्षणको लागि विश्वका प्रत्येक देशले निहित स्वार्थदेखि माथि उठेर सोच्नुपर्नेछ”

“भारतको हजारौं साल पुराना संस्कृतिमा प्रकृतिका साथमा प्रगति पनि छ”

“मिशन लाइफको बुनियादी सिद्धान्त हो विश्वमा परिवर्तन ल्याउन तपाईंको प्रकृतिमा परिवर्तन ल्याउनु”

“जलवायु परिवर्तनप्रतिको जागरूकता भारतसम्म मात्र सीमित छैन, पहलका लागि वैश्विक सहयोग विश्वभरी बढिरहेको छ”

“मिशन लाइफतर्फ चालिएका प्रत्येक कदम भावी दिनहरूमा पर्यावरणका लागि बलियो ढाल बन्नेछ”

Posted On: 05 JUN 2023 2:38PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व पर्यावरण दिवसको बैठकलाई भिडियो सन्देशको माध्यमद्वारा सम्बोधित गरे।

बैठकलाई सम्बोधित गर्दै प्रधानमन्त्रीले विश्व पर्यावरण दिवसको अवसरमा विश्वका सबै देशलाई शुभकामना दिए। यस वर्षको पर्यावरण दिवसको ध्येयवाक्य - सिङ्गल युज प्लास्टिकको अन्त्य गर्ने अभियानलाई रेखाङ्कित गर्दै भारतले विगत 4-5 वर्षदेखि निरन्तर यस दिशामा काम गरिरहेकोमा प्रधानमन्त्रीले खुशी व्यक्त गरे। सिङ्गल युज प्लास्टिकबाट मुक्ति पाउन भारतले 2018 देखि दुई स्तरमा काम शुरु गरेको प्रधानमन्त्री मोदीले बताए। एकातिर हामीले सिङ्गल युज प्लास्टिकमाथि प्रतिबन्ध लगाएका छौं भने अर्कातिर प्लास्टिकको अवशेष प्रशोधित गर्न अनिवार्य बनाएका छौं”, उनले भने। यसको परिणामस्वरूप भारतमा 20 लाख टन जति प्लास्टिक प्याकेजिङको अनिवार्य रूपमा पुनःचक्रण भइरहेको र यो भारतमा उत्पादित कूल वार्षिक प्लास्टिक अवशेषको 75 प्रतिशत रहेको र करिब 10 हजार उत्पादक, आयातक अनि ब्राण्ड यसको परिधिमा समेटिएको उनले बताए।

प्रधानमन्त्रीले 21 औं शताब्दीको भारत जलवायु परिवर्तन र पर्यावरण संरक्षणको निम्ति स्पष्ट मार्गचित्रका साथ अघि बढिरहेको पनि प्रकाश पारे। भारतले वर्तमान आवश्यकता र भावी परिकल्पनाबीच सन्तुलन सिर्जना गरेको रेखाङ्कित गर्दै गरीबभन्दा गरीबलाई आवश्यक सहयोग प्रदान गर्नका अतिरिक्त भावी ऊर्जा आवश्यकतालाई ध्यानमा राख्दै विशाल कदम चालिएको पनि प्रधानमन्त्रीले बताए।

विगत नौ वर्षमा भारतले हरित अनि स्वच्छ ऊर्जामाथि अप्रत्याशित ध्यान केन्द्रित गरेको छभन्दै प्रधानमन्त्रीले मानिसहरूको पैसा बचाउनका साथै पर्यावरणको संरक्षणमा योगदान दिन भूमिका खेल्ने सौर ऊर्जा र एलईडी बल्बको उदाहरण दिए। वैश्विक महामारीको समय भारतीय नेतृत्त्वमाथि प्रकाश पार्दै भारतले मिशन ग्रीन हाइड्रोजन शुरु गर्नका साथै माटो र पानीलाई रासायनिक मलबाट जोगाउन प्राकृतिक खेताको दिशामा बृहत् कदम चालेको पनि सूचित गरे।

