सञ्चार मन्त्रालय
azadi ka amrit mahotsav

टीआरएआईले पश्चिम बङ्गाल एलएसए अन्तर्गत सिक्किम राज्यमा गान्तोक र पाकिम जिल्ला अनि एनएच 310 मा रहेको देवराली बजार, गान्तोकदेखि नाथु ला पाससम्मको मोबाइल नेटवर्कको गुणस्तरको आकलन गऱ्यो


प्रविष्टि तिथि: 03 JUL 2026 12:32PM by PIB Gangtok

भारतीय दूरसञ्चार नियामक प्राधिकरण (टीआरएआई) ले आम दूरसञ्चार उपभोक्ताहरूको जानकारीको लागि मई - 2026 मा पश्चिम बङ्गाल एलएसए अन्तर्गत सिक्किम राज्यमा गान्तोक र पाकिम जिल्ला अनि एनएच 310 मा रहेको देवराली बजार, गान्तोकदेखि नाथु ला पाससम्म गरिएको स्वतन्त्र ड्राइभ परीक्षण (आईडीटी) को निष्कर्ष जारी गरेको छ। यस ड्राइभ परीक्षणको उद्देश्य दूरसञ्चार सेवा प्रदायकहरू (टीएसपी) द्वारा प्रदान गरिएको मोबाइल नेटवर्क सेवाहरू (भोइस र डेटा दुवै) को वास्तविक समय गुणस्तरको आकलन र सत्यापन गर्नु हो। आईडीटी को समयमा, टीआरएआईले कभरेज, कल ड्रप रेट (सीडीआर), कल सेटअप सक्सेस रेट (सीएसएसआर), डेटा डाउनलोड (डीएल) र अपलोड (यूएल) थ्रुपुट आदि जस्ता मुख्य ‘क्वालिटी अफ् सर्विस’ (क्यूओएस) प्यारामिटरहरूको लागि टीएसपीहरूको प्रदर्शनलाई रेकर्ड गर्दछ। फेरि यी नतिजाहरूलाई उपभोक्ताहरूलाई जानकारी दिन र टीएसपीहरूलाई आफ्ना सेवाहरूमा सुधार गर्नका लागि प्रोत्साहित गर्ने उद्देश्यले प्रकाशित गरिन्छ।

यी आईडीटीहरूलाई शहर, हटस्पट, सार्वजनिक यातायात हब आदि जस्ता अलग-अलग प्रयोगको माहोलमा सबै टीएसपीहरूको मोबाइल नेटवर्कको जमिनी प्रदर्शनलाई रेकर्ड गर्नका लागि डिजाइन गरिएको हो। यस प्रकारको ड्राइभ परीक्षणमा, सबै टीएसपीहरूबाट सिम कार्डहरूको प्रयोग गरेर 2जी, 3जी, 4जी, र 5जी नेटवर्कहरूमा प्रत्यक्ष डेटा र भोइस सेशन शुरु गरिन्छ। यसमा धेरै उन्नत परीक्षण ह्याण्डसेटहरूको प्रयोग गरिन्छ अनि उन्नत सफ्टवेयर सिस्टमको प्रयोग गरेर वास्तविक समयमा सेशनको निगरानी र विश्लेषण गरिन्छ।

टीआरएआईले आफ्नो नियुक्त एजेन्सीको माध्यमद्वारा, पश्चिम बङ्गाल एलएसएमा सिक्किम राज्यमा 8 मई, 2026 देखि 9 मई, 2026 को अवधिमा सिटी ड्राइभङ (102.8 किलोमिटर) र हटस्पट लोकेशन (5) मा ड्राइभ परीक्षण सञ्चालन गऱ्यो। यी परीक्षणहरू टीआरएआई क्षेत्रीय कार्यालय, कोलकाताको देखरेखमा सञ्चालन गरिएका थिए। ड्राइभ परीक्षण रिपोर्टहरूमा प्रस्तुत गरिएका अवलोकनहरूले ड्राइभ परीक्षण सञ्चालन गर्ने दिन/समयमा परीक्षण अन्तर्गत क्षेत्र/रुटमा टीएसपीहरूको प्रदर्शनलाई प्रतिनिधित्व गर्दछ।

ड्राइभ परीक्षण मार्ग नक्सा: तल दिइएको नक्साले ड्राइभ परीक्षण मार्गको ओभरभ्यू प्रस्तुत गर्दछ, जसमा नक्सामा देखाइएका लेजेण्ड्सको अनुसार सिटी ड्राइभ, इन्टर-अपरेटर कलिङ, हटस्पट र वाक टेस्टको जानकारी दिइएको छ: -

