आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीईए)
azadi ka amrit mahotsav

मन्त्रिपरिषद्ले बिहारको बक्सर-भागलपुर हाई-स्पीड करिडोरको 4-लेन ग्रिनफिल्ड एक्सेस-कन्ट्रोल मोकामा- मुङ्गेर खण्डको निर्माणलाई हाइब्रिड एन्युइटी मोड (एचएएम) मा मञ्जुरी दिएको छ। यो परियोजनाको कुल लम्बाइ 82.4 किलोमिटर हुनेछ र यसको कुल लागत 4447.38 करोड रुपियाँ रहेको छ


Posted On: 10 SEP 2025 3:02PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षतामा आर्थिक मामिला सम्बन्धी मन्त्रिपरिषद् समितिले आज बिहारको बक्सर-भागलपुर हाई-स्पीड करिडोर, बिहारको 4-लेन ग्रिनफिल्ड एक्सेस-कन्ट्रोल मोकामा-मुङ्गेर खण्डको निर्माणलाई हाइब्रिड एन्युइटी मोड (एचएएम) मा मञ्जुरी दिएको छ। यो परियोजनाको कुल लम्बाइ 82.400 किलोमिटर हुनेछ र यसको कुल पूँजीगत लागत 4447.38 करोड रुपियाँ हुनेछ।

यो खण्ड मोकामा, बरहिया, लखीसराय, जमालपुर, मुङ्गेर जस्ता महत्त्वपूर्ण क्षेत्रीय शहरहरू हुँदै गुज्रिन्छ वा तिनीहरूलाई कनेक्टिभिटी प्रदान गर्दछ जुन अनुलग्नक-1 मा उल्लेख गरिए अनुसार भागलपुरसँग जोडिन्छ।

पूर्वी बिहारको मुङ्गेर-जमालपुर-भागलपुर क्षेत्र एक प्रमुख औद्योगिक क्षेत्रको रूपमा उदाइरहेको छ, जो आयुध कारखाना  (विद्यमान बन्दुक कारखाना र रक्षा मन्त्रालयद्वारा आयुध कारखाना करिडोरको हिस्साको रूपमा प्रस्तावित एक अर्को कारखाना), लोकोमोटिभ वर्कशप (जमलपुरमा), खाद्य प्रशोधन (जस्तै, मुङ्गेरमा आईटीसी) र सम्बन्धित रसद र गोदाम केन्द्रहरूमा केन्द्रित छन्। भागलपुर, भागलपुरी सिल्क (भागलपुरमा प्रस्तावित कपडा पारिस्थितिक प्रणालीको विवरण) को नेतृत्वमा एक कपड़ा तथा रसद केन्द्रको रूपमा उदाइरहेको छ। बरहिया खाद्य प्याकेजिङ, प्रशोधन र कृषि-गोदामको लागि एक क्षेत्रको रूपमा उदाइरहेको छ। यस क्षेत्रमा बढ्दो आर्थिक गतिविधिले भविष्यमा मोकामा-मुङ्गेर खण्डमा माल ढुवानी र ट्राफिक बढाउने अपेक्षा गरिएको छ।

 

4-लेनको प्रवेश-नियन्त्रित कोरिडोर, जसमा टोल ट्याक्स सुविधा छ र 100 किलोमिटर/घण्टाको डिजाइन गतिका साथ 80 किलोमिटर/घण्टाको औसत वाहन गतिलाई समर्थन गर्दछ, कुल यात्रा समयलाई लगभग 1.5 घण्टासम्म कम गर्नेछ, जबकि यात्रु र माल ढुवानी दुवैका लागि सुरक्षित, छिटो र निर्बाध कनेक्टिभिटी प्रदान गर्नेछ।

82.40 किलोमिटरको प्रस्तावित परियोजनाले लगभग 14.83 लाख मानव-दिन प्रत्यक्ष रोजगारी र 18.46 लाख मानव-दिन अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ। प्रस्तावित करिडोरको वरपर आर्थिक गतिविधिमा वृद्धि भएको कारणले परियोजनाले थप रोजगारीका अवसरहरू पनि सिर्जना गर्नेछ।

अनुलग्नक-1

परियोजना मोकामा-मुङ्गेरको लागि संरेक्षण मानचित्र

*****

एमजेपीएस/बीएम


(Release ID: 2165313) Visitor Counter : 2