PIB Headquarters
सेल इण्डियाको जहाज निर्माण पुनरूद्धार शुरु
Posted On:
14 OCT 2025 4:20PM by PIB Gangtok
मुख्य विन्दु
- ₹69,725 करोडको जहाज निर्माण तथा समुद्री सुधार सेप्टेम्बर 2025 मा अनावरण।
- ₹24736 करोडको परिव्ययका साथ जहाज निर्माण वित्तीय सहायता योजनाले वित्तीय सहायता, जहाज तोड्नका लागि क्रेडिट नोट प्रदान गर्नका साथै राष्ट्रिय जहाज निर्माण मिशनको माध्यमद्वारा स्वदेशी विनिर्माणलाई गति प्रदान गर्नेछ।
- ₹25,000 करोडको परिव्ययका साथ समुद्री विकास निधि निवेश तथा ब्याज प्रोत्साहनमाथि केन्द्रित रहनेछ।
- जहाज निर्माण विकास योजनाले ₹19,989 करोडको परिव्ययका साथ पूँजीगत सहयोग, जोखिम कभरेज तथा जहाज निर्माण समूहका लागि क्षमता निर्माण प्रदान गर्नेछ।
- स्वदेशी जहाज निर्माणलाई बढावा दिन विशाल जहाजहरूलाई पूर्वाधारको दर्जा प्रदान।
|
पर्यावलोकन
परम्पराबाट प्रेरित तथा प्रविधिको बलमा भारतको जहाज निर्माण परिदृश्य वैश्विक मान्यता प्राप्त गर्न परिलक्षित छ। भारतको समुद्री क्षेत्रले ऐतिहासिक रूपमा युगौंदेखि समुद्री प्रभुत्त्व अनि वाणिज्यका साथ वैश्विक वाणिज्यिक मार्गसम्म उपमहाद्वीपलाई जोड्दै यसको आर्थिक आधारलाई आकार दिँदै आएको छ। भारतको जहाज निर्माण परम्परा सिन्धु घाटी सभ्यताको युगदेखि शुरु भएको पाइन्छ, जहाँ लोथाल (वर्तमान गुजरात) जस्ता स्थलबाट प्राप्त पुरातात्त्विक प्रमाणहरूले पोत अनि समुद्री व्यापार अस्तित्त्वमा रहेको इङ्गित गर्दछ। लोथालको पोतलाई विश्वकै सबैभन्दा शुरुवाती ज्वारीय पोत रहेको मानिन्छ।
प्रायः नै “भारी अभियान्त्रिकीका जननी” मानिने जहाज निर्माणले रोजगार सिर्जना,, निवेश आकर्षण तथा राष्ट्रिय सुरक्षा अनि सामरिक स्वतन्त्रतालाई सुदृढ बनाउँदै गुरुत्त्वपूर्ण भूमिका खेल्दछ। भारतको जहाज निर्माण क्षेत्रले प्रबल आर्थिक प्रभाव सिर्जना गर्दछ, जहाँ प्रत्येक निवेशले 6.4 गुणा रोजगारलाई बढावा दिनका अतिरिक्त पूँजीमा 1.8 गुणा प्राप्ति प्रदान गरी विकास अनि वृद्धिलाई बल प्रदान गर्ने सम्भाव्यता प्रदर्शित गर्दछ। सुदूर, तटीय अनि ग्रामीण क्षेत्रमा बृहत् स्तरमा रोजगार सिर्जना गर्न यस उद्योगले उल्लेखनीय सम्भावना प्रस्तुत गर्दछ। यसको विकास अनि प्रोत्साहनलाई आत्मनिर्भर भारतको परिकल्पनालाई अघि बढाउने महत्त्वपूर्ण कारकका रूपमा प्राथमिकता दिइँदैछ।
जहाज निर्माण क्षेत्रको वृद्धि एवं विकास