जाँच गरिएका मूल प्यारामिटरहरू

  1. कभरेज ग्याप: ती नमूनाहरूको प्रतिशत, जसको लागि सिग्नलको शक्ति सम्बन्धित प्रविधि (2जी/3जी/4जी/5जी) को लागि तय न्यूनतम सिग्नल शक्तिभन्दा कम पाइएको छ।
  2. भोइस सेवा: कल सेटअप सक्सेस रेट (सीएसएसआर), ड्रप कल रेट (डीसीआर), कल सेटअप टाइम, कल साइलेन्ट रेट, बोलीको गुणस्तर (एमओएस)।
  3. कल साइलेन्ट इन्स्टेन्स: कलको समयमा भएको लाइलेन्सका घटनाहरूको सङ्ख्या।
  4. डेटा सर्विस: डाउनलोड/अपलोड थ्रुपुट, लेटन्सी, जिटर, प्याकेट ड्रप रेट।

गान्तोक र पाकिम जिल्लाहरूमा अनि देवराली बजार, गान्तोकदेखि नाथु ला पाससम्म एनएच 310 मा मुख्य प्यारामिटरहरूको लागि मोबाइल नेटवर्कको कुल प्रदर्शनको सारांश तल दिइएको छ:-

क) कभरेज ग्याप - सिटी ड्राइभ टेस्ट रुट र हाइवे ड्राइभ टेस्ट रुटमा स्वतः- चयन मोड (5जी/4जी/3जी/2जी) मा भोइस परीक्षणको क्रममा अवलोकन गरिएको सिग्नल स्ट्रेन्थ, सङ्कलन गरिएका कुल नमूनाहरूमध्ये कमजोर सिग्नल स्ट्रेन्थ भएका नमूनाहरूको संख्याको रूपमा मापन गरिएको छ, सिटी ड्राइभ टेस्टमा एयरटेलको लागि 1348/ 18887, बीएसएनएलको लागि 6388/ 16333, आरजेआईएलको लागि 476/ 18790 र भीआईएल को लागि 3504/ 18653 थियो र हाइवे ड्राइभ टेस्टमा एयरटेलको लागि 4584/ 13089, बीएसएनएलको लागि 6087/ 14797, आरजेआईएलको लागि 1711/ 8802 र भीआईएल को लागि 3597/ 7563 थियो। कभरेज ग्यापहरूको विवरण संलग्न नक्सामा प्रदान गरिएको छ।

ख) ड्रप कलहरू - ड्रप गरिएका कलहरू, सफलतापूर्वक स्थापित कलहरूको संख्याबाट ड्रप गरिएका कलहरूको संख्याको रूपमा मापन गरिएको, सिटी ड्राइभ परीक्षणमा एयरटेलको लागि 0/131, बीएसएनएलको लागि 18/117, आरजेआईएलको लागि 3/134 र भीआईएलको लागि 0/130 थिए र हाइवे ड्राइभ परीक्षणमा एयरटेलको लागि 3/66, बीएसएनएल को लागि 14/72, आरजेआईएल को लागि 11/49 र भीआईएलको लागि 4/36 थिए। ड्रप गरिएका कल स्थानहरूको विवरण संलग्न नक्सामा प्रदान गरिएको छ।

ग) कल साइलेन्स इन्स्ट्यान्स - स्थापित कुल कलहरू मध्ये 3 सेकेण्डभन्दा बढी समयसम्म अवलोकन गरिएका मौन इन्स्ट्यान्सहरूको कुल संख्याको रूपमा मापन गरिएको कल साइलेन्स इन्स्ट्यान्सहरू, सिटी ड्राइभ परीक्षणमा एयरटेलको लागि 8/129, बीएसएनएलको लागि 5/104, आरजेआईएलको लागि 4/125 र भीआईएलको लागि 7/122 थिए र हाइवे ड्राइभ परीक्षणमा एयरटेलको लागि 9/48, बीएसएनएलको लागि 7/63, आरजेआईएलको लागि 5/36 र भीआईएलको लागि 7/31 थिए। ड्रप गरिएका कल स्थानहरूको विवरण संलग्न नक्सामा प्रदान गरिएको छ।

