मन्त्रीमण्डल
azadi ka amrit mahotsav

१६औँ वित्त आयोगको अवधि (आर्थिक वर्ष २०२६-२७ देखि २०३०-३१) का लागि १,१४१ करोड़ रुपियाँको बजेटसहित हुलाक सञ्चालन योजनालाई निरन्तरता दिने मन्त्रिपरिषद्को स्वीकृति


हुलाक सञ्जालको आधुनिकीकरण, पार्सल तथा चिठीपत्र सेवाको सुदृढ़ीकरण, ग्रामीण सम्पर्क विस्तार र नागरिककेन्द्रित सेवामा सुधार गर्नु योजनाको उद्देश्य
रहेको छ

ई-कमर्ससम्बन्धी रसद, वित्तीय समावेशीकरण, अन्तरराट्रीय हुलाक सेवा र भारतीय हुलाक सेवाको डिजिटल रूपान्तरणमा जोड़

पोस्ट गरियो: 25 NOV 2026 3:29PM by PIB Gangtok

नयाँ दिल्ली, 25 नोभेम्बर, 2026:

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको केन्द्रीय मन्त्रिपरिषद्ले १६औँ वित्त आयोगको अवधिअन्तर्गत आर्थिक वर्ष २०२६-२७ देखि २०३०-३१ सम्म केन्द्रीय क्षेत्रको योजना ‘हुलाक सञ्चालन’ लाई निरन्तरता दिने प्रस्तावलाई स्वीकृत गरेको छ। यसका लागि १,१४१ करोड़ रुपियाँ बजेट प्रस्ताव गरिएको छ। यस योजनाले देशभर हुलाक पूर्वाधारलाई सुदृढ़ बनाउने, सञ्चालन दक्षतामा सुधार गर्ने तथा रसद, ई-कमर्स र डिजिटल सेवा प्रवाहका बढ़्दो आवश्यकताहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।

विश्वकै सबैभन्दा ठूलो हुलाक सञ्जालमध्ये एक रहेको भारतीय हुलाक सेवाअन्तर्गत १.६५ लाख हुलाक कार्यालय छन्, जसमध्ये १,४९,६५५ वटा ग्रामीण क्षेत्रमा रहेका छन्। भारतीय हुलाक सेवा विशेषगरी दुर्गम तथा सेवा सुविधाको पहुँच कम भएका क्षेत्रमा चिठीपत्र, पार्सल, ब्याङ्किङ, बिमा तथा नागरिककेन्द्रित अन्य सेवाहरू प्रदान गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा निरन्तर कार्यरत छ।

आफ्ना मुख्य हुलाक सेवाबाहेक भारतीय हुलाक सेवाले हुलाक कार्यालय बचत ब्याङ्क (पीओएसबी), इण्डिया पोस्ट पेमेन्ट्स ब्याङ्क (आईपीपीबी), हुलाक जीवन बिमा (पीएलआई), आधार दर्ता तथा अद्यावधिक, हुलाक कार्यालय पासपोर्ट सेवा केन्द्रमार्फत पासपोर्ट सेवा, केवाईसी प्रमाणीकरण सेवा र डाकघर निर्यात केन्द्रहरू (डीएनके) मार्फत ग्रामीण हस्तकलाकर्मीहरूलाई सहयोगजस्ता विभिन्न सार्वजनिक सेवाहरू पनि प्रदान गर्दै आएको छ।

यस योजनाले हुलाक पूर्वाधारको आधुनिकीकरण, अन्तिम बिन्दुसम्मको वितरण प्रणालीको सुदृढीकरण, आपूर्ति व्यवस्थापनको दक्षतामा सुधार, वित्तीय समावेशीकरणको प्रवर्द्धन र देशभर ग्राहककेन्द्रित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग गर्नेछ। यो प्रस्ताव डिजिटल इण्डिया, आत्मनिर्भर भारत र विकसित भारतका बृहत्तर उद्देश्यहरूसँग पनि मेल खान्छ।

