आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीईए)
azadi ka amrit mahotsav

मन्त्रीण्डलले 2157 करोड़ रूपियाँको परिव्ययको साथ वार्षिकी संयुक्त मोडमा तमिलनाडुमा 4 लेन मरक्कनम-पुडुचेरी राजमार्ग (एनएच-332ए) को निर्माणको दियो स्वीकृति


Posted On: 08 AUG 2025 4:08PM by PIB Gangtok

प्रधानमन्त्रीको अध्यक्षतामा आर्थिक मामिलाहरूको मन्त्रीमण्डलीय समितिले तमिलनाडुमा मरक्कनम-पुडुचेरी (46 किलोमिटर) 4 - लेन राजमार्गको निर्माणलाई स्वीकृति दिएको छ। यस परियोजनाको विकास वार्षिकी संयुक्त मोड (एचएएम) अन्तर्गत गरिनेछ, जसको कुल लागत 2157 करोड़ रूपियाँ हुनेछ।

वर्तमानमा, चेन्नई, पुडुचेरी, विलुप्पुरम र नागपट्टिनमबिच सम्पर्क विद्यमान 2-लेन राष्ट्रीय राजमार्ग 332 ए(एनएच-332ए) अनि सम्बन्धित राज्य राजमार्गहरूमा निर्भर रहेको छ, जहाँ अधिक यातायातको कारण, विशेष रूपले अधिक जनसंख्या भएका क्षेत्रहरू र गल्लीका प्रमुख बाजारहरू, धेरै भीड़भाड़ रहने गर्दछ। यी चुनौतिहरूलाई समाधान गर्नको लागि यो परियोजना मरक्कनमदेखि पुडुचेरीसम्म लगभग 46 किलोमिटर लामो एनएच-332ए लाई 4-लेनमा बढ़ोत्तरी गरिनेछ। यसबाट विद्यमान गल्लीको भीड़भाड़ कम हुनेछ, सुरक्षामा सुधार हुनेछ अनि चेन्नई, पुडुचेरी, विलुप्पुरम र नागपट्टिनम जस्ता तीव्र गतिमा बढ़ीरहेका शहरहरूको आवागमन सम्बन्धि आवश्यकताहरू पूरा हुनेछ।

यो परियोजनाले दुई प्रमुख राष्ट्रीय राजमार्गहरू (एनएच-32, एनएच-332) अनि दुई राज्य राजमार्गहरू (एसएच-136, एसएच-203) लाई जोड़दछ, जसबाट तमिलनाडुको प्रमुख आर्थिक, सामाजिक अनि लजिस्टिक केन्द्रहरूसम्म निर्बाध सम्पर्क सुनिश्चित हुँदछ। यस अतिरिक्त, यसले उन्नत गल्ली, दुईवटा रेलवे स्टेशन (पुडुचेरी, चिन्नाबाबूसमुद्रम), दुईवटा हवाई अड्डा (चेन्नई, पुडुचेरी) अनि एउटा बन्दरगाह (कुड्डालोर) सित जोड़ेर बहु माध्यम एकीकरणलाई बढ़ावा दिनेछ, जसबाट सम्पूर्ण क्षेत्रमा माल ढुवानी र यात्रीहरूको शीघ्र आवातजावत सम्भव हुनेछ। 

परियोजना पूरा भएपछि यसले मरक्कनम-पुडुचेरी खण्ड क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ, प्रमुख धार्मिक अनि आर्थिक केन्द्रहरूबिच सम्पर्क बलियो बनाउनेछ, पुडुचेरीमा पर्यटनलाई बढ़ावा दिनेछ अनि व्यापार एवं औद्योगिक विकासको लागि नयाँ बाटोहरू खोलिनेछ। यस परियोजनाले लगभग 8 लाख प्रत्यक्ष जन-दिवस र 10 लाख अप्रत्यक्ष जन-दिवस रोजगार पनि सृजना गर्नेछ अनि वरीपरीका क्षेत्रहरूमा विकास, प्रगति र समृद्धिका नयाँ सम्भावनाहरू खोल्नेछ।

गलियाराको मानचित्र

परिशिष्ट - I: परियोजनाको विवरण

विशेषता

विवरण

परियोजनाको नाम

4-लेन मरक्कनम - पुडुचेरी खण्ड (एनएच 332ए)

गलियारा

चेन्नई-पुडुचेरी-नागापट्टिनम-तूतिकोरिन-कन्याकुमारी आर्थिक गलियारा (पूर्वी तट-मार्ग- ईसीआर)

लम्बाइ (किमी)

46.047

कुल सिभिल लागत (करोड़ रूपियाँमा)

1,118

भूमि अधिग्रहण लागत (करोड़ रूपियाँमा)

442

कुल पूँजी लागत (करोड़ रूपियाँमा)

2,157

विधि

वार्षिकी संयुक्त मोड (एचएएम)

बाईपास

पुडुचेरी बाईपास (ग्रीनफील्ड एक्सेस नियन्त्रित) – 34.7 किमी

जोड़िएका प्रमुक सड़कहरू

राष्ट्रीय राजमार्ग – एनएच-32, एनएच -332

राज्य राजमार्ग – एसएच-136, एसएच -203

जोड़िएका आर्थिक /सामाजिक/यातायात केन्द्रहरू

 

विमानस्थलहरू         : चेन्नई, पुडुचेरी

रेलवे स्टेशनहरू : पुडुचेरी, चिन्नाबाबूसमुद्रम

सानो बन्दरगाह : कुड्डालोर

आर्थिक केन्द्रहरू : मेगा फूड पार्क, फार्मा क्लस्टर, मत्स्य पालन समूह

सामाजिक केन्द्रहरू : अरूल्मिगु मनाकुला मन्दिर, प्याराडाइज समुद्र तट

जोड़िएका प्रमुख शहर/नगरहरू

चेन्नई, मरक्कणम, पुडुचेरी

रोजगार सृजनका सम्भावना

8 लाख जन-दिवस (प्रत्यक्ष) अनि 10 लाख जन-दिवस (अप्रत्यक्ष)

वित्तीय वर्ष 2024-2025 मा औसत दैनिक यातायात (एएडीटी)

अनुमानित 17,800 यात्री वाहन इकाइहरू (पीसीयू)

********


(Release ID: 2154644)