57th International Film Festival of India 2026
20 – 28 Nov 2026

अन्तिम फ्रेमदेखि पर : आइएफएफआइ साँझको जादू


खुल्ला मञ्चमा प्रदर्शन, सांस्कृतिक प्रस्तुति अनि रचनात्मक आदान-प्रदानका साथ गोवाको साझ जीवन्त बन्दछ

पोस्ट गरियो: 25 NOV 2026 6:47PMby PIB Gangtokरिलिज आईडी: 2341553Views: 3

गोवा, 25 नोभेम्बर 2026।

मण्डोभी नदीमाथि हुँदै घाम डुब्दै जाँदा अनि पणजीको सडकहरू उज्यालिँदै जाँदा, 57 औं भारतीय अन्तरराष्ट्रिय फिल्म महोत्सवले (आइएफएफआइ) बेग्लै भाका फेर्न थाल्दछ। दिनभरी फिल्महरूको प्रदर्शनी, मास्टरक्लास, रेड कार्पेट उपस्थिति तथा सिनेमाथि संवादले भरिने गरे तापनि साँझको आफ्नो बेग्लै आकर्षण छ। आइएफएफआइमा, अस्ताउँदै गरेको घामले महोत्सव समाप्त भएको सङ्केत नगरेर, अर्को उत्सवको शुरुवात इङ्गित गर्दछ।

सिनेमा हलको पारम्परिक सीमादेखि बाहिर, आइएफएफआइ 2026 ले मारगोवामा रविन्द्र भवनको मिरमार समुद्री तट तथा वागाटर समुद्री तटको हेलिप्याड इलाकामा खुल्ला मञ्च प्रदर्शनीको माध्यमद्वारा सिनेमाई अनुभवलाई जनमानसको अरू बढी नजिक ल्याउँदछ। साँझ 7 देखि 10 बजेसम्म तय समयमा यी प्रदर्शनीहरूमा फिल्महरूको सावधानीपूर्वक चयन सामेल गरिन्छ। गोवाको खुल्ला आकाशमुनि, निवासी, आगन्तुक अनि सिनेमाप्रेमीहरू साथमा आएर फिल्म हेर्ने आनन्दका साथमा सिनेमालाई अरू धेरै सुगम्य अनि समावेशी बनाउने महोत्सवको प्रतिबद्धतामाथि पनि चिन्तन गर्नसक्छन्।

महोत्सवको जोश मण्डोभी विचरण पथसम्म फैलिनका साथै रोमतामेलको सांस्कृतिक प्रदर्शनीले गोवाको समृद्ध कला परम्परालाई अघि ल्याउँदछ। नोभेम्बर 23 देखि 27 सम्म चार दिनको निम्ति निर्धारित सात सांस्कृतिक समूहद्वारा गरिने प्रदर्शनीले अन्तरराष्ट्रिय भेलाका लागि सूनमा सुगन्ध थपिरहेको छ। स्थानीय सांस्कृतिक अभिव्यक्ति अनि वैश्विक सिनेमाई परम्परा एक साथ आउनुले आइएफएफआइमा गोवाले ल्याउने विशिष्ट पहिचान प्रतिबिम्बित गर्दछ।

25 नोभेम्बरको “सिनेमाको आनन्दको उत्सव” शीर्षकमा एन्टरटेन्मेन्ट सोसाइटी अव् गोवाको (ईएसजी) परिसरदेखि पणजीको कला अकादमीसम्मको आइफएफएआइको शोभा यात्रामा रङ-बिरङ्गी झाँकीका साथै सांस्कृतिक कार्यक्रम अनि समुदायको सहभागिताले महोत्सवको परिवेशलाई अझ आनन्दमय बनाउनेछ। शोभा यात्रा महोत्सवको निर्धारित स्थलदेखि फैलिएर जाने हुँदा स्थानीय निवासी अनि आगन्तुकहरूलाई सिनेमाई उत्सवमा सहभागी हुन सक्षम बनाउनेछ।

फिल्म निर्माता, प्रतिनिधिहरूका साथै आकाङ्क्षी कलाकारहरूका लागि, तथापि, महोत्सवको साँझले मनोरञ्जनभन्दा धेरै प्रदान गर्नेछ। निर्धारित प्रदर्शनी अनि औपचारिक अन्तरक्रियाका अतिरिक्त, उनीहरूलाई अनौपचारिक संवाद, रचनात्मक आदान-प्रदान अनि सार्थक सम्बन्ध प्रदान गर्नेछ। फिल्ममाथिको चर्चाले सांस्कृतिक दृष्टिकोणको आदान-प्रदान सुगम बनाउनका साथै, भावी सहकार्यका लागि फिल्म निर्माताहरूबीच भेटघाटको पनि अवसर प्रदान गर्नेछ।

प्रदीप्त महोत्सव स्थलका पछाडि, स्वयंसेवी, प्राविधिक टोली, मिडिया टोली अनि आयोजकको निरन्तर प्रयास रहने गर्दछ, जसले महोत्सव सुचारू रूपमा सञ्चालन गर्न कामको तय समयभन्दा धेरै खट्ने गर्दछन्। उनीहरूको योगदान आइएफएफआइको अनुभूतिको अंश हुनका साथै अभिन्न अङ्ग हुने गरे तापनि प्रायः देखिने गर्दैन।

पणजीमा सूर्यास्तपछिको परिवर्तन स्वयं नै पनि रमिता नै हुन्छ। शहरको बाटो किनारा लहरै रुखहरू स्वर्णिम बत्तीका साथसाथै उज्यालो पारिएका भवनहरू, रङ-बिरङ्गी प्रकास यन्त्र तथा आइएफएफआइको प्रतिष्ठित मयूरको आकृतिले ती सडकहरूलाई उत्सवको चरित्र प्रदान गर्दछ। शहरको वास्तुकला अनि सार्वजनिक स्थलहरू महोत्सवको विस्तारित स्थल बन्दै आइएफएफआइको गोवासँगको सम्बन्ध कसरी विशिष्ट उत्सवका रूपमा विकसित हुँदै आयोजक राज्यले सिनेमाको सर्वव्यापी अपीललाई पूर्ति गर्दछ भनी प्रतिबिम्बित गर्दछ।

आइएफएफआइ 2026 को “सीमानाबिनाका कथाहरू” शीर्षकलाई ध्यानमा राख्दै, उत्सवका रातहरूले सिनेमाले भौगोलिक अनि भाषिक सीमा पार गर्नसक्ने क्षमता मात्र भएर रङ्गभवनको भौतिक सीमाना पनि पार गर्नसक्ने बोध गराउँछ। यसले दर्शकहरूलाई फिल्म महोत्सवको जादू, पर्दामा उजागर हुने कथाहरू जस्तै प्रेरित गर्ने संवाद अनि रचना गर्ने सम्बन्धमा निहित रहेको स्मरण गराउँछ।

आइएफएफआइमा, श्रेय सबैले लिनसक्छन्, पर्दा झर्न सक्छन् र थिएटरभित्र बत्ती मधुरो बन्दै जानसक्छन्, तर सिनेमाको महोत्सव निरन्तर रहनेछ। गोवामा, महोत्सवको घडी बन्द हुन मान्दै-मान्दैन।

आइएफएफआइएलओआइडी यहाँ पढ्नुहोस् :   https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1&reg=48

************

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2341553
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026