आवास तथा शहरी मामिला मन्त्रालय
एमओएचयूएले ‘सङ्कटको शहरी समाधान’ भन्ने विषयवस्तुमा विश्व पर्यावास दिवस 2025 पालन गर्यो
प्रत्येक शहरलाई सुरक्षित र समावेशी बनाउनुपर्छ : माननीय राज्य मन्त्री
प्रविष्टि तिथि:
08 OCT 2025 6:43PM by PIB Gangtok
आवास तथा शहरी मामिला मन्त्रालय (एमओएचयूएले) ले 8 अक्टोबरमा नयाँ दिल्लीको विज्ञान भवनमा ‘सङ्कटको शहरी समाधान’ भन्ने विषयमा विश्व पर्यावास दिवस 2025 पालन गर्यो। यो विषयमा शहरहरूले कसरी लचिलो, समावेशी र दिगो बन्नको लागि राम्रो तयारी गर्न सक्छन् र जलवायु परिवर्तन, बसाइँसराइ र शहरीकरण लगायतका चुनौतीहरूको जवाफ दिन सक्छन् भन्ने कुरामा केन्द्रित थियो।
यस कार्यक्रमका मुख्य अतिथि माननीय आवास तथा शहरी मामिला राज्य मन्त्री (एमओएस) श्री तोखन साहु थिए। आवास तथा शहरी मामिला मन्त्रालय (एमओएचयूए) का सचिव श्री श्रीनिवास काटिकिथला, आवास तथा शहरी मामिला मन्त्रालयका अतिरिक्त सचिव श्री सतिन्दर पाल सिंह, आवास तथा आवास विभागका संयुक्त सचिव तथा मिशन निर्देशक (जेएसएण्डएमडी) श्री कुलदीप नारायण, संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक श्री शोम्बी शार्प, संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक, यूएन-इण्डिया, एमओएचयूएका वरिष्ठ अधिकारी र स्वायत्त संस्थाहरूका सीएमडीहरू, संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरू, हुडको, एनएचबी लगायतको सहभागिता रहेको कार्यक्रममा उपस्थित थिए।

मुख्य भाषण दिँदै माननीय राज्य मन्त्रीले सतत शहरीकरण र यो कसरी देशको विकास यात्रासँग जोडिएको छ भन्ने बारेमा प्रकाश पारे। उनले भने कि प्रत्येक शहरलाई मानिसहरूका लागि सम्मानजनक र अवसर योग्य बनाउने प्रयास गरिनुपर्छ।
माननीय राज्य मन्त्रीले थप जनाए अनुसार विश्व पर्यावास दिवस 2025 को विषयवस्तु केवल एक अर्को क्यालेन्डर वर्ष मात्र होइन, तर लचिलो, समावेशी, सतत र सङ्कटको सामना गर्न तयार र बलियो रूपमा देखा पर्ने शहरहरू निर्माण गर्ने भारतको दृढ प्रतिबद्धतालाई पुन: पुष्टि गर्नु हो। उनले शहरहरूलाई सुरक्षित, लचिलो, समावेशी र भविष्यका लागि तयार बनाउने दिशामा काम गर्ने कुरा स्पष्ट रूपमा थपे।
माननीय राज्य मन्त्रीले भने, “यदि हामीले लचिलोपनमा बुद्धिमानीपूर्वक निवेश गर्यौँ, स्थानीय सरकारहरूलाई सशक्त बनायौँ र सार्वजनिक-निजी-जन साझेदारीको क्षमतालाई उपयोग गर्यौँ भने हाम्रा शहरहरू सङ्कटको सामना गर्न सक्षम मात्र हुने छैनन् तर विकासको शक्तिशाली इञ्जिनको रूपमा पनि देखा पर्नेछन्।”

