कृषि मन्त्रालय र किसान कल्याण

श्री नरेन्द्र सिंह तोमरद्वारा जारी प्रमुख फसल उत्पादनको तेस्रो अग्रिम अनुमान


2022-23 को लागि अनुमानित 3305.34 लाख टन खाद्यान्न उत्पादन: श्री तोमर

धान, गहुँ, मकै, सोयाबिन, रेपसिड र तोरी तथा उखुको कीर्तिमानी उत्पादन हुने अनुमानः केन्द्रीय कृषि मन्त्री

किसानको कड़ा मेहनत, वैज्ञानिकको दक्षता र सरकारको किसानमैत्री नीतिका कारण कृषि क्षेत्र दिनानुदिन विकास भइरहेको छ: श्री तोमर

Posted On: 25 MAY 2023 6:03PM by PIB Gangtok

कृषि तथा किसान कल्याण मन्त्रालयले कृषि वर्ष 2022-23 को प्रमुख फसल उत्पादनको तेस्रो अग्रिम अनुमान सार्वजनिक गरेको छ। यस अवसरमा केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री श्री नरेन्द्र सिंह तोमरले चालू कृषि वर्षमा 3305.34 लाख टन खाद्यान्न उत्पादन हुने अनुमान गरिएको बताए। श्री तोमरले माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारको कृषकमैत्री नीति, कृषकको कड़ा परिश्रम, वैज्ञानिकको दक्षता र किसानमैत्री नीतिका कारण कृषि क्षेत्र दिन-प्रतिदिन विकास भइरहेको बताए।

विभिन्न फसलहरूको उत्पादनको मूल्याङ्कन राज्यहरूबाट प्राप्त प्रतिक्रियामा आधारित हुन्छ र अन्य स्रोतहरूबाट उपलब्ध जानकारीद्वारा प्रमाणित गरिन्छ। यो मूल्याङ्कन राज्य, वैकल्पिक स्रोत र अन्य कारकहरूबाट प्राप्त प्रतिक्रियाहरूको आधारमा क्रमिक अनुमानमा थप संशोधन हुनेछ।

तेस्रो अग्रिम अनुमान अनुसार, 2022-23 को लागि प्रमुख फसलको अनुमानित उत्पादन निम्नानुसार छ:

खाद्यान्न - 3305.34 लाख टन (रेकर्ड)

चामल - 1355.42 लाख टन (रेकर्ड)

गहुँ - 1127.43 लाख टन (रेकर्ड)

बाजरा - 111.66 लाख टन

पोषण / मोटा अनाज - 547.48 लाख टन

मकै - 359.13 लाख टन (रेकर्ड)

समग्र दाल - 275.04 लाख टन

चना - 135.43 लाख टन

मुंग - 37.40 लाख टन

तिलहन - 409.96 लाख टन (रेकर्ड)

बदाम - 102.82 लाख टन

सोयाबीन-149.76 लाख टन (रेकर्ड)

रेपसिड र तोरी - 124.94 लाख टन (रेकर्ड)

कपास - 343.47 लाख बेल्स (प्रत्येक 170 किलो)

उखु - 4942.28 लाख टन (रेकर्ड)

जुट र मेस्ता - 94.94 लाख बेल्स (प्रत्येक 180 किलो)

2022-23 को तेस्रो अग्रिम अनुमान अनुसार, देशमा कुल खाद्यान्न उत्पादन रेकर्ड 3305.34 लाख टन अनुमान गरिएको छ जुन अघिल्लो वर्ष 2021-22 को तुलनामा 149.18 एलएमटीले बढी हो।

2022-23 मा चामलको कुल उत्पादन (रेकर्ड) 1355.42 लाख मेट्रिक टन (एलएमटी) अनुमान गरिएको छ। यो अघिल्लो वर्षको तुलनामा 60.71 लाख टनले बढी हो।

देशमा गहुँको उत्पादन (रेकर्ड) 1127.43 एलएमटी अनुमान गरिएको छ जुन अघिल्लो वर्षको उत्पादनको तुलनामा 50.01 एलएमटीले बढी हो।

2022-23 मा देशमा मकैको उत्पादन अनुमानित (रेकर्ड) 359.13 एलएमटी रहेको छ जुन अघिल्लो वर्षको उत्पादनको तुलनामा 21.83 लाख टनले बढी हो।

पोषण / मोटा अनाजको उत्पादन 547.48 लाख टन अनुमान गरिएको छ जुन अघिल्लो वर्षको उत्पादनको तुलनामा 36.47 लाख टनले बढी हो।

मुङको उत्पादन 37.40 एलएमटी हुने अनुमान गरिएको छ जुन अघिल्लो वर्षको उत्पादनको तुलनामा 5.74 लाख टनले बढी हो।

2022-23 मा समग्र दाल उत्पादन 275.04 एलएमटी अनुमान गरिएको छ जुन अघिल्लो वर्षको 273.02 एलएमटीको उत्पादन भन्दा 2.02 लाख टनले बढी हो।

सोयाबिन र रेपसिड तथा र तोरीको उत्पादन क्रमशः 149.76 एलएमटी र 124.94 एलएमटी अनुमान गरिएको छ, जुन अघिल्लो वर्ष 2021-22 को उत्पादनको तुलनामा क्रमशः 19.89 एलएमटी र 5.31 एलएमटीले बढी हो।

2022-23 मा देशमा कुल तेलबीज उत्पादन 409.96 एलएमटी टन रहेको अनुमान गरिएको छ जुन अघिल्लो वर्षको तेलबीज उत्पादनको तुलनामा 30.33 लाख टनले बढी हो।

2022-23 मा देशमा कुल उखु उत्पादन 4942.28 एलएमटी हुने अनुमान गरिएको छ। 2022-23 मा उखु उत्पादन अघिल्लो वर्षको उत्पादनको तुलनामा 548.03 लाख टनले बढी हो।

कपासको उत्पादन 343.47 लाख बेल्स (प्रत्येक 170 किलोग्राम) र जुट तथा मेस्ताको उत्पादन 94.94 लाख बेल्स (प्रत्येक 180 किलोग्राम) अनुमान गरिएको छ।

2022-23 को लागि तेस्रो अग्रिम अनुमान अनुसार विभिन्न फसलको अनुमानित उत्पादनको तुलनामा 2012-13 को पछिका वर्षहरूका लागि तुलनात्मक अनुमान संलग्न छ।

 

****



(Release ID: 1927443) Visitor Counter : 126