मन्त्रीमण्डल
azadi ka amrit mahotsav

मन्त्रिपरिषद्ले लगातार कार्यकालको लागि सबैभन्दा लामो समयसम्म सेवा गर्न चुनेको प्रधानमन्त्रीको रूपमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सराहना गर्दै एक प्रस्ताव पारित गरेको छ


प्रविष्टि तिथि: 10 JUN 2026 1:50PM by PIB Gangtok

केन्द्रीय मन्त्रिपरिषद्ले आज 10 जून, 2026 लाई भारतीय लोकतन्त्रको यात्रामा एक ऐतिहासिक माइलखुट्टीको रूपमा चिह्न लगाउँदै एक प्रस्ताव पारित गरेको छ। यसमा देशका सबभन्दा लामो समयसम्म सेवा गर्न चुनिएका प्रधानमन्त्री बनेकोमा श्री नरेन्द्र मोदीको सराहना गरेको छ। चुनिएका प्रधानमन्त्रीको रूपमा लगातार 4,399 दिनको सेवाको रेकर्ड स्थापित गरेर उनले श्री जवाहरलाल नेहरूले अघिल्लो रेकर्डलाई पछि छोड़ेका छन्, जसले 1952 देखि लगातार 1964 सम्म 4,398 दिनसम्म सेवा गरेका थिए। प्रस्तावमा के भनिएको छ भनेयो अवसर भारतको लोकतान्त्रिक चेतना, जनताको भरोसा र जनसहभागिताको शक्तिको प्रतीक हो। यो ‘राष्ट्र प्रथम’ को सङ्कल्पद्वारा प्रेरित नेतालाई जनताले प्रदान गरेको अभूतपूर्व समर्थनलाई प्रतिबिम्बित गर्दछ।

प्रधानमन्त्रीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रस्तावमा के कुरामाथि के प्रकाश पारिएको छ भने यो उपलब्धि उनको नेतृत्वमा एनडीए सरकारले 12 वर्ष पूरा गरेको समयसँग मेल खान्छ। यसमा के पनि उल्लेख गरिएको छ भने प्रधानमन्त्री सरकार प्रमुखको रूपमा लगातार 25 वर्षको सेवाको ऐतिहासिक मोड़को नजिक पुगिरहेको छ। संवेदनशीलता, संयम, राम्रो इच्छा र निर्णायक क्षमताले भरिएको नेतृत्वमा गर्व गर्दै आधिकारिक दस्तावेजले के कुरामा जोड़ दिएको छ भने छः दशकपछि देशले लगातार तेस्रो कार्यकालको लागि एनडीए सरकारलाई जनादेश दिएको छ।

प्रधानमन्त्रीको जीवनलाई सेवा र राष्ट्र निर्माणप्रति निरन्तर समर्पणको प्रतीक बताउँदै दस्तावेजमा ‘सबका साथ, सबका विकास’ को मन्त्रप्रति प्रतिबद्ध प्रधान सेवकको रूपमा 2014 को उनको घोषणालाई स्मरण गराएको छ। गरीबहरूको कल्याण शासनको केन्द्रमा राखिएको कुरालाई स्वीकार गर्दै दस्तावेजले पक्का घर, बिजुली, सफा पानी र प्रत्यक्ष लाभ स्थान्तरण, साथै 80 करोड़भन्दा अधिक नागरिकहरूको लागि निःशुल्क राशिन र 60 करोड़भन्दा अधिक गरीब मानिसहरूको लागि निःशुल्क चिकित्सा उपचार सहित प्रदान गरिएका सुविधाहरूको अभूतपूर्व स्तरको विवरण दिन्छन्। प्रस्तावमा के दर्ता गरिएको छ भने यी प्रयासहरूले सामूहिक रूपमा राष्ट्रिय आत्मविश्वासलाई बढ़ायो र 25 करोड़भन्दा अधिक मानिसहरूलाई गरिबीबाट बाहिर निस्किन मद्दत गऱ्यो।

प्रस्तावमा प्रमुख वर्गको सशक्तिकरणको पनि वितरण दिइएको छ। यसले ‘मिशन चन्द्रयान’ को माध्यमद्वारा भारतलाई विश्वको तेस्रो सबैभन्दा ठूलो स्टार्टअप इकोसिस्टम र वैज्ञानिक शक्ति बन्न प्रेरित गर्ने युवा शक्तिमा केन्द्रित रहेको कुरालाई मान्यता दिन्छ। ‘महिलाहरूको नेतृत्वको विकास’ को एक नयाँ अध्यायलाई व्यापक नीतिहरूको माध्यमद्वारा विस्तारपूर्वक बताइएको छ, जसमा धुवाँमुक्त भान्सा र ‘लखपति दिदी’ अभियानदेखि लिएर विधायी निकायहरूमा महिलाहरूको लागि ऐतिहासिक 33 प्रतिशत आरक्षणसम्मलाई सामेल गरिएको छ। किसानहरूलाई ‘विकसित भारत’ को मुख्य आधारको रूपमा पुष्टि गर्दै यो दस्तावेजले प्रधानमन्त्री किसान सम्मान निधि र पशुपालक र माछा मार्नेहरूलाई किसान क्रेडिट कार्ड दिने जस्ता पहलहरूको सराहना गरेको छ, जसले कृषि निर्यातलाई 5 लाख करोड रुपियाँको आँकड़ाभन्दा अधिक पुऱ्याउन मद्दत गरेको छ।

