नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्रालय
azadi ka amrit mahotsav

बीआरई समिट एण्ड एक्सपो २०२६ मा श्री प्रल्हाद जोशीद्वारा विश्वव्यापी सौर्य सहकार्यप्रतिको प्रतिबद्धता पुनः पुष्टि


भारत लगातार तेस्रो कार्यकालका लागि अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्षमा निर्वाचित: केन्द्रीय नवीकरणीय ऊर्जा मन्त्री

सौर्य ऊर्जा र एग्री-पीभीको माध्यमद्वारा ३० लाख किसानहरू सशक्त: श्री जोशी

पोस्ट गरियो: 03 NOV 2026 4:31PM by PIB Gangtok

नयाँ दिल्ली: ३ नोभेम्बर २०२६

नयाँ तथा नवीकरणीय ऊर्जा, शिक्षा, उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री श्री प्रल्हाद जोशीले आज यहाँ आयोजित भारत नवीकरणीय ऊर्जा शिखर सम्मेलन तथा प्रदर्शनी (बीआरई समिट एण्ड एक्स्पो) २०२६' को अवसरमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय सौर्य सहकार्यलाई अघि बढाउन र प्रगतिको लाभ समान रूपमा बाँडफाँड सुनिश्चित गर्न भारत प्रतिबद्ध रहेको पुनः दोहोर्‍याएका छन्।

केन्द्रीय मन्त्रीले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा सशक्तिकरणका लागि ऊर्जाको परिकल्पना र 'एक सूर्य, एक विश्व, एक ग्रिड' को सिद्धान्तबाट निर्देशित भई भारत अन्तर्राष्ट्रिय सौर्य सहकार्यलाई अघि बढाउन दृढ रहेको बताए। भारत अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को अध्यक्षमा लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएको छ।

उनले स्मरण गराए अनुसार यसै प्रतिबद्धताका कारण सन् २०१५ मा भारत र फ्रान्स मिलेर अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापना गरेका थिए। आज, १३० हस्ताक्षरकर्ता तथा सदस्य राष्ट्रहरू रहेको यो गठबन्धन अन्तर्राष्ट्रिय सहकार्यका लागि विशेष गरी 'ग्लोबल साउथ' (विकासशील राष्ट्रहरू) का लागि एक सशक्त मञ्चका रूपमा विकसित भएको छ।

बीआरई समिट एण्ड एक्सपो २०२६ को उद्घाटन माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले २ नोभेम्बर २०२६ मा गरेका थिए तथा यो ५ नोभेम्बर २०२६ मा सम्पन्न हुनेछ। श्री जोशीले बताए अनुसार, विगत दुई दिन र आगामी दुई दिनमा हुने छलफलहरूले सौर्य प्रतिबद्धताबाट निवेशतर्फ साझेदारीबाट परियोजनाहरूतर्फ र महत्वाकांक्षाबाट ठोस प्रभावतर्फ अघि बढ्ने स्पष्ट प्राथमिकतालाई अझ सुदृढ बनाउनेछन्।

गठबन्धनका मुख्य प्राथमिकताहरूमाथि प्रकाश पार्दै मन्त्रीले जहाँ सबैभन्दा अधिक आवश्यकता छ, त्यहाँ सौर्य ऊर्जा विस्तारका लागि वित्तीय व्यवस्था गर्नु महत्त्वपूर्ण रहेको कुरामा जोड दिए। उनले अफ्रिका सोलार फ्यासिलिटी अन्तर्गतको २० करोड अमेरिकी डलरको व्यवस्थाले अफ्रिकाको विकेन्द्रित नवीकरणीय ऊर्जा क्षेत्रमा निवेशको ढोका खोल्न महत्त्वपूर्ण कदमका रूपमा काम गर्ने बताए। भारतको लगभग २२५ करोड रुपियाँ ( २५ मिलियन अमेरिकी डलर) को प्रतिबद्धताले सुविधाबाट वञ्चित समुदायहरूलाई किफायती सौर्य ऊर्जा पहुँचयोग्य बनाउने आफ्नो सङ्कल्पलाई थप बलियो बनायो। उनले थप प्रकाश पारे अनुसार ३०० मिलियन अमेरिकी डलर नाइजेरिया वितरित नवीकरणीय ऊर्जा कोषले महादेशभरि यो दृष्टिकोणलाई विस्तार गर्न एक मोडेल प्रस्ताव गरेको छ।

जीवन परिवर्तनमा सौर्य ऊर्जाको भूमिकालाई जोड दिँदै श्री जोशीले स्तरमा समाधानहरू प्रदान गर्ने महत्त्वलाई प्रकाश पारे। उनले भने, फिजी, मेडागास्कर, कोमोरोस र सेशेल्समा आईएसए-समर्थित पहलहरूले स्वास्थ्य सेवा सुविधा र विद्यालयहरूलाई शक्ति प्रदान गरेर, सफा पिउने पानी प्रदान गरेर र कृषि शीतभण्डारलाई समर्थन गरेर सौर्य ऊर्जाले कसरी जीविकोपार्जन र जलवायु लचिलोपनलाई बलियो बनाउन सक्छ भनेर प्रदर्शन गरेको छ। उनले थप जानकारी दिए अनुसार गठबन्धनले साना टापु विकासशील राज्यहरूको लागि स्केलेबल मोडेलहरू सिर्जना गर्न मौरिससबाट शुरु गरी समग्र सौर्य र भण्डारण अवसरहरूलाई अगाडि बढाइरहेको छ।