विगत नौ वर्षमा भारतको सिमसारका साथै रामरास स्थलहरूको सङ्ख्या विगतको तुलनामा करिब तीन गुणा बढेको छभन्ने जानकारी दिँदै प्रधानमन्त्रीले हरित भविष्य, हरित अर्थनीतिअभियानलाई अघि बढाउन दुईवटा थप योजना आजदेखि शुरु गरिएको पनि जानकारी दिए। आजदेखि अमृत धरोहर योजनाशुरु गरिएको र यसले जनसहभागिताको माध्यमद्वारा रामसार स्थलहरूको संरक्षण सुनिश्चित गर्ने उनले बताए। भविष्यमा रामसार स्थलहरू पर्यापर्यटनको केन्द्र बन्नका साथै हजारौं हरित रोजगारको स्रोत बन्ने पनि उनले विस्तार गरे। दोस्रो योजना मिष्टी योजनारहेको र यसले कच्छ वनस्पति वा मेङ्ग्रोभ परितन्त्रको पुनरूद्धारका रसाथै संरक्षण गर्न सघाउ पुऱ्याउने उनले बताए। यसका साथै देशको नौवटा राज्यमा कच्छ वनस्पतिको पुनर्बहाली गर्नका अतिरिक्त तटीय इलाकामा बढ्दो समुद्री स्तर अनि चक्रवात जस्ता आपदाबाट जीवन अनि आजीविकामाथि खतरा शमन गर्न सहयोग पुग्ने प्रधानमन्त्रीले बताए।

वैश्विक जलवायुको संरक्षणका लागि विश्वका प्रत्येक देशले निहित स्वार्थदेखि माथि उठेर सोच्नुपर्ने कुरामाथि पनि प्रधानमन्त्रीले बल दिए। विश्वका विशाल अनि आधुनिक देशहरूमा धेरै समयदेखि आफ्नो देश विकास गर्ने र त्यस पछि पर्यावरणको चिन्ता गरिटोलप्ने विकासको नमूना चलिआएको औंल्याउँदै त्यस्ता देशहरूले विकासको लक्ष्य हासिल गरे तापनि सम्पूर्ण विश्वको पर्यावरणले त्यसको मूल्य चुकाउनुपरेको प्रधानमन्त्रीले रेखाङ्कित गरे। आज पनि विकासशील अनि अल्पविकसित देशहरूले केही विकसित देशका त्रुटिपूर्ण नीतिबाट पीडित बनिरहेको प्रधानमन्त्रीले उल्लेख गरे। दसकौंसम्म विकसित देशका यी प्रवृत्ति रोक्ने कुनै देश थिएन”, भन्दै प्रधानमन्त्रीले भारतले त्यस्ता प्रत्येक देशको सामु जलवायु न्यायको मुद्दा उठाइरहेकोमा हर्ष व्यक्त गरे।

भारतको हजारौं साल पुराना संस्कृतिमा प्रकृतिका साथमा प्रगति रहेको छभन्दै भारतले परितन्त्र र अर्थनीतिमाथि ध्यान पुऱ्याउनुको प्रेरणा यसैबाट लिएको प्रधानमन्त्रीले बताए। भारतले अप्रत्याशित रूपमा पूर्वाधारमाथि निवेश गर्नका साथै पर्यावरणमाथि पनि बराबर ध्यान दिइरहेको छ, उनले भने। अर्थनीति अनि परितन्त्रलाई टेवा दिने सम्बन्धमा तुलना गर्दै, प्रधानमन्त्रीले एकातिर 4-जी र 5-जी कनेक्टिभिटीको विस्तार र अर्कातिर देशको बढ्दो वनक्षेत्रको उदाहरण पेश गरे। भारतले एकातिर गरीबहरूका लागि 4 करोड आवास निर्माण गरेको र अर्कातिर भारतमा वन्यप्राणी निकुञ्जको सङ्ख्याका साथमा वन्यप्राणीहरू पनि रेकर्ड रूपमा बढेको उल्लेख प्रधानमन्त्रीले गरे।