घ) डेटा डाउनलोड र अपलोड थ्रुपुट:

i) डेटा डाउनलोड कार्यसम्पादन (कुल मिलाएर): सिटी ड्राइभ परीक्षणमा एयरटेल (5जी/4जी) को लागि 50.93 एमबीपीएस, बीएसएनएल (2जी/4जी) को लागि 10.88 एमबीपीएस, आरजेआईएल (5जी/4जी) को लागि 63.89 एमबीपीएस र भीआईएल (5जी/4जी/2जी) को लागि 22.12 एमबीपीएस र हाइवे ड्राइभ परीक्षणमा एयरटेल (5जी/4जी) को लागि 41.60 एमबीपीएस, बीएसएनएल (2जी/4जी) को लागि 6.68 एमबीपीएस, आरजेआईएल (5जी/4जी) को लागि 60.26 एमबीपीएस र भीआईएल (5जी/4जी/2जी) को लागि 13.79 एमबीपीएस औसत डाउनलोड गति अवलोकन गरिएको थियो। डाउनलोड थ्रुपुटको विवरण संलग्न नक्सामा प्रदान गरिएको छ।

ii) डेटा अपलोड कार्यसम्पादन (कुल मिलाएर): सिटी ड्राइभ परीक्षणमा एयरटेल (5जी/4जी) को लागि 13.29 एमबीपीएस, बीएसएनएल (2जी/4जी) को लागि 4.10 एमबीपीएस, आरजेआईएल (5जी/4जी) को लागि 13.80 एमबीपीएस र भीआईएल (5जी/4जी/2जी) को लागि 10.47 एमबीपीएस औसत अपलोड गति अवलोकन गरिएको थियो र हाइवे ड्राइभ परीक्षणमा एयरटेल (5जी/4जी) को लागि 7.51 एमबीपीएस, बीएसएनएल (2जी/4जी) को लागि 3.34 एमबीपीएस, आरजेआईएल (5जी/4जी) को लागि 7.50 एमबीपीएस र भीआईएल (5जी/4जी/2जी) को लागि 4.86 एमबीपीएस रहेको थियो। अपलोड थ्रुपुटको विवरण संलग्न नक्सामा प्रदान गरिएको छ।

ड्रप गरिएका कलहरू र कल साइलेन्स उदाहरणहरूको स्थानहरू संलग्न नक्सामा रातो थोप्ला क्लिक गरेर हेर्न सकिन्छ।

 

आईडीटीको समयमा समेटिएको ड्राइभ परीक्षण मार्ग र क्षेत्रको विवरण यस प्रकार छ: -

क) सिटी - सिटी ड्राइभमा कवर गरिएका क्षेत्रहरू  हुन् - गान्तोक, रानीपुल, पाकिम, रोड़ाथाङ, कुमरेक, रम्फू, माझीटार, सिङ्ताम र माङ्थाङ आदि।

ख) राजमार्ग - एचडब्ल्यू ड्राइभमा कवर गरिएका क्षेत्रहरू हुन् - देवराली बजारदेखि नाथुला पास (एनएच 310 मार्फत), जो गान्तोक, ताथाङ्चेन, हनुमान टेक, रोङ्गेक, छाङ्गु ताल र शेरेथाङ आदि भएर गुज्रिन्छ।

ग) हटस्पट - एक स्थानमा रोकिएको यूजरको अनुभवलाई जान्नका लागि हट स्पट लोकेशन यी हुन्, (i) जिल्ला अदालत

सुहिम कलोनी जिल्ला अदालत गान्तोक, सिक्किम नजिक; (ii) नाथुला पास भ्यू पोइन्ट, कुपुप

सिक्किम; (iii) एसडीएम कार्यालय पाकिम, पूर्व सिक्किम; (vi) एसटीएनएम अस्पताल सोच्येगाङ, सिच्छे

गान्तोक सिक्किम; (v) छाङ्गुताल भ्यू पोइन्ट जवाहरलाल नेहरू रोड, सिक्किम

 

यस आईडीटी रिपोर्टको निष्कर्ष सम्बन्धित टीएसपीहरूलाई उनीहरूको तर्फबाट थप आवश्यक कारबाहीको लागि साझा गरिएको छ। आईडीटीको विस्तृत रिपोर्टहरू टीआरएआई वेबसाइट www.trai.gov.in मा उपलब्ध गराइएको छ। कुनै पनि स्पष्टीकरण वा थप जानकारीको लागि, adv.kolkata@trai.gov.in मा ईमेल पठाउन सकिनेछ वा कोलकाता आरओमा टीआरएआईको क्षेत्रीय कार्यालयलाई टेलिफोन नम्बर +91-33-22361401 मा सम्पर्क गर्न सकिनेछ।

अनुलग्नक हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

**********

एनजे/एआरजे/एमपीएस/टीडब्ल्यूबी


(रिलीज़ आईडी: 2280717) आगंतुक पटल : 7
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: English , Urdu , हिन्दी , Bengali , Tamil