• Skip to Content
  • Sitemap
  • Advance Search
Technology

आगामी पिँढीको प्रौद्योगिकीलाई सशक्त बनाउनु

Posted On: 22 OCT 2025 17:08 PM

स्वदेशी 7 एनएम प्रोसेसरको माध्यमद्वारा नवाचारलाई बढावा

 

भारतले बितेको एक दसकमा आफ्नो स्वदेशी सेमीकण्डक्टर क्षमतालाई लगातार उन्नत गरेको छ। घरेलु प्रोसेसर स्थापत्यमा प्रगति, डिजाइन प्रतिभाको विकास र शोधसँग जोडिएको बुनियादी पूर्वाधारलाई सशक्त बनाउनुको कारण यो सम्भव भएको छ। यी प्रयासहरूले वैश्विक चिप डिजाइन मामिलामा भारतलाई प्रमुख खेलाडीका रूपमा स्थापित गर्न बलियो आधार तयार गरेको छ।

यस प्रगतिको फलस्वरूप भारतमा अब 7 नेनोमिटर प्रोसेसरको विकासका साथ एउटा ठूलो कदम अघि बढाइँदैछ, जसले उन्नत नोड सेमीकण्डक्टर डिजाइनमा यसको प्रवेशलाई दर्शाउँछ। केन्द्रिय मन्त्री अश्विनी वैष्णवद्वारा 18 अक्टोबर 2025 को दिन घोषित यो पहल भारतको सेमीकण्डक्टर यात्रामा एउटा निर्णायक क्षणको प्रतीक हो र यसले आत्मनिर्भर, आगामी पिँढीको प्रौद्योगिकी नवाचारको निम्ति देशको प्रतिबद्धतालाई पुष्टि गर्दछ।

आधुनिक समयमा सेमीकण्डक्टर डिजाइन अत्यन्तै महत्त्वपूर्ण छ। प्रायः सबै ईलेक्ट्रनिक उपकरणलाई मूलभूत आधार प्रदान गर्नका साथसाथै डिजिटल युगलाई यसले शक्ति प्रदान गर्दछ। आधुनिक चिप्सले हरेक सेकेण्ड अरबौं निर्देशलाई प्रोसेस गर्नसक्दछ, जुन वास्तविक समयमा प्रसंस्करण आवश्यकता भएका अनुप्रयोगको निम्ति आवश्यक हुन्छ, जुन स्मार्टफोनमा पाइन्छ। डिजाइनको उपयोगिता लघुकरणलाई अपनाउन, प्रदर्शनलाई बढाउन र उपभोक्ता ईलेक्ट्रनिक्स, अटोमेटिभ, स्वास्थ्य सेवा अनि कृत्रिम बुद्धिमत्ता (एआइ) सहित विभिन्न क्षेत्रमा नयाँ तकनिकीलाई कारगर बनाउनमा  निहित छ।

कार्यान्वयन ढाँचा

  • 7 एनएम प्रोसेसरलाई भारतीय प्रौद्योगिकी संस्थान, मद्रास (आइआइटी मद्रास) द्वारा विकसित गरिँदैछ, जुन आफ्नो “शक्ति” पहलको माध्यमद्वारा भारतको प्रोसेसर डिजाइनको मामिलामा प्रमुख संस्थान हो। वर्ष 2013 मा शुरु गरिएको “शक्ति” ओपन-सोर्स इन्स्ट्रक्सन सेट स्थापत्यमा आधारित छ, जसले कुनै प्रतिबन्धनबिना यसलाई स्वतन्त्र रूपमा अपनाउन र उपयोग गर्न अनुमति प्रदान गर्दछ।

 

  • भारतले हालमा ओपन सोर्स आरआइएससी-भी स्थापत्यलाई अपनाइरहेको छ र विभिन्न प्रकारका उपकरणको आधारमा माइक्रो-प्रोसेसरलाई विकसित गरिँदैछ। शक्ति परियोजना अन्तर्गत एउटा मध्यम दूरीको ओपन सोर्स प्रोसेसर विकसित गरिएको हो, ताकि कुनै पनि स्टार्टअपले आफ्नो कामलाई अघि बढाउन सकोस्।

 

  • यस परियोजनाले ईलेक्ट्रनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्रालय अन्तर्गत काम गर्दछ, जसले सेमीकण्डक्टर अनुसन्धान एवं विकास, चिप डिजाइन र नवाचार बुनियादी पूर्वाधारमा राष्ट्रिय प्रयासहरूको नेतृत्त्व गर्दछ।

 

  • यो पहल भारत सेमीकण्डक्टर मिशन अनुरूप छ, जुन शुरुदेखि अन्त्यसम्मको सेमीकण्डक्टर स्थापित गर्न र विनिर्माण क्षमतालाई प्रदर्शित गर्नका साथै राष्ट्रिय ईलेक्ट्रनिक्स मूल्य शृङ्खलालाई सुदृढ बनाउनका लागि समर्पित कार्यक्रम हो।

 

  • यस ढाँचाले, अनुसन्धान एवं विकासको बुनियादी पूर्वाधारलाई बढाउन र प्रतिभा क्षमता विस्तार गर्नका लागि शिक्षाविद, उद्योग जगत अनि स्टार्टअपबीच सहयोगलाई बढावा दिन्छ।

 