यो योजना आर्थिक वर्ष २०२६-२७ देखि २०३०-३१ सम्म पाँच वर्षको अवधिमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ।

हुलाक सञ्चालन योजनामा निम्न छ-वटा उपयोजनाहरू समावेश छन्:

  1. ग्रामीण व्यवसाय तथा हुलाक सञ्जालमा पहुँच – १२० करोड़ रुपियाँ: विशेषगरी ग्रामीण क्षेत्रका हुलाक कार्यालयहरूलाई प्रभावकारी र नागरिककेन्द्रित सेवा केन्द्रका रूपमा रूपान्तरण गर्न पूर्वाधारको स्तरोन्नति, एकरूप ब्राण्डिङ र स्रोतसाधनको राम्रो उपयोगमा केन्द्रित। यस उपयोजनाले वित्तीय समावेशीकरण, डिजिटल सम्पर्क र स्थानीय आर्थिक विकासलाई सुदृढ़ बनाउनुका साथै अन्तिम बिन्दुसम्मको वितरण प्रणालीमा सुधार गर्ने तथा सेवा सुविधाको पहुँच कम भएका क्षेत्रमा हुलाक तथा नागरिककेन्द्रित सेवाहरूको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।
  2. चिठीपत्र सञ्जालको अनुकूलन – ५७५ करोड़ रुपियाँ: केन्द्रीकृत वितरण प्रणाली, यान्त्रिकीकरण, एड्भान्स्ड पोस्टल टेक्नोलोजी (एपीटी २.०) अन्तर्गतका उन्नत सूचना प्रविधि समाधान, जीआईएसमा आधारित सेवा तथा स्तरोन्नति गरिएको पूर्वाधारमार्फत चिठीपत्र सञ्चालन प्रणालीको आधुनिकीकरण गर्ने परिकल्पना गरिएको छ। यस पहलमा वितरण हुलाक कार्यालयहरू, चिठीपत्र व्यवस्थापन प्रणाली, मेल मोटर सर्भिस (एमएमएस) कार्यशाला, सडक यातायात सञ्जाल तथा आधुनिक स्मार्ट २४×७ सञ्चालन हुने पत्रमञ्जूषाको सुदृढीकरण पनि समावेश छ। यसबाट सञ्जालभर सञ्चालन दक्षता, पारदर्शिता, सेवाको गुणस्तर र ढुवानी तथा आपूर्ति व्यवस्थापनको विश्वसनीयतामा सुधार हुने अपेक्षा गरिएको छ।
  3. पार्सल सञ्जालको अनुकूलन – २७८ करोड़ रुपियाँ: पार्सलको आवागमनलाई व्यवस्थित बनाउन, ह्याण्डलिङका चरणहरू घटाउन, क्षमतासम्बन्धी अवरोध कम गर्न र पारवहन समय घटाउन पुनःडिजाइन गरिएको छटाइ प्रणालीअनुरूप पार्सल हबहरूको निर्माण तथा पार्सल प्याकेजिङ एकाइहरू (पीपीयू) को विस्तार यसमा समावेश छ। यस उपयोजनाले विशेष प्रयोजनका लागि निर्माण गरिएका पूर्वाधार, एकरूप तथा सुरक्षित प्याकेजिङ र सञ्चालनमा थप लचकतामार्फत ई-कमर्स तथा ग्रामीण बजारबाट बढ़्दै गएको पार्सलको सङ्ख्यालाई सम्बोधन गर्ने लक्ष्य पनि राखेको छ। यसका साथै ग्राहकको विश्वास बढ़ाउने र ढुवानी तथा आपूर्ति व्यवस्थापन क्षेत्रमा भारतीय हुलाक सेवाको प्रतिस्पर्धात्मक क्षमता सुदृढ़ गर्ने उद्देश्य लिइएको छ।