स्वतन्त्रतापछि, जहाज निर्माण प्रायः नै माजगाउँ डक सिपबिल्डर्स लिमिटेड (मुम्बई), गार्डन रीच सिपबिल्डर्स एण्ड ईञ्जिनियर्स लिमिटेड (कोलकाता) र हिन्दुस्तान सिपयार्ड लिमिटेड (विशाखापटनम) जस्ता सार्वजनिक क्षेत्र एकाइहरूमा सीमित रहेको थियो। बितेको दसकमा निजी जहाज निर्माण खेलाडीहरूको प्रवेशका साथ, क्रुज पर्यटन, अन्तरदेशीय जल परिवहन तथा पोत पूर्वाधारहरूमा महत्त्वपूर्ण प्रगतिका साथ भारतको नौपरिवहन अनि समुद्री क्षेत्रमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ। रणनीतिक निवेश, नीतिगत सुधार तथा जलमार्गको विस्तारले सामूहिक रूपमा पोतभारको पारगमन अनि समुद्र तटीय कनेक्टिभिटी र रोजगार अवसरलाई बढावा दिई आर्थिक विकास अनि क्षेत्रीय एकिकरणको निम्ति प्रमुख कारकका रूपमा आफ्नो स्थान स्थापित गर्दैआएको छ। नोभेम्बर 2024 सम्म, कूल 13.65 मिलियन ग्रस टनेज (जीटी) सहित 1,552 वटा भारतीय ध्वजयुक्त जहाजको बेडा रहेको थियो।
|

|
प्रमुख सरकारी नीति तथा पहल
- जहाज निर्माण वित्तीय सहायता नीति (एसबीएफएपी) : यसले हरित इन्धन वा हाइब्रिड प्रोपल्सन प्रणाली प्रयोग गर्ने जहाजहरूलाई 20-30% वित्तीय सहायता प्रदान गर्दछ।
- प्रथम अस्वीकृतिको अधिकार (आरओएफआर) : जहाज अधिग्रहण गर्दा भारतीय पोत कारखानाले सरकारी ठेकाहरूमा प्राथमिकता पाउँदछ। संशोधित सोपानले भारत निर्मित, भारतीय ध्वजयुक्त तथा भारतीयको स्वामित्त्व रहेको जहाजलाई समर्थन गर्दछ।
- सार्वजनिक खरिदमा प्राथमिकता : मेक इन इण्डिया आदेश, 2017 अनुसार, ₹200 करोडभन्दा कम मूल्यको जहाज भारतीय पोत कारखानाबाट खरिद गर्नुपर्दछ।
- ग्रीन टग ट्रान्जिसन प्रोग्राम (जीटीटीपी) : कार्बन उत्सर्जन घटाउन यसले पर्यामैत्री टगबोटको परिचालनलाई प्रोत्साहित गर्दछ।
- हरित नौका दिशानिर्देश : अन्तरदेशीय जलमार्ग जहाजहरूका लागि हरित प्रविधि अङ्गीकार गर्न यसले प्रोत्साहित गर्दछ।
- मानक टग डिजाइन : एकरूपता सुनिश्चित गर्दै स्वदेशी विनिर्माणलाई बढावा दिन प्रमुख पोतहरूद्वारा प्रयोगको निम्ति पाँचवटा प्रकार जारी गरिएको छ।
|
- एमओयु तथा सहकार्य : रणनीतिक साझेदारी, पूर्वाधार विस्तार तथा वित्तीय सहकार्यका साथ भारतले जहाज निर्माण अनि समुद्रीय क्षमतालाई अघि बढाइरहेको छ। यी प्रयासहरू स्वदेशी विनिर्माण सुदृढ बनाउन, विदेशी जहाजहरूमाथि निर्भरता घटाउन र क्षेत्रमा वहनीय विकास प्रोत्साहित गर्न लक्षित छन्।
- भारतीय नौपरिवहन निगम तथा तेलका पीएसयुहरूद्वारा जहाजको स्वामित्त्व, विदेशी जहाजहरूमा निर्भरता घटाउन तथा भारत निर्मित जहाजहरूको माग बढाउनका लागि संयुक्त पहल (जेभी) गठन गर्ने एमओयुमा हस्ताक्षर गरिएको छ।
- वर्ष 2047 सम्म भारतलाई शीर्ष पाँच जहाज निर्माण राष्ट्रका रूपमा स्थापित गर्ने लक्ष्यका साथ प्रमुख पोत तथा तटीय राज्यहरूबीच संयुक्त निवेशका साथ जहाज निर्माण समूह विकास गर्न एमओयुमा हस्ताक्षर गरिएको छ।
- कोचिन सिपयार्ड तथा माजगाउँ डकद्वारा तमिल नाडुका अभिकरणहरूसँग वार्षिक एक मिलियन जीटी तथा बृहत् स्तरमा रोजगार सिर्जना गर्न ₹15,000 करोडको सुविधासहित प्रमुख जहाज निर्माण परिसर स्थापित गर्न एमओयुमा हस्ताक्षर गरिएको छ।