आफ्नो सम्बोधनमा आवास तथा शहरी मामिलाका सचिवले भने अनुसार शहरी सङ्कटको नीतिगत प्रतिक्रियाको ध्यान शहरहरूको बुनियादी ढाँचा, सामाजिक प्रणाली र अर्थतन्त्रलाई अझ अधिक लचिलो र अनुकूलनीय बनाएर बलियो बनाउनमा केन्द्रित हुनुपर्छ। उनले भने अनुसार शहरहरूले सामना गरिरहेका धेरै चुनौतीहरू छन्, तरै पनि परिवर्तनकारी कारबाहीको लागि अद्वितीय अवसरहरू पनि प्रदान गर्छन्, जसले विकास र लचिलोपनको एक सकारात्मक चक्र सिर्जना गर्दछ। आवास तथा शहरी मामिलाका सचिवले अघि भने, “भारतको दृष्टिकोण यी चुनौतीहरूलाई भविष्यको विकास र समृद्धिको जगमा परिणत गर्ने एक स्पष्ट दृष्टिकोणद्वारा निर्देशित छ।”

मन्त्रालयका विभिन्न प्रमुख योजनाहरू जस्तै पीएमएवाई-शहरी, अमरुत, पीएम स्वनिधि र स्वच्छ भारत मिशनलाई उल्लेख गर्दै एओएचयूएका सचिवले थप भने अनु यी योजनाहरू कमजोर र सीमान्तकृत वर्गहरूमा केन्द्रित भएर अवधारणा गरिएको छ र यसले सामाजिक समावेशीकरण, आर्थिक सशक्तिकरणको साथ जलवायु कारबाही सहितको पूर्वाधार विकास हासिल गर्न डिजाइन गरिएको एकीकृत र बहुआयामिक रणनीतिलाई प्रतिनिधित्व गर्दछ।

यो कार्यक्रममा एओएचयूए अन्तर्गतका संस्थाका प्रकाशनहरूको विमोचनद्वारा पनि गरिएको थियो, जसमा सबैका लागि आवास (एचएफए) प्रभाग, हुडको, एनसीएचएफ, एनएचबी, सीजीईडब्ल्यूएचओ, हु़डको र बीएमटीपीसी सामेल थिए। एचएफए डिभिजनले ‘कम्पेन्डियमफ्ुड’ जारी गर्यो, जसले प्रधानमन्त्री आवास योजना - शहरी (पीएमएवाई-यू) को सफल कार्यान्वयनमा राज्यहरू/केन्द्र शासित प्रदेशहरूद्वारा गरिएका उत्कृष्ट अभ्यासहरूलाई समेट्छ।

प्रकाशनहरूको विमोचन बाहेक, एनएचबी, सीजीईडब्ल्यूएचओ, हुडको र बीएमटीपीसीद्वारा विभिन्न प्रतियोगिताहरूमा विशेष रूपमा सक्षम बालबालिकाहरू सहित स्कूली बालबालिकाहरूका लागि आयोजित चित्रकला प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण समारोह कार्यक्रमको सम्झनामा आयोजना गरिएको थियो।
‘विकसित भारत 2047’ को दृष्टिकोण अनुरूप, ‘शहरी र अर्ध-शहरी क्षेत्रहरूलाई महानगरीय शहरहरूमा एकीकरण’, ‘शहरी बाढीलाई बुझ्ने र प्रतिक्रिया दिने’ र ‘समान शहरहरू’ जस्ता विषयहरूमा विभिन्न प्यानल चर्चाहरू आयोजना गरिए। यी चर्चाहरूले नीति निर्माताहरू, पेशेवरहरू, शोधकर्ताहरू, विषय विशेषज्ञहरू, राज्यहरू/केन्द्र शासित प्रदेशहरू र अनुसन्धान संस्थाका अधिकारीहरूलाई एक साथ ल्याए जसले शहरहरूलाई समावेशी, बस्न योग्य, समतामूलक, दिगो बनाउन, कुनै पनि नागरिक पछाडि नपरोस् भन्ने कुरामा केन्द्रित गर्दै विषयहरूमा आफ्नो अन्तर्दृष्टि साझा गरे।

***********
एसके
(रिलीज़ आईडी: 2176862)
आगंतुक पटल : 27