प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा “विकसित भारतका लागि नशामुक्त युवा सङ्कल्प अभियान” शुभारम्भ


म प्रत्येक नागरिक र विशेष गरी युवाहरूलाई यस अभियानमा सामेल हुन आग्रह गर्न चाहन्छु : पीएम

आज राष्ट्रले विकसित भारतको निम्ति लक्ष्य तय गरेको हुनाले देशका युवावर्ग शारीरिक अनि मानसिक रूपमा दुरूस्त, आत्मविश्वासले भरिएको र स्थायी रूपमा ड्रग्सको विध्वंशकारी लतबाट टाढा रहन अत्यावश्यक छ : पीएम

हामीले प्रत्येक युवालाई कुलतको पासोमा पर्नबाट जोगाउनुपर्नेछ : पीएम

समाजको सहयोग, योग अनि ध्यानको शक्तिले हाम्रोम अन्तरमनलाई कुलत विरुद्ध शक्ति प्रदान गर्दछ भने आज कुलत छोड्नका लागि पुनर्वास केन्द्रहरूको सुविधा पनि छ : पीएम

यदि भूलवश कुलतको पासोमा परेको भए तापनि, यसको अर्थ उनीहरूका लागि सबै दैलो बन्द भएको छ भन्ने हुँदैन : पीएम

हामीले सधैं याद राख्नुपर्नेछ, यदि घरमा बालक कुलतको शिकार बने, सामाजिक प्रतिष्ठाको डरले त्यसलाई लुकाउनु भएन; आवश्यक परे सबैबाट सहयोग लिनुपर्छ; चिकित्सा सहायताद्वारा बालकलाई कुलतबाट मुक्त गराउने प्रयास गर्नुपर्छ : पीएम

हामीले परिवारमा बालकहरूसँग खुल्ला संवादको संस्कृति सिर्जना गर्नुपर्छ ताकि त्यस्तो भुँवरीमा पर्नअघि नै उनीहरूको हात थाम्न सकियोस् : पीएम

म हाम्रा कलेज अनि विश्वविद्यालयका प्रोफेसरहरूलाई पनि अपील गर्न चाहन्छु; नियमित पाठ्यक्रमका साथसाथै कृपया विद्यार्थीहरूसँग ड्रग्सका खतराहरू चर्चा गर्नुहोस्, आफ्नो क्याम्पसमा कुलतका विरुद्ध अभियान चलाउनुहोस्; तपाईंको प्रयासले महत्त्वपूर्ण परिणाम ल्याउन सक्छ : पीएम

प्रविष्टि तिथि: 02 AUG 2026 1:48PM by PIB Gangtok

नयाँ दिल्ली, 02 अगस्त 2026।

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज “विकसित भारतका लागि नशामुक्य युवा सङ्कल्प अभियान” शुभारम्भ गरे। राष्ट्रव्यापी विशाल भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले 28,000 स्थानबाट जोडिएका एक करोड भन्दा धेरै युवा नागरिकहरूसहित विविध जनभेलालाई अभिवादन जनाए। यस क्षणको सामूहिक शक्तिमाथि जोड दिँदै उनले यस भेलालाई प्रगाढ राष्ट्रिय प्रतिबद्धताका रूपमा उल्लेख गरे। “आज हामी सबै देशवासी एक महान अनि महत्त्वपूर्ण प्रस्तावका लागि एकबद्ध भएका छौं,” श्री मोदीले भने।

यस पहलको विस्तृत प्रकृतिबारे प्रकाश पार्दै प्रधानमन्त्रीले यो अभियान व्यक्तिगत आरोग्यतादेखि इतर परिवार, समाज अनि सम्पूर्ण राष्ट्रको व्यापक हितका लागि निहित रहेको उल्लेख गरे। “विकसित भारतका लागि नशामुक्य युवा सङ्कल्प अभियान”को केन्द्रिय उद्देश्य रेखाङ्कित गर्दै, विकसित भारत हासिल गर्नका लागि मौलिक रूपमा आत्मघाती बानीहरूबाट मुक्त शारीरिक रूपमा स्वस्थ मानसिक रूपमा तन्दुरूस्त अनि आत्मविश्वासले भरिएको युवा पिँढी आवश्यक पर्ने कुरामाथि जोड दिए। “आज राष्ट्रले विकसित भारतको लक्ष्य तय गरेको हुँदा, देशका युवावर्ग शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा तन्दुरूस्त, आत्मविश्वासले भरिएका अनि स्थायी रूपमा ड्रग्सको ध्वंशकारी बानीबाट स्थायी रूपमा मुक्त रहन आवश्यक छ,” मोदीले बल दिँदै बताए।