- सागरमाला वित्त निगमद्वारा, विशाल निवेश परितन्त्र निर्माण गर्न स्वदेशी पूँजीका साथ वैश्विक जलवायु वित्तको मिश्रणका साथ हरित जहाज निर्माण बेडाको स्तरोन्नति तथा समुद्री लजिस्टिक्सको निम्ति वित्तपोषणको विविधता खोल्न प्रमुख वित्तीय संस्थानहरूसँग एमओयुमा हस्ताक्षर गरिएको छ।
- कोचिन सिपयार्ड तथा एचडी कोरिया सिपबिल्डिङले सीएसएलको नयाँ सुक्खा पोतको सहयोगमा विशाल वाणिज्यिक जहाज भारतमा निर्माणको निम्ति साझेदारी गर्नका साथै कोचीमा ₹3,700 करोडको विरचना सुविधा स्थापित गर्ने योजना बनाएको छ, जसले हजारौं रोजगार सिर्जना गर्नका अतिरिक्त एमएसएमईसँग जोडिएको आपूर्ति शृङ्खलालाई बढावा दिनेछ।
जहाज निर्माण क्षेत्रको पुनरूद्धार
सेप्टेम्बर 2025 मा जहाज निर्माण क्षेत्रको निम्ति गरिएको सरकारी घोषणा स्वदेशी क्षमताको विस्तार, दीर्घकालीन वित्तपोषणसम्म पहुँचमा सुधार तथा वैश्विक रूपमा प्रतिस्पर्धी परितन्त्र सिर्जना गर्नमा केन्द्रित छ। यी उपायहरू, आधुनिक पूर्वाधार अनि नीतिगत सुधारको माध्यमद्वारा बृहत् स्तरमा रोजगार सिर्जना, निवेश आकर्षणका साथमा भारतको सामरिक अनि आर्थिक लचिलोपनलाई सुदृढ बनाउन परिलक्षित छन्।

- स्तम्भ 1 : जहाज निर्माण वित्तीय सहायता योजना : आधारभूत स्तम्भका रूपमा यो योजना भारतको स्वदेशी जहाज निर्माण क्षमता तथा समुद्री नवाचारलाई एकसाथ ल्याउन लक्षित छ। ₹24,736 करोड परिव्ययका साथ यसले स्वदेशी जहाज निर्माण क्षमता अनि समुद्री नवाचारलाई प्रेरित गर्ने आधारभूत स्तम्भका रूपमा काम गर्नेछ। यसले लक्षित सहुलियत, रणनीतिक मिशन तथा भारतको जहाज निर्माण परितन्त्रलाई सुदृढ बनाउने जीवनचक्र सहयोगलाई एकिकृत गर्नेछ।
घटक 1 : वित्तीय सहायता
- उद्देश्य : लागतको प्रतिकूलता पाट्नका साथै प्रतिस्पर्धिता प्रोत्साहित गर्ने भारतीय पोत कारखानालाई वित्तीय सहायता प्रदान गर्दछ।
- सहुलियतको संरचना
₹100 करोडभन्दा कम लागतको जहाजका लागि 15% सहायता।
₹100 करोडभन्दा धेरै लागतको जहाजका लागि 20% सहायता।
हरित, हाइब्रिड वा विशेष जहाजका लागि 25% सहायता।
- स्वदेशी मूल्य अभिवृद्धि : सहुलियतका लागि योग्य बन्न न्यूनतम 30% स्वदेशी मूल्य अभिवृद्धिको आवश्यकता साथ स्थानीय विनिर्माणलाई प्रोत्साहन।
- वित्तीय दरबन्दी : मार्च 2036 सम्मका लागि कूल ₹20,554 करोड परिव्यय अनुमोदित।
|
घटक 2 : जहाज तोड्न क्रेडिट नोट
- प्रोत्साहन मूल्य : भारतीय पोत कारखानामा तोडिए/ ध्वस्तिकरण गरिए, जहाजको रद्दी मूल्यको 40% बराबर क्रेडिट नोट।
- उपयोग : भारतीय पोत कारखानामा नयाँ जहाज निर्माणको लागत विरुद्ध भँजाउन सकिनेछ।
- लचिलोपन : नोट थुपार्न, अन्तरण गर्नसकिनेछ र तीन वर्षको निम्ति वैध रहनेछ।
- बजेट आबन्टन : योजनाका लागि कूल परिव्यय ₹4,001 करोड।
|
घटक 3 : राष्ट्रिय जहाज निर्माण मिशन
- मिशनको नेतृत्त्व : विविध क्षेत्रमा जहाज राष्ट्रिय निर्माण पहललाई अघि बढाउँदै पर्यवेक्षण गर्नु।
