पोस्ट गरियो:
23 NOV 2026 2:35PM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले राष्ट्रिय एचपीभी खोप अभियानले नौ महिनाभन्दा कम अवधिमै एक करोड़ एचपीभी खोपको मात्रा प्रदान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेकोमा प्रशंसा गर्नुभएको छ। यस अभियानअन्तर्गत वार्षिक रूपमा खोपका लागि योग्य किशोरीहरूको लगभग ८७ प्रतिशतलाई समेटिएको छ।
श्री मोदीले यस उपलब्धिले निवारक स्वास्थ्य सेवामार्फत भारतका छोरीहरूका लागि स्वस्थ भविष्य निर्माण गर्ने दिशामा महत्त्वपूर्ण कदम चालेको टिप्पणी गर्नुभएको छ। उहाँले यो उपलब्धिले यस अभियानको सफल कार्यान्वयन सुनिश्चित गर्ने सबै सरोकारवालाहरूको सामूहिक प्रतिबद्धता र समन्वित प्रयासलाई प्रतिबिम्बित गरेको पनि बताउनुभएको छ।
श्री मोदीले X मा लेख्नुभएको छ:
“निवारक स्वास्थ्य सेवाको दिशामा हाम्रो यात्राको एउटा महत्त्वपूर्ण उपलब्धि।
प्रत्येक खोपको मात्रा किशोरीहरूलाई सर्भिकल क्यान्सरबाट बचाउने र उनीहरूका लागि स्वस्थ भविष्य सुनिश्चित गर्ने दिशामा एउटा कदम हो।
यो उल्लेखनीय उपलब्धि हासिल गर्न योगदान पुर्याउने सबै सरोकारवालाहरूको म प्रशंसा गर्दछु।”
*********
MPS/TWB