प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीद्वारा भारतको गरिबीविरुद्धको सङ्घर्षले देशभरका नागरिकको जीवनमा ल्याइरहेको परिवर्तनसम्बन्धी लेख साझा

पोस्ट गरियो: 23 NOV 2026 2:30PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज केन्द्रीय मन्त्री श्रीमती निर्मला सीतारमणले भारतको गरिबीविरुद्धको सङ्घर्षले देशभरका नागरिकको जीवनमा कसरी परिवर्तन ल्याइरहेको छ भन्ने विषयमा लेख्नुभएको लेख साझा गर्नुभएको छ। केन्द्रीय वित्तमन्त्री श्रीमती निर्मला सीतारमणले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा गरिबीको चक्रलाई निरन्तरता दिने अवरोधहरू हटाउन अस्थायी राहत प्रदान गर्ने दृष्टिकोणबाट ध्यान परिवर्तन गरी दीर्घकालीन समस्याहरूको समाधानतर्फ केन्द्रित गरिएको विषयमा लेख्नुभएको छ। “आवास, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, बैंकिङ तथा उद्यमशीलतामा पहुँचमार्फत उहाँले करोड़ौँ परिवारले हासिल गरेको प्रगति र ग्रामीण महिलाहरूको बढ़्दो आर्थिक सहभागिताबारे उल्लेख गर्नुभएको छ”, प्रधानमन्त्री श्री मोदीले टिप्पणी गर्नुभएको छ।

श्री मोदीले X मा लेख्नुभएको छ:

आधारभूत आवश्यकतादेखि जीविकोपार्जनका नयाँ अवसरहरूसम्म, भारतको गरिबीविरुद्धको सङ्घर्षले देशभरका नागरिकको जीवनमा परिवर्तन ल्याइरहेको छ!

केन्द्रीय वित्तमन्त्री श्रीमती @nsitharaman ले प्रधानमन्त्री @narendramodi को नेतृत्वमा गरिबीलाई निरन्तरता दिने बाधाहरू सम्बोधन गर्न अस्थायी राहतबाट ध्यान केन्द्रित गरिएको विषयमा लेख्नुभएको छ।

आवास, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, बैंकिङ तथा उद्यमशीलतामा पहुँचमार्फत उहाँले करोड़ौँ परिवारले हासिल गरेको प्रगति र ग्रामीण महिलाहरूको बढ़्दो आर्थिक सहभागिताबारे उल्लेख गर्नुभएको छ।

*******

MPS/TWB


(रिलिज आईडी: 2341085) आगन्तुक काउन्टर : 11