- निधि प्रबन्धन : आवेदनको मूल्याङ्कन, दाबीको सत्यापन तथा समयमा धनराशि वितरण सुनिश्चित गर्नु।
- खरिद समन्वयन : कूल माग तथा संरचित, केन्द्रिकृत खरिद प्रक्रियालाई समर्थन बनाउनु।
- वैश्विक साझेदारी : स्वदेशी क्षमतालाई सुदृढ बनाउन विदेशी सहकार्य चिन्हित गरी सुगम बनाउनु।
- योजनाको अवधि : योजना अवधिभन्दा धेरै सम्मानित प्रतिबद्ध देनदारीका साथ 10 वर्षको अवधि।
|
- स्तम्भ 2 : समुद्री विकास निधि (₹25,000 करोड) : समुद्री विकास निधि भारतीय एक्सिम कारोबारको मेरुदण्डलाई सुदृढ बनाउन लक्षित छ, जुन व्यापक रूपमा समुद्री परिवहनमाथि निर्भर छ, जसले कारोबारको हिसाबले 95% र मूल्यको हिसाबले 65% परिचालन गर्दछ। रणनीतिक महत्त्व भए तापनि, क्षेत्रले सुपथ वित्तपोषणको पहुँचको निरन्तर चुनौतीको सामना गर्नुपर्दछ। भारतको समुद्री अर्थनीतिको पूर्णक्षमता उजागर गर्न यी बाधाहरूलाई सम्बोधित गर्न आवश्यक छ।
घटक 1 : समुद्री निवेश निधि
- निधि कोष : ₹20,000 करोड शुरुवाती दरबन्दी।
- वित्तपोषण एवं निवेशक : अतिरिक्त निवेशक योगदानका साथ ईक्विटी आधारित वित्तपोषणले समुद्री निवेश कोषको पूँजी संरचनालाई सुदृढ बनाउने।
- रणनीतिक केन्द्रित क्षेत्र :
भारतीय नौपरिवहन क्षमताको (टनमा) विस्तार।
पोत कारखाना, जहाज मरम्मति सुविधा अनि सहायक उद्योगहरूको विकास।
पोत तथा सम्बन्धित पूर्वाधारको सुदृढिकरण
मोडल शेयरमा सुधारको निम्ति अन्तरदेशीय तथा तटीय जल परिवहनलाई प्रोत्साहन।
- वित्तपोषणको संरचना : सार्वजनिक वित्तपोषणका साथमा निजी क्षेत्रको निवेश परिचालित गर्न मिश्रित वित्तपोषणको स्वरूपका रूपमा तयार।
छूटको दरमा सरकारबाट 49% पूँजी।
विविध ऋणदाता, पोत प्राधिकरणसहित सम्प्रभु निधिबाट प्राप्त 51% वाणिज्यिक पूँजी।
|
घटक 2 : ब्याज प्रोत्साहन निधि
- निधि कोष : यस पहलका लागि ₹5,000 करोड आबन्टित।
- योजनाको अवधि : मार्च 2036 सम्म वैध 10 वर्ष।
- सहुलियतको संरचना :
3% सम्म ब्याज सहुलियत।
ब्याङ्क अनि वित्तीय संस्थानहरूलाई प्रदान।
भारतीय पोत कारखानालाई प्रदान ऋणहरूमाथि लागू।
- कार्यान्वयन : निर्धारित कार्यान्वयन अभिकरणहरूकोम माध्यमद्वारा समन्वित गरिनेछ।
|
3
- स्तम्भ 3 : जहाज निर्माण विकास योजना (₹19,989 करोड) – उत्तम पूर्वाधार, सुरक्षा उपाय तथा जोखिम प्रबन्धनको माध्यमद्वारा जहाज निर्माणलाई बढावा दिन दीर्घकालीन सहयोग नियोजित।
जहाज निर्माण विकास योजना
|
- जहाज निर्माण समूहका लागि पूँजीगत सहयोग।
ग्रीनफिल्ड समूह : ₹9,93 करोड।
ब्राउनफिल्ड क्षमता विस्तार : ₹8,261 करोड।
- जहाज निर्माण जोखिम कभरेज : ₹1,443 करोड
- क्षमता विकास पहल : ₹305 करोड।
- कूल कोष : ₹19,989 करोड।
- मियाद : 10 वर्ष (मार्च 2036 सम्म)
|