7 एनएमतर्फ भारतको छलाङ र यसको अर्थ

  • उच्च प्रदर्शन अनि ऊर्जा दक्षताको निम्ति तयार गरिएको 7 एनएम प्रोसेसरले वित्तीय सेवा, सञ्चार, रक्षा अनि रणनीतिक क्षेत्रमा सर्भर अनुप्रयोगलाई लक्षित गर्दछ।

 

  • उच्च ट्रान्जिस्टर घनत्त्व अनि बढेको कम्प्युटिङ दक्षताका साथ सेमीकण्डक्टर डिजाइनमा यसले एउटा ठूलो छलाङ दर्शाउँछ।

 

  • भारत सेमीकण्डक्टर मिशन अन्तर्गत यो घरेलु सेमीकण्डक्टर विनिर्माण क्षमतालाई स्थापित गर्ने राष्ट्रिय प्रयास अनुरूप, भारतको निर्माण (फ्याब) एकिकरणको निम्ति देशको तत्परतालाई यसले सुदृढ बनाउँछ।

 

  • यो 5-जी, एआइ र सुपर कम्प्युटिङ जस्तो उदीयमान प्रौद्योगिकीको मेरुदण्ड हो र डिजिटल इण्डिया पहल अन्तर्गत ध्यान दिइएको प्रमुख क्षेत्र यही हो।

 

  • आत्मनिर्भर भारतको दृष्टिकोण अन्तर्गत तकनिकी आत्मनिर्भरताको भारतको रणनीतिक लक्ष्यलाई यसले प्रबल बनाउनका साथै महत्त्वपूर्ण अनुप्रयोगको निम्ति आयातित चिप्सहरूमाथि निर्भरतालाई घटाउँछ।

 

वैश्विक सेमीकण्डक्टर परिदृश्यमा भारत

    • ₹76,000 करोडको भारत सेमीकण्डक्टर मिशन (आइएसएम) अन्तर्गत 6 वटा राज्यमा ₹1.6 करोडभन्दा धेरै निवेशको निम्ति 10 वटा सेमीकण्डक्टर परियोजनालाई स्वीकृति दिइएको छ।

 

    • एमईआइटीवाईको डिजाइन आधारित प्रोत्साहन (डीएलआइ) योजना अन्तर्गत 288 भन्दा धेरै शैक्षणिक संस्थानलाई सहायता प्रदान गरिएको छ।

 

    • स्वदेशी 7 एनएम प्रोसेसर डिजाइन पहल उन्नत नोड अनुसन्धान एवं विकासमा भारतको प्रवेशको प्रतीक हो, जसले देशलाई संयुक्त राज्य अमेरिका, ताइवान र दक्षिण कोरिया जस्ता अत्याधुनिक प्रौद्योगिकी नोड्समा अनुसन्धान एवं डिजाइनलाई अघि बढाउने उदीयमान देशहरूमा सामेल गर्दछ।

 

    • यस पहलले वैश्विक सेमीकण्डक्टर मूल्य शृङ्खलामा एउटा विश्वसनीय भागीदारका रूपमा भारतको स्थितिलाई बलियो बनाउनका साथै शुरुदेखि अन्त्यसम्मको सेमीकण्डक्टर परितन्त्र निर्माणको आफ्नो दृष्टिकोणलाई पनि अघि बढाउँदछ।

 

भविष्यको कार्ययोजना

    • सेमीकन इण्डिया कार्यक्रमको माध्यमद्वारा सब-7-एनएम नोड्सको दिशामा निरन्तर प्रगति।

 

    • देशमा उन्नत चिप डिजाइन, परीक्षण अनि प्याकेजिङ सुविधाको स्थापना।

 

    • ईलेक्ट्रनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्रालय तथा आइएसएम अन्तर्गत सेमीकण्डक्टर पहलबाट धेरै ठूलो निवेश आकर्षित गर्न लगायत हजारौं उच्च कौशलयुक्त नोकरी सिर्जना गर्ने आशा छ।

 

    • 24 वटा चिप डिजाइन परियोजनालाई स्वीकृति दिइएको छ र 87 वटा कम्पनीले अब उन्नत डिजाइन उपकरण उपयोग गरिरहेका छन्।

 

    • यस पहलको उद्देश्य विश्वको निम्ति भारतमा चिप्स निर्माण गर्नुरहेको छ।

 

स्वदेशी 7 एनएम प्रोसेसर पहल एउटा तकनिकी उपलब्धि मात्र नभएर यो एउटा दृढ सङ्कल्प पनि हो। नवाचार, शिक्षा अनि उद्योग जगतलाई जोडेर, भारतले एउटा आत्मनिर्भर, विश्व स्तरमा प्रतिस्पर्धी सेमीकण्डक्टर परितन्त्रको आधार राखिरहेको छ। निरन्तर अनुसन्धान एवं विकास तथा रणनीतिक निवेशको माध्यमद्वारा, देश वैश्विक सेमीकण्डक्टर मूल्य शृङ्खलामा महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित हुन तयार छ।

 

सन्दर्भ :

https://www.pib.gov.in/FactsheetDetails.aspx?Id=150300

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2155456

https://cdn.digitalindiacorporation.in/wp-content/uploads/2025/09/PIB2163622.pdf

https://www.pib.gov.in/PressReleseDetailm.aspx?PRID=2150464

https://x.com/AshwiniVaishnaw/status/1979531474950095199

*******

एमपीएस/टीडब्ल्यूबी

(Factsheet ID: 150414) Visitor Counter : 1


Provide suggestions / comments
Link mygov.in
National Portal Of India
STQC Certificate