प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्रीको अध्यक्षतामा “जीवनको सहजता” अनि “कारोबारी सहजता”लाई बढावा दिन मन्त्रीमण्डलको बैठक सम्पन्न
पोस्ट गरियो:
22 MAY 2026 12:04PM by PIB Gangtok
नयाँ दिल्ली, 22 मई 2026।
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज मन्त्री मण्डलसँग हिजो बसेको फलदायी बैठकको ब्यौरा साझा गरे।
मन्त्री मण्डलले “जीवनको सहजता” अनि “कारोबारी सहजता”सित सम्बन्धित सर्वोत्तम कार्यपद्धतिका साथै बहुमूल्य दृष्टिकोणमाथि चर्चा गरेको प्रधानमन्त्रीले उल्लेख गरे। प्रधानमन्त्री मोदीले सुधारलाई प्रभावी रूपमा अघि बढाउँदै विकसित भारतको साझा सपनालाई सफलतापूर्वक साकार गर्ने दिशामा चर्चा केन्द्रित रहेको प्रकाश पारे।
प्रधानमन्त्रीले एक्समा लेखेका छन् :
“मन्त्रीमण्डलसँग हिजो फलदायी बैठक सम्पन्न भयो। हामीले “जीवनको सहजता”, “कारोबारी सहजता” लगायत विकसित भारतको हाम्रो साझा सपना साकार बनाउने दिशामा सुधारलाई कसरी अघि बढाउने भन्ने विषयमा दृष्टिकोण अनि सर्वोत्तम कार्यपद्धति साझा गऱ्यौं।”
*****
एमपीएस/टीडब्ल्यूबी
(रिलिज आईडी: 2264133)
आगन्तुक काउन्टर : 14
मा यो विज्ञप्ति पढ्नुहोस्:
Assamese
,
Bengali
,
Bengali-TR
,
Kannada
,
English
,
Urdu
,
Marathi
,
हिन्दी
,
Manipuri
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Malayalam