अभियानको व्युत्पत्तिमाथि चिन्तन गर्दै, प्रधानमन्त्रीले पछिल्लो वर्ष काशीको पवित्र भूमिमा प्रायोगिक परियोजनाका रूपमा शुरु गरिएको यस अभियानप्रति गहिरो सन्तुष्टि व्यक्त गरे। अभियानलाई अघि बढाउने वैज्ञानितकम स्पष्टता, आध्यात्मिक ऊर्जा अनि अपार सांस्कृतिक समर्पणको विशिष्ट मिश्रणबारे प्रकाश पार्दै, यो व्यापक रूपमा विस्तार भएको उनले उल्लेख गरे। “काशी घोषणा अन्तर्गत 125 आध्यात्मिक सङ्गठनका साथै असङ्ख्य एनजीओको सहयोगमा, यो कल्याण केन्द्रित विचारधारा सफलतापूर्वक एउटा राष्ट्रिय परियोजना बन्नपुगेको छ,” श्री मोदीले अवगत गराए।

व्यक्तिगत संयम कायम गर्नका साथसाथै सक्रिय रूपमा स्कूल, कलेज अनि समुदायबीच ड्रग्समुक्त जीवनको सन्देश प्रसारित गरेकोमा प्रधानमन्त्रीले ड्रग्सरोधी शपथ लिने लाखौं-लाख युवाहरूको सराहना गरे। अभियानको महत्त्वकाङ्क्षी 100 सप्ताव्यापी मार्गचित्र रेखाङ्कित गर्दै, नयाँ प्रतिभागीहरूलाई निरन्तर संलग्न गराउन कला, संस्कृति, खेलकूद अनि ध्यान सामेल समर्पित गतिविधि प्रत्येक आइतबारको दिन आयोजित गरिने विषयबारे पनि उनले विस्तारका साथ चर्चा गरे। “आगामी 100 आइतबार पूर्णरूपले ड्रग्समुक्त भारतको दिशामा 100 कडा कदम हुनेछ,” श्री मोदीले पुष्टि गरे।

विद्यार्थी, एनएसएस सदस्य अनि माइभारतका विशाल अनलाइन भेलालाई सम्बोधित गर्दै प्रधानमन्त्रीले राष्ट्रका युवावर्गद्वारा प्रदर्शित अपार जागरूकता, संवेदनशीलता अनि गम्भीर समर्पणप्रति विपुल गर्व व्यक्त गरे। युवा जनसाङ्ख्यिकीलाई भारतको “अमृत पिँढी”को दर्जा दिँदै, उनीहरूको ऊर्जा, कल्पना अनि प्रतिभा राष्ट्रलाई 2047 विकास लक्ष्यतर्फ मार्गदर्शन गराउन महत्त्वपूर्ण रहेको उनले स्मरण गराए। “देशको आधारभूत भविष्यका साथै आफ्नो जीवनका लागि, स्वयंलाई कुलतबाट मुक्त राख्न अत्यन्तै आवश्यक छ,” मोदीले जोड दिँदै भने।

स्टार्टअप्स, आर्टिफिसियल इन्टेलिजेन्स, खेलकूद अनि अन्तरिक्ष अन्वेषणमा युवाहरूको व्यापक उपलब्धिको लागू पदार्थ दुर्व्यसनीको विध्वंशकारी प्रभावसँग तुलना गर्दै प्रधानमन्त्रीले कुलतले कसरी ध्यान भङ्ग गर्नका साथै सपना ध्वस्त पार्दछ भन्ने चेतावनी दिए। परिवारमाथि पर्नजाने व्यापक सहवर्ती क्षति लगायत अभिभावकको सपना चकनाचूर पार्नुदेखि वृद्धाहरूमाथि पर्नजाने दैनिक पीडाबारे प्रकाश पार्दै यसले व्यापक सामाजिक दुष्परिणाम ल्याउने उनले उल्लेख गरे। “जब विनाशलीलाले परिवार वा समाजलाई छोप्दछ, तब सम्पूर्ण राष्ट्रको समग्र शक्ति पनि आधारभूत रूपमा कमजोर भएर जान्छ,” श्री मोदीले बताए।

