कृषि मन्त्रालय र किसान कल्याण
प्रधानमन्त्री फसल बीमा योजना अन्तर्गत कृषकहरूलाई ठूलो उपहार, बैंक खातामा सीधै बीमा राशि भुक्तान
केन्द्रीय मन्त्री श्री शिवराज सिंह चौहानले गरे राजस्थानको झुन्झुनुबाट कृषकहरूको खातामा बीमा राशिको डिजिटल भुक्तान
35 लाख किसानहरूले प्राप्त गरे 3,900 करोड़ रूपियाँको बीमा राशि
राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माको पनि थियो कार्यक्रममा उपस्थिति
Posted On:
11 AUG 2025 6:43PM by PIB Gangtok
कृषकहरूको हितप्रति सरकारको प्रतिवद्धता देखाउँदै, कृषि तथा किसान कल्याण र ग्रामीण विकास मन्त्री श्री शिवराज सिंह चौहानले राजस्थानको झुन्झुनुबाट प्रधानमन्त्री फसल बीमा योजना अन्तर्गत डिजिटल माध्यमबाट सीधै कृषकहरूको बैंक खातामा बीमा दावीको भुक्तानी स्थानान्तरण गरे। कल्याण प्रतिबद्धता सिद्ध गर्दै आज केन्द्रीय मन्त्रीले लगभग 3,900 करोड़ रूपियाँ झण्डै 35 लाख कृषकहरूको बैंक खातामा वितरित स्थानान्तरण गरेका छन्। यस अवसरमा केन्द्रीय कृषि एवं किसान कल्याण राज्यमन्त्री श्री भगीरथ चौधरी, राजस्थानका मुख्यमन्त्री श्री भजनलाल शर्मा, राजस्थानका कृषि मन्त्री डा. किरोड़ी लाल मीणाको पनि उपस्थिति रहेको थियो। यसका साथै विभिन्न राज्यहरूबाट लाखौं कृषक तथा लाभार्थीहरू भर्चुअल रूपमा कार्यक्रममा सहभागी बनेका थिए।

उपस्थित समूहलाई सम्बोधन गर्दै श्री शिवराज सिंह चौहानले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा एक अद्वितीय भारतको निर्माण भइरहेको बताए। उनले राजस्थानले चाँड़ै यमुना, चम्बल र सिन्धु नदीबाट पानी पनि प्राप्त गर्ने कुरा बताए। मन्त्री चौहानले पहलगाम आतङ्कवादी हमलाको भारतले कड़ा जवाब दिएको स्मरण गर्दै ‘अपरेशन सिन्दूर’ को माध्यमबाट आतङ्ककारी शिविरहरू ध्वस्त पारिएको र यो निर्णय भारतले कुनै तेस्रो देशको संलग्नता बिना आफै लिएको बताए। “पाकिस्तान भारतको शक्ति सामु झुकेपछिमात्र हामीले सबै सैनिक कारवाहीहरू बन्द गरेका हौं,” उनले भने।

मन्त्रीले भने कि पहिलेका सरकारहरूद्वारा फसल बीमाको राशि तबमात्र दिइन्थ्यो जब सम्पूर्ण इलाका वा ब्लकको फसल बर्बाद हुन्थ्यो। तर प्रधानमन्त्री मोदीले ती पुराना योजनाहरूलाई निरस्त गर्दै यस्तो बीमा योजना बनाए जस अन्तर्गत एउटा गाउँमात्र होइन तर यदि एकजना कृषकको फसल बर्बाद भए पनि क्षतिपूर्ति दिइन्छ।
केन्द्रीय मन्त्रीले भने कि सरकारले विभिन्न योजनाहरूमार्फत कृषकहरूको जिन्दगी सुखद बनाउने कार्य गरिरहेको छ। प्रधानमन्त्री किसान सम्मान योजना अन्तर्गत 3.75 लाख करोड़ रूपियाँ सीधै कृषकहरूको खातामा स्थानान्तरण गरिएको जानकारी पनि उनले दिए। प्रधानमन्त्री फसल बीमा योजनाको शुरूवात 2016 मा भएको र त्यहाँदेखि अहिलेसम्म 2 लाख 12 हजार करोड़ रूपियाँ कृषकहरूलाई भुक्तानी दिइएको उल्लेख पनि उनले गरे। उनले मलको सब्सिडीमा पनि सरकारले ठूलो रूपमा कृषकहरूलाई सहायता पुऱ्याएको बताउँदै आज यूरियाको 45 किलोको बोराको वास्तविक मूल्य 1,633 रूपियाँ 24 पैसा भए पनि कृषकहरूले 266 रूपियाँमात्र तिर्नुपर्ने र बाकी रकम सरकारद्वारा सब्सिडीको रूपमा व्योहोर्ने गरिएको बताए। त्यसै गरी 50 किलो डीएपी (डायमोनियम फस्फेट) को बोराको वास्तविक मूल्य 3,100 रूपियाँ भए पनि कृषकहरूले केवल 1,340 रूपियाँ मात्र तिर्नुपर्ने र हालसम्म कृषकहरूले कम मूल्यमा मल पाउन सकून् भनेर कम्पनीहरूलाई 14.06 लाख करोड़ रूपियाँ दिइसकेको जानकारी पनि उनले दिए।