प्रधानमन्त्री मोदीले जल जीवन मिशनमाथि पनि प्रकाश पार्दै जल सुरक्षाको निम्ति 50 हजार अमृत सरोवरको निर्माण गर्नका साथै विश्वको पाँचौं विशाल अर्थनीति बन्नु र नवीकरणीय ऊर्जाको क्षेत्रमा शीर्ष पाँच देशको सूचीमा सामेल हुनु, कृषि निर्यात बढ्नु र पेट्रोलमा 20 प्रतिशत ईथेनल मिश्रण गर्ने अभियान चलाउने जस्ता पहलको पनि उल्लेख गरे। यसका साथै कोलिशन फर डिजास्टर रेजिलियन्ट इन्फ्रास्ट्रक्चर सीडीआरआइ तथा इन्टरनेशनल बिग क्याट एलायन्स जस्ता सङ्गठनको निम्ति पनि भारत आधार बन्नपुगेको उनले उल्लेख गरे।

मिशन लाइफ अर्थात् पर्यावरणका लागि जीवनशैली जन आन्दोलन बन्दै गइरहेको विषयबारे बोल्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनलाई सम्बोधित गर्न जीवनशैलीमा परिवर्तनबारे नयाँ सचेतना यस मिशनले प्रसारित गरिरहेको बताए। गत वर्ष गुजरातको केवडिया-एकता नगरमा मिशनको शुभारम्भ गर्दा जनमानसमा जिज्ञासा रहेको तर एक महिनाअघि मात्र मिशन लाइफबारे अभियान शुरु गर्दा 30 दिनभन्दा कम समयमा 2 करोडभन्दा धेरै मानिस यसमा सहभागी बन्नपुगेको उनले बताए। यसका साथै मेरो शहरका लागि अर्पित जीवनको भावना का साथ ऱ्याली अनि हाजिरी जवाफ प्रतियोगिताहरू आयोजन भइरहेको पनि उनले जानकारी दिए। लाखौं सहकर्मीले आफ्नो दैनन्दिन जीवनमा घटाऊ, पुनः उपयोग गर, पुनःचक्रण गरको मन्त्र आत्मात गरेका छन्”, भन्दै प्रधानमन्त्रीले मिशन लाइफको बुनियादी सिद्धान्तले विश्वमा परिवर्तन ल्याउन व्यक्तिको प्रकृतिमा परिवर्तन ल्याइरहेको बताए। मिशन लाइफ समग्र मानवताको, हाम्रा भावी पिँढीको उज्ज्वल भविष्यका लागि त्यति नै महत्त्वपूर्ण छ”, प्रधानमन्त्रीले बताए।

जलवायु परिवर्तनप्रतिको जागरूकता भारतसम्म मात्र सीमित छैन, विश्वभरी पहलका लागि वैश्विक सहयोग बढिरहेको छ”, प्रधानमन्त्रीले भने। गत वर्षको पर्यावरण दिवसमा विश्व समुदायलाई अनुरोधबारे स्मरण गर्दै उनले व्यक्ति अनि समुदायमा जलवायुमैत्री व्यावहारिक परिवर्तन ल्याउन अभिनव समाधान साझा गर्न आह्वान गरेको उल्लेख गरे। हजारौं सहकर्मीका साथमा करिब 70 वटा देशका विद्यार्थी, शोधार्थी, विभिन्न क्षेत्रका विशेषज्ञ, पेशेवर, एनजीओ अनि आम नागरिकले मापनीय समाधान अनि विचार साझा गरेकोमा प्रधानमन्त्रीले हर्ष व्यक्त गरे।

आफ्नो सम्बोधन समापन गर्दै मिशन लाइफतर्फ चालिएको प्रत्येक कदम भावी दिनहरूमा पर्यावरणको निम्ति बलियो ढाल बन्ने प्रधानमन्त्रीले बताए। लाइफका लागि चिन्तन नेतृत्त्वको सङ्कलन पनि आज लोकार्पण गरिएको उनले उल्लेख गरे। यस्ता पहलले हरित विकासको सङ्कल्पलाई अझ सुदृढ बनाउने विश्वास पनि प्रधानमन्त्री मोदीले व्यक्त गरे।

****



(Release ID: 1929976) Visitor Counter : 93