पोस्ट गरियो:
20 NOV 2026 1:37PM by PIB Gangtok
नयाँ दिल्ली, २० नोभेम्बर २०२६:
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज केन्द्रीय मन्त्री श्री शिवराज सिंह चौहानद्वारा लिखित एउटा लेख साझा गर्नुभएको छ। उक्त लेखमा पछिल्लो १२ वर्षमा पशुधन तथा कुखुरालाई सङ्क्रामक रोगहरूबाट जोगाउन स्वदेशी खोपको विकासले खेलेको महत्त्वपूर्ण भूमिकाबारे उल्लेख गरिएको छ।
यी प्रयासहरूले पशु स्वास्थ्यको संरक्षण गर्न, रोगका कारण हुने क्षति न्यूनीकरण गर्न, किसानहरूको आय वृद्धि गर्न तथा कृषक समुदायको समग्र जीवनस्तर सुधार गर्न सहयोग पुर्याएका छन्।
श्री मोदीले स्वदेशी खोपको विकासले पशु स्वास्थ्य सेवाको क्षेत्रमा भारतको बढ्दो क्षमतालाई प्रतिबिम्बित गर्नुका साथै सबल र आत्मनिर्भर कृषि प्रणाली निर्माणप्रतिको प्रतिबद्धतालाई पनि दर्शाएको बताउनुभएको छ।
प्रधानमन्त्री श्री मोदीले सामाजिक सञ्जाल एक्समा यस्तो भन्नुभएको छ:
विगत १२ वर्षमा किसान दाजुभाइ तथा दिदीबहिनीहरूको समृद्धि र ग्रामीण भारतलाई सशक्त बनाउनका लागि विभिन्न ऐतिहासिक कदमहरू चालिएका छन्।
केन्द्रीय कृषि तथा किसान कल्याणमन्त्री श्री शिवराज सिंह चौहानले आफ्नो यस लेखमार्फत स्वदेशी खोपको विकासले कसरी पशुपन्छीहरूलाई सङ्क्रामक रोगहरूबाट सुरक्षित राख्न सहयोग पुर्याइरहेको छ भन्ने विषयमा विस्तृत रूपमा उल्लेख गर्नुभएको छ। यसले किसानहरूको आय वृद्धि गर्नुका साथै उनीहरूको जीवनलाई अझ सहज र राम्रो बनाउन पनि सहयोग पुर्याएको छ।
*********
MPS/TWB