- स्तम्भ 4 : कानुन, नीति तथा प्रक्रिया सुधार : कानुन, नीति तथा प्रक्रिया सुधारका रूपमा, विशाल जहाजहरूलाई सुपथ वित्तपोषणको निम्ति सहज सुगम्यता प्रदान गर्न पूर्वाधारको दर्जा प्रदान गरिएको छ भने, स्वदेशी जहाज निर्माणलाई मागको एकिकरणको माध्यमद्वारा प्रोत्साहित गर्ने समन्वित प्रयास पनि जारी छ। समुद्री कानुनहरूको आधुनिकीकरण गरी नियामक संरचनालाई सुदृढ बनाउन क्रमिक वैधानिक अद्यतन पनि शुरु गरिएको छ।
कानुन, नीति तथा प्रक्रिया सुधार
|
- विशाल जहाजहरूलाई दीर्घकालीन कम लागतको वित्तपोषण सुगम बनाउन 19 सेप्टेम्बर, 2025 को दिन पूर्वाधारको दर्जा प्रदान गरियो।
- तेल एवं ग्यास पीएसयुहरूको माध्यमद्वारा मागको एकिकरणमार्फत् आगामी 10 वर्षभित्र 110+ जहाज निर्माण गर्न लक्ष्य
- कानुनी सुधार शुरु गरियो
भार लदाई ऐन विधेयक, 2025
वस्तुहरूको समुद्रमा ढुवानी ऐन, 2025
तटीय नौपरिवहन ऐन, 2025
वाणिज्यिक नौपरिवहन ऐन, 2025
भारतीय पोत ऐन, 2025।
|
- सुधारको प्रभाव : भारतीय नौपरिवहन तथा पोत पूर्वाधारलाई वैश्विक मानक अनुरूप बढाउनका साथै व्यापक रोजगार, निवेश तथा जहाज निर्माण अनि समुद्री क्षमताको विस्तार गर्न सुधार लक्षित छ। क्षेत्रको समग्र प्रतिस्पर्धितालाई सुदृढ बनाउँदै जहाज तथा पोतहरूको गन्तीमा उल्लेखनीय बढावा दिने यसले सम्भावना प्रस्तुत गर्दछ।
4
निष्कर्ष :
भारतको जहाज निर्माण क्षेत्रले क्रमिक प्रगतिशील पहल अनि नीतिगत सुधारको सहयोगमा आशाजनक विकासको चरणमा प्रवेश गरिरहेको छ। यी उपायहरू पूर्वाधारको आधनिकीकरण, स्वदेशी विनिर्माण क्षमताको वृद्धिका साथै वैश्विक निवेश आकर्षित गर्न लक्षित छ भने यसले दीर्घकालीन विकासको निम्ति बलियो जग बसाल्नेछ। नवाचार, वहनीयता अनि कौशल विकासमा ध्यान केन्द्रित गरी, यो क्षेत्र भारतीय समुद्री परिकल्पना 2030 मा रेखाङ्कित रणनीतिक लक्ष्य हासिल गर्न निश्चित छ। यसका साथै, यो विस्तार, रहँदै आर्थिक लचिलोपन, रोजगार सिर्जना र वैश्विक प्रतिस्पर्धितामा योगदान पुऱ्याउँदै विकसित भारत@2047 को व्यापक राष्ट्रिय आकाङ्क्षासँग निर्बाध रूपमा अनुकूल पनि छ। सरकार अनि उद्योगबीच निरन्तर सहकार्यको माध्यमद्वारा भारतको जहाज निर्माण उद्योग देशको समुद्री शक्तिको प्रमुख स्तम्भ अनि समावेशी विकासको कारक बन्ने निश्चित छ।
सन्दर्भ :
पत्र सूचना कार्यालय :
https://www.pib.gov.in/Pressreleaseshare.aspx?PRID=2035583
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2168994
https://www.pib.gov.in/PressReleaseIframePage.aspx?PRID=2085228
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2110319
https://www.pib.gov.in/PressReleseDetailm.aspx?PRID=2172488
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2170575
******
भिभि/एम
(Release ID: 2179314)
Visitor Counter : 3