केन्द्रीय मन्त्रीले सौर्य ऊर्जाको माध्यमबाट ३० लाख (३ मिलियन) किसानहरूलाई सशक्त बनाउने र एग्री-पीभी - कृषि-सौर्य प्रणाली) को विस्तार गर्ने महत्त्वमाथि प्रकाश पारे। उनले भारतको पीएम-कुसुम पहलले सौर्य ऊर्जामा आधारित कृषिले कसरी सिँचाइ लागत घटाउन र अतिरिक्त आम्दानीका अवसरहरू सिर्जना गर्न सक्छ भन्ने कुरा प्रमाणित गरेको बताउनुभयो। अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को माध्यमद्वारा ऊर्जा रूपान्तरणको केन्द्रबिन्दुमा किसानहरूलाई राख्दै यो मोडेललाई सदस्य राष्ट्रहरू — विशेष गरी अफ्रिकामा लागू गर्ने प्रयासहरू भइरहेका छन्।

राष्ट्रिय क्षमता सुदृढीकरणका सन्दर्भमा श्री जोशीले १७ वटा सौर्य प्रविधि प्रयोग स्रोत केन्द्र, ग्लोबल क्यापेबिलिटी सेन्टर–शाइन र एआई  युक्त आईएसए एकेडेमीको स्थापनाबारे चर्चा गरे। उनले सौर्य ऊर्जाको विस्तारलाई तीव्रता दिन संस्थाहरूलाई बलियो बनाउने, कौशल विकास गर्ने र उदीयमान प्रविधिहरूको उपयोग गर्ने कुरामा जोड दिइएको बताए।

प्राविधिक विकासको सन्दर्भमा स्वच्छ ऊर्जाको बढ्दो महत्त्वलाई औंल्याउँदै मन्त्रीले भने, आर्टिफिशियल इन्टेलिजेन्स ले अर्थतन्त्रको स्वरूप परिवर्तन गरिरहँदा किफायती, विश्वसनीय र स्वच्छ बिजुलीमा पहुँच अझ बढी रणनीतिक आवश्यकता बन्नेछ।

श्री जोशीले जोड दिँदै भने कि यस सभाको सन्देश स्पष्ट छ: सौर्य ऊर्जाको भविष्य साझा जिम्मेवारी, निरन्तर लगानी र सामूहिक कार्यमार्फत निर्माण गरिनुपर्छ।

भारत सरकारको तर्फबाट उनले भारतप्रति विश्वास व्यक्त गर्दै अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्ष पदमा लगातार तेस्रो कार्यकालका लागि निर्वाचित गरेकोमा सबै सदस्य राष्ट्रहरूप्रति हार्दिक आभार व्यक्त गरे। उनले फ्रान्स र त्यहाँका मन्त्रीलाई पनि आईएसएको सह-अध्यक्षका रूपमा पुनः निर्वाचित भएकोमा बधाई दिए।

आफ्नो सम्बोधनको समापन गर्दै श्री जोशीले भारतले आफ्नो नयाँ कार्यकाल शुरु गर्दा निवेश जुटाउने, सौर्य प्रविधिको विस्तारलाई तीव्रता दिने र सामूहिक आकाङ्क्षाहरूलाई समुदाय तथा राष्ट्रहरूका लागि ठोस नतिजामा परिणत गर्ने कुरामा ध्यान केन्द्रित रहने बताए। उनले निरन्तर विश्वास र साझेदारीका लागि सबै सदस्य राष्ट्रहरूप्रति कृतज्ञता व्यक्त गरे।

सम्मेलनमा एमएनआरईका सचिव श्री सन्तोष कुमार सारङ्गी, आईएसएका महानिर्देशक आशिष खन्ना, फ्रान्सका पारिस्थितिकीय सङ्क्रमण सम्बन्धी मन्त्री म्याथ्यु लेफेभ्र, डेनमार्कका व्यापार तथा प्रतिस्पर्धात्मकता मन्त्री मार्टिन लिडेगार्ड, सुरिनामको प्राकृतिक संसाधन मन्त्रालयका मन्त्री डेभिड अबियामोफो, सेसेल्सको उद्योग तथा उद्यम मन्त्रालयकी मन्त्री गेराल्डा डेसौबिन र श्रीलङ्काको ऊर्जा मन्त्रालयका उपमन्त्री मुहम्मद अर्काम इलियासको उपस्थिति थियो।

******

MPS/TWB


(रिलिज आईडी: 2332109) आगन्तुक काउन्टर : 12
मा यो विज्ञप्ति पढ्नुहोस्: Gujarati , English , Urdu , हिन्दी , Odia , Tamil , Telugu , Kannada