नशालु पदार्थको भ्रामक प्रकृतिबारे युवावर्गलाई खबरदारी गराउँदै प्रधानमन्त्रीले यस्ता पदार्थले प्रदान गर्ने अस्थायी नशाले आफ्नो करिअर अनि परिवारको जीवनलाई स्थायी रूपमा प्रभावित पार्ने कुरामाथि जोड दिए। श्री गुरु ग्रन्थ साबितको विशेष शिक्षासहित भारतीय संस्कृति अनि आध्यात्मिक गुरुहरूका अपार ज्ञानको उल्लेख गर्दै, उनले मन परिवर्तन गराउने पदार्थहरूलाई ऐतिहासिक रूपमा समाजले खारेज गर्दैआएको अवगत गराए। “हामीले कुनै पनि परिस्थितिमा नशालाई कहिले पनि सामाजिक स्वीकृति दिनु हुँदैन,” श्री मोदीले जोड दिए।

बहालीका लागि उपलब्ध विस्तृत सहयोग प्रणालीबारे विस्तार गर्दै प्रधानमन्त्रीले कुलतबाट मुक्ति पाउनका लागि सामाजिक सहयोग, योग, ध्यान अनि आधुनिक पुनर्वास केन्द्रहरूको प्रभावशीलताबारे प्रकाश पारे। सामाजिक प्रतिष्ठासित सम्बन्धित अनावश्यक चिन्ताको साटो चिकित्सा हस्तक्षेपलाई प्राथमिकता दिन परिवारहरूलाई आग्रह गर्दै, आफ्ना बाल-बच्चाहरूलाई कुलतको जालमा फस्न नदिन घरमा खुल्ला संवादको संस्कृति बढाउन उनले जोड दिए। “यदि युवा भूलवश कुलतको शिकार बन्नपुगे, सबै बाटो बन्द स्थायी रूपमा बन्द भयो भन्ने हुँदैन,” श्री मोदीले बताए।

शैक्षणिक विशेषज्ञहरू विशेष रूपमा अपील निर्देशित गर्दै प्रधानमन्त्रीले कलेज अनि विश्वविद्यालयका प्रोफेसरहरूलाई सक्रिय रूपमा ड्रग्सको खतराबारे चर्चालाई नियमित पाठ्यक्रममा सामेल गर्दै क्याम्समा समर्पित नशामुक्ति अभियान चलाउन आग्रह गरे। नशाको कुलतबाट बाहिरिएका व्यक्तिहरूमाथि ध्यान केन्द्रित गर्दै उनले यस्ता व्यक्तिहरूलाई सम्मानका साथै दोस्रो मौका दिनका अतिरिक्त उनीहरूको अतीतसँग जोडिएका कलङ्कलाई पूर्णरूपले नकार्न समाजलाई अपील गरे। “नशाको कुलतबाट मुक्त भएका युवाहरू कमजोर हुँदैनन्, उनीहरू साँचो नायक हुन् र उनीहरूको अद्वितीय साहस नै उनीहरूको असली पहिचान हुने गर्दछ,” श्री मोदीले उल्लेख गरे।

आफ्नो सम्बोधनको समापनमा प्रधानमन्त्रीले अप्रत्याशित राष्ट्रव्यापी कार्वाही, हजारौं करोडको सामान जफत, अनि ड्रग्सका व्यापारी अनि तस्करहरूलाई लक्षित गर्दै व्यापक रूपमा पक्राउ गर्ने काम चलिरहेको उल्लेख गर्दै यस महत्त्वपूर्ण युद्धमा सरकार युवाहरूसँग ठोस रूपमा खडा रहेको आश्वासन दिए। युवा पिँढीको दृढ सङ्कल्पप्रति अटूट विश्वास व्यक्त गर्दै उनले यस राष्ट्रिय अभियानको शानदार सफलताको भविष्यवाणी गरे। “मलाई विश्वास छ, हाम्रा युवावर्गले नशामुक्त रही आफ्नो ऊर्जालाई बचाउँदै एउटा विकसित भारतको सपनालाई अघि बढाउनेछन्,” श्री मोदीले बताए।

************

एमपीएस/टीडब्ल्यूबी


(रिलीज़ आईडी: 2293754) आगंतुक पटल : 8
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: Odia , English , Urdu , Marathi , हिन्दी , Assamese , Manipuri , Bengali , Bengali-TR , Punjabi , Gujarati , Tamil , Telugu , Kannada , Malayalam