प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

नाम्चीमा सुरूङ धस्किनुका कारण भएको ज्यानमालको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


पीएमद्वारा पीएमएनआरएफबाट अनुग्रहराशिको घोषणा

प्रविष्टि तिथि: 21 JUL 2026 1:01PM by PIB Gangtok

दक्षिण सिक्किमको नाम्चीमा निर्माणाधीन सुरूङ धस्किनुका कारण भएको ज्यानमालको क्षतिप्रति प्रधानमन्त्री श्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। शोक सन्तप्त परिवारहरूप्रति हार्दिक संवेदना प्रकट गर्दै घाइतेहरू चाँडै स्वस्थ हुनका लागि उनले प्रार्थना गरेका छन्।

प्रधानमन्त्रीले मृतकका परिवारबाट नजिकका सदस्यलाई पीएमएनआरएफबाट ₹2 लाख अनुग्रह राशि प्रदान गरिने पनि घोषणा गरेका छन्। यसका साथै घाइतेहरूलाई ₹50 हजारको दरले सहायता प्रदान गरिने बताएका छन्।

एक्समा (X) लेख्दै प्रधानमन्त्रीले एउटा पोस्ट साझा गरेका छन् :

“सिक्किमको नाम्चीमा निर्माणाधीन सुरूङ धस्किनुका कारण भएको ज्यानमालको क्षतिप्रति दुःखी बनेको छु। शोक सन्तप्त परिवारप्रति म हार्दिक संवेदना व्यक्त गर्दछु। घाइतेहरू चाँडै स्वस्थ हुनका लागि म प्रार्थना गर्दछु।

मृतकका परिवारको नजिकका सदस्यलाई पीएमएनआरएफबाट ₹2 लाख अनुग्रह राशि प्रदान गरिनेछ। घाइतेहरूलाई ₹50,000 प्रदान गरिनेछ। : पीएम @narendramodi

********

एमपीएस/टीडब्ल्यूबी


(रिलीज़ आईडी: 2286945) आगंतुक पटल : 16
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: English , Urdu , हिन्दी , Marathi , Assamese , Manipuri , Bengali-TR , Bengali , Punjabi , Gujarati , Odia , Tamil , Telugu , Kannada , Malayalam