वित्त मन्त्रालय
विशेष शर्तहरू अन्तर्गत केन्द्र सरकारका कर्मचारीहरूलाई यूपीएसबाट एनपीएसमा जान सक्ने एकपल्ट, एकतर्फी परिवर्तन सुविधा उपलब्ध गराइयो
यूपीएस रोज्ने अन्तिम मिति: ३० सेप्टेम्बर २०२५
Posted On:
04 SEP 2025 5:27PM by PIB Gangtok
भारत सरकारको वित्त मन्त्रालयद्वारा अधिसूचना क्रमांक F. No. FX-1/3/2024-PR मिति २४.०१.२०२५ अनुसार केन्द्र सरकारका योग्य कर्मचारीहरूका निम्ति एकीकृत पेन्सन योजना (यूपीएस) बारे सूचित गरिएको थियो।
वित्तीय सेवा विभागले २५ अगस्त २०२५ को दिन कार्यालय ज्ञापन संख्या 1/3/2024-PR जारी गरेको छ। जसमा केन्द्र सरकारका निर्दिष्ट शर्तहरू अन्तर्गत केन्द्र सरकारका योग्य कर्मचारीहरूले एकीकृत पेन्सन योजना (यूपीएस) बाट राष्ट्रीय पेन्सन प्रणाली(एनपीएस) मा एकपटक मात्र र एकतर्फी रूपमा परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ। यस सुविधा अन्तर्गत, एकीकृत पेन्सन योजना (यूपीएस) रोजेका केन्द्र सरकारका कर्मचारीहरूले तोकिएका सर्तहरू अनुसार राष्ट्रिय पेन्सन प्रणाली (एनपीएस) मा फर्केर जान सक्नेछन्।
- यूपीएस अन्तर्गत योग्य कर्मचारीहरूले केवल एकपल्ट एनपीएसमा परिवर्तन गर्न सक्नेछन्, र त्यसपछि पुनःयूपीएसमा फर्कन पाउने छैनन्।
- परिवर्तन, सेवा निवृत्तिको कम्तीमा एक वर्ष अगाड़ी वा स्वेच्छिक अवकाशको कम्तीमा पनि तीन महिना अघि गर्नुपर्नेछ – जुन अवस्था लागू हुन्छ त्यसै अनुरूप गरिनुपर्छ।
- परिवर्तन सुविधाको अनुमति त्यस्ता अवस्थामा दिइने छैन जहाँ कर्मचारीलाई कार्यवाही स्वरूप निष्कासन, बर्खास्त, वा अनिवार्य अवकाश दिइएको छ, वा जहाँ अनुशासन सम्बन्धी प्रक्रिया जारी छ वा शुरू गर्ने विचार भइरहेको छ।
- निर्धारित समय सीमाभित्र परिवर्तनको विकल्प नरोजेका कर्मचारीहरू स्वतः यूपीएस अन्तर्गत नै रहनेछन्।
- जसले राष्ट्रिय पेन्सन प्रणाली (एनपीएस) मै रहने निर्णय गर्छन्, उनीहरूले ३० सेप्टेम्बर २०२५ पछि एकीकृत पेन्सन योजना (यीपीएस) रोज्न पाउने छैनन्।
यस पहलको उद्देश्य केन्द्र सरकारका कर्मचारीहरूको सेवा निवृत्तिपछिको वित्तिय सुरक्षाको योजना बनाउनमा सूचित विकल्प प्रदान गर्नु हो। यूपीएसको विकल्प रोजेर कर्मचारीहरूले पछि आवश्यक परे एनपीएसमा फर्कने विकल्प कायम राख्न सक्नेछन्।
नोट: राष्ट्रिय पेन्सन प्रणाली (एनपीएस) अन्तर्गत रहेका योग्य कर्मचारीहरू तथा पहिले सेवानिवृत्त भइसकेका व्यक्तिहरूका निम्ति एकीकृत पेन्सन योजना (यूपीएस) रोज्ने अन्तिम मिति ३० सेप्टेम्बर २०२५ तोकिएको छ।
******
(Release ID: 2164142)
Visitor Counter : 2