  4. पूर्वाधार स्तरोन्नति तथा अन्तरराष्ट्रिय हुलाकका लागि पूर्वाधार विस्तार – ८ करोड़ रुपियाँ: पूर्वाधारमा सुधार तथा अन्तरराष्ट्रिय डाँकवस्तुको प्रशोधन प्रक्रिया छिटो बनाउन विदेशी हुलाक कार्यालयहरू (एफपीओ) र सहायक विदेशी हुलाक कार्यालयहरू (एसएफपीओ) को स्तरोन्नतिमार्फत अन्तरराय हुलाक सेवाहरू सुदृढ़ गर्ने लक्ष्य राखिएको छ। यस पहलमा हुलाक तथा रेलवे मेल सर्भिस (आरएमएस) डिभिजनमार्फत बजारीकरण तथा विज्ञापनका गतिविधिहरू पनि समावेश छन्। यसबाट अनुपालन, प्रविधि एकीकरण र निर्यातसम्बन्धी ढुवानी तथा आपूर्ति व्यवस्थापनमा सहयोग पुर्‍याउँदै भारतीय हुलाक सेवालाई विश्वसनीय अन्तरराष्ट्रि ढुवानी सेवा प्रदायकका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
  5. बजारीकरणसम्बन्धी कार्य तथा सेवाको गुणस्तर – १०० करोड़ रुपियाँ: टेलिभिजन, डिजिटल माध्यम, रेडियो, छापा माध्यम तथा बाह्य विज्ञापनका विभिन्न माध्यमबाट सञ्चालन गरिने अभियानमार्फत प्रवर्द्धन, ब्राण्डिङ, जनसम्पर्क र ग्राहकसँगको अन्तर्क्रियामा केन्द्रित। यस उपयोजनामा कार्यक्रम तथा प्रदर्शनीहरूमा सहभागिता, सामाजिक सञ्जाल अभियान, प्रत्यक्ष बजारीकरण र विशेषगरी ग्रामीण तथा सेवा सुविधाको पहुँच कम भएका क्षेत्रमा जनस्तरसम्मको सम्पर्क विस्तार गर्न डाक चौपाल गतिविधिहरूको विस्तार पनि समावेश छ। यसका अतिरिक्त, सेवाको गुणस्तर सुधार गर्न र ग्राहककेन्द्रित दृष्टिकोणलाई सुदृढ़ बनाउन पूर्वाधार स्तरोन्नति, स्टुडियो सुविधा, सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकास, बजार अनुसन्धान, प्रभावशाली व्यक्तित्वहरूसँगको सहकार्य र तेस्रो पक्षद्वारा मूल्याङ्कन गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
  6. हुलाक टिकट सङ्कलनसम्बन्धी गतिविधि – ६० करोड़ रुपियाँ: प्रदर्शनी, गोष्ठी, प्रश्नोत्तरी, विद्यालयस्तरीय हुलाक टिकट सङ्कलन क्लब तथा सुगन्धित, होलोग्राफिक र त्रिआयामिक टिकटसहितका नवीन डिजाइनमार्फत हुलाक टिकट सङ्कलनको प्रवर्द्धन गर्ने पहल प्रस्ताव गरिएको छ। यस उपयोजनामा डिजिटल माध्यमबाट जनसम्पर्क विस्तार गर्ने गतिविधि, ‘ढाई आखर’ पत्र लेखन प्रतियोगिता र स्पर्श (SPARSH) स्पर्श छात्रवृत्तिजस्ता कार्यक्रम, उत्पादन तथा वितरण केन्द्रहरूको आधुनिकीकरण, बजार अनुसन्धान र अन्तरराष्ट्रिय सहकार्य पनि समावेश छन्। यसको उद्देश्य हुलाक टिकट सङ्कलनलाई आकर्षक शैक्षिक तथा सांस्कृतिक गतिविधिका रूपमा पुनर्जीवित गर्नुका साथै सञ्चालन दक्षता र आम्दानीको सम्भावनामा सुधार गर्नु हो।

*********

MPS/TWB


(रिलिज आईडी: 2341504) आगन्तुक काउन्टर : 4
मा यो विज्ञप्ति पढ्नुहोस्: Telugu , Kannada , English , Urdu , हिन्दी , Bengali , Bengali-TR , Assamese , Punjabi , Gujarati , Tamil , Malayalam