श्री चौहानले अन्य कल्याणकारी योजनाहरूको पनि उल्लेख गर्दै भने कि न्यूनतम समर्थन मूल्य (एसएसपी) दरहरू वृद्धि गरिएको छ। जस अन्तर्गत उत्पादन लागत भन्दा 50% बढ़ी मूल्य सुनिश्चित गरिएको छ। सरकारले 2000 रूपियाँ प्रति क्लिन्टल मूंग दाल खरीद गर्ने निर्णय लिएको छ। पीएम-एएएसएचए (प्रधानमन्त्री अन्नदाता आय संरक्षण योजना) अन्तर्गत गहुँ र धानको खरीदको लागि कृषकहरूको खातामा 43.87 करोड़ रूपियाँ स्थानान्तरण गरिएको जानकारी पनि उनले दिए। मन्त्रीले भने कि बजार हस्तक्षेप योजना अन्तर्गत कृषकहरूद्वारा अन्य राज्यहरूमा आफ्नो कृषि उत्पाद बिक्री गर्ने सकिने व्यवस्थाको प्रावधान राखिएको छ, जसमा परिवहनको लागत सरकारद्वारा वहन गरिन्छ।
नक्कली मलको विषयमा बोल्दै मन्त्रीले भने कि यस सम्बन्धि अपराधमा कड़ा कारवाही गर्न सकिने कड़ा कानून ल्याउने तयारी भइरहेको छ। दोषीहरूलाई कड़ा सजाय दिलाएर जेल पठाउने कानूनी व्यवस्था मिलाउने काम अघि बढ़रहेको उनले स्पष्ट पारे।
श्री शिवराज सिंह चौहानले भने कि फसलहरूमा यदि भाइरसको आक्रमणको स्थितिमा कृषकहरूद्वारा जानकारी साझा गरिए वा एउटा फोटोमात्र पठाए भने पनि, सहायताको लागि वैज्ञानिकहरूको टोली कृषकको गाउँमा पुग्नेछ।
श्री चौहानले बताए कि खरीफ फसलपछि अब रबीको फसलको लागि पनि विकसित कृषि संकल्प अभियान अन्तर्गत वैज्ञानिकहरूको टोली कृषकहरूको गाउँ गाउँ पुग्नेछ अनि उनीहरूलाई वैज्ञानिक तथा अनुसन्धानमा आधारित सही ज्ञान प्रदान गर्नेछन्। उनले भने कि अब भावी कृषि अनुसन्धान कृषकहरूको आवश्यकतामा आधारित मागमुखी हुनेछ अनि उत्पादन बढ़ाउनका लागि मूंग, उरद भटमास, कोदो जस्ता बालीको गुणस्तरीय बीऊ विकसित गरिनेछ।
प्रधानमन्त्रीको प्रशंसा गर्दै कृषि मन्त्री श्री चौहानले भने कि प्रधानमन्त्रीको रूपमा उनको नेतृत्व पाउनु राष्ट्रको सौभाग्य हो। राष्ट्रीय हितलाई सर्वोपरी राख्दै प्रधानमन्त्रीले यो आश्वासन दिएका छन् कि कृषकहरूको हितमा कहिल्यै सम्झौता गरिने छैन, चाहे त्यसको लागि उनलाई व्यक्तिगत क्षति नै किन उठाउनु नपरोस्। उनको यति ठूलो निर्णयले वैश्विक स्तरमा भारतको छवि अझ सशक्त बनेको छ।
श्री चौहानले राजस्थानमा कृषि क्षेत्रलाई अझ विकसित गर्नका लागि विशेष कार्ययोजना तयार पार्ने विषयमा पनि जानकारी दिए।
अन्त्यमा श्री चौहानले देशावासीहरूलाई आफ्नो दैनिक जीवनको प्रत्येक आवश्यक वस्तुहरूको लागि स्वदेशी उत्पादहरूको प्रयोग गर्ने संकल्प गर्न आग्रह गरे। उनले जोड़ दिंदै भने कि स्वदेशी सामग्री अप्नाउनाले स-साना कारीगरहरू र उद्यमीहरूलाई सशक्त बनाउन सहयोग पुग्नेछ अनि यसले भारतीय अर्थतन्त्रलाई पनि बलियो बनाउनेछ।
**********
(Release ID: 2155366)
Visitor Counter : 2