दशकौंदेखि लम्बित सुधारहरूलाई लागू गर्नमा ‘राष्ट्र प्रथम’ को निर्णायक भावनाको प्रशंसा गर्दै यो प्रस्तावले धारा 370 कलाई हटाउने, जीएसटी र ओआरओपीलाई लागू गर्ने, सीएए कानून, भारतीय न्याय संहिता र श्रम संहितालाई एक साथ ल्याउने जस्ता अहम उपलब्धिहरूको प्रशंसा गरेको छ। यस दस्तावेजले राष्ट्रिय सुरक्षालाई मजबुत गर्नमा जोड दिन्छ, जसको प्रमाण आतङ्कवाद विरुद्ध कठोर कारबाही - जस्तै सर्जिकल तथा क्रस बोर्डर एयर स्ट्राइक, ‘अपरेशन सिन्दूर’, र अन्यायपूर्ण सिन्धु जल सन्धिको निलम्बन हुन्। नक्सलवादको उन्मूलन गर्ने, उत्तर-पूर्वमा स्थायी शान्ति सम्झौतामा हस्ताक्षर र बाङ्ग्लादेशसँगको सीमा विवादको समाधानमा पनि प्रशंसनीय प्रगति उल्लेख गरिएको छ।

यो प्रस्तावमा रक्षादेखि लिएर एआईसम्मका क्षेत्रहरूमा भारतको विनिर्माण क्षमताहरूको विकासको श्रेय ‘मेक इन इण्डिया’ र ‘आत्मनिर्भर भारत’ अभियानहरूबाट प्राप्त गतिलाई दिइएको छ। साथै, यसमा सफल जी-20 अध्यक्षता, अन्तर्राष्ट्रिय योग दिवस र अन्तर्राष्ट्रिय सौर्य गठबन्धन तथा मिशन लाइफ जस्ता पहलहरूको माध्यमद्वारा भारतको मजबुत हुँदै गएको वैश्विक भूमिकालाई प्रकाश पार्छ। विकास र सम्पदा (‘विकास’ र ’विरासत’) लाई एक साथ लिएर अघि बढ्दै यो प्रस्तावले नयाँ संसद भवन र कार्तव्य पथद्वारा प्रदर्शित सांस्कृतिक पुनर्जागरणलाई उल्लेख गरेको छ, जून जन सहभागिताको भावनाद्वारा प्रेरित छ र जसले कोरोना महामारी जस्ता वैश्विक सङ्कटहरूलाई सफलतापूर्वक सामना गर्यो।

पछिल्ला 12 वर्षको राजनीतिक स्थिरता, गतिशील शासन र दूरदर्शी नीतिहरूले भारतलाई विश्वको सबैभन्दा द्रुत गतिमा बढ्दो सबैभन्दा ठूलो अर्थतन्त्रमा रूपान्तरण गरेको छ - यसले के कुरालाई रेखाङ्कित गर्दछ भने केन्द्रीय मन्त्रिपरिषद्ले आफ्नो गहिरो आभार तथा भविष्यको सङ्कल्प व्यक्त गर्नका लागि निम्नलिखित प्रस्तावहरूलाई आधिकारिक रूपमा अपनाएको छ:

केन्द्रीय मन्त्रिपरिषद्ले अपनाएको औपचारिक प्रस्तावहरू:

यस ऐतिहासिक उपलब्धिमा माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ।

गरीबहरूको कल्याण र सीमान्तकृत वर्गको सशक्तिकरणका लागि उनको नेतृत्वमा गरिएको कामप्रति कृतज्ञता व्यक्त गर्दछ।

माननीय प्रधानमन्त्रीका ती नीतिहरूको प्रशंसा गर्दछ, जसको कारण उनको नेतृत्वमा भारतका 25 करोडभन्दा अधिक गरीब मानिसलाई गरिबीलाई पराजित गर्न सक्षम बनाएको छ।

राष्ट्रको सेवा गर्ने उनको अद्वितीय समर्पण र अथक परिश्रमको लागि कृतज्ञता व्यक्त गर्दछ।

समावेशी विकास र सामाजिक न्यायको दिशामा उनको प्रयासको प्रशंसा गर्दछ।

राष्ट्रिय सुरक्षालाई मजबुत पार्ने र भारतको हितको रक्षा गर्नमा उनको नेतृत्वको प्रशंसा गर्दछ।

‘विकसित भारत’ को निर्माण गर्ने उनको दूरदर्शी सङ्कल्प र नेतृत्वको लागि आफ्नो पूर्ण समर्थन व्यक्त गर्दछ।

अपनाइएको प्रस्ताव प्रधानमन्त्रीको उत्कृष्ट स्वास्थ्य तथा दीर्घायुको कामना व्यक्त गर्दै समाप्त हुन्छ। यसले पूर्ण विश्वास व्यक्त गर्दछ कि श्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आत्मनिर्भर, सुरक्षित, समृद्ध र गौरवशाली राष्ट्रको रूपमा नयाँ उचाइहरू हासिल गर्न जारी राख्नेछ, जसले 2047 सम्ममा विकसित राष्ट्र बन्ने बाटो बलियो बनाउनेछ।

 

क्याबिनेट प्रस्ताव (अङ्ग्रेजी) हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

क्याबिनेट प्रस्ताव (हिन्दी) हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

***

एनजेपीएस/ टीडब्ल्यूबी


(रिलीज़ आईडी: 2271139) आगंतुक पटल : 11
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: English , Urdu , हिन्दी , Marathi , Bengali , Bengali-TR , Assamese , Punjabi , Gujarati , Odia , Tamil , Telugu , Kannada , Malayalam