कृषि मन्त्रालय र किसान कल्याण
azadi ka amrit mahotsav

पीएम-किसान सम्मान निधिको 20औँ किस्ता 2 अगस्तमा जारी गरिने


प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसीबाट किस्ता जारी गर्नेछन्

केन्द्रीय कृषि मन्त्री श्री शिवराज सिंहले तयारीको समीक्षा गर्न एक उच्चस्तरीय बैठकको अध्यक्षता गरे

किसानहरूको खातामा प्रत्यक्ष लाभ अन्तरण सुनिश्चित गर्नका लागि राष्ट्रव्यापी अभियान

Posted On: 30 JUL 2025 2:00PM by PIB Gangtok

प्रधानमन्त्री किसान सम्मान निधि (पीएम-किसान) योजनाको अघिल्लो किस्ता 2 अगस्तमा जारी गरिनेछ। वाराणसीमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अगुवाइमा आयोजन हुने यो कार्यक्रमको तयारीको समीक्षा गर्न र लाभ अधिकतम किसानहरूसम्म पुग्ने कुरा सुनिश्चित गर्न आज केन्द्रीय कृषि तथा किसान कल्याण तथा ग्रामीण विकास मन्त्री श्री शिवराज सिंह चौहानको अध्यक्षतामा एक उच्चस्तरीय बैठक आयोजना गरिएको थियो।

देशभरिका 731 कृषि विज्ञान केन्द्र (केभीके), भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) र कृषि विश्वविद्यालयका निर्देशक, उपकुलपति र प्रमुखहरू आजको बैठकमा भर्चुअल रूपमा उपस्थित थिए।

केन्द्रीय मन्त्रीले अधिकारीहरूलाई राष्ट्रिय, राज्य, जिल्ला र गाउँ स्तरका किसानहरूलाई यो कार्यक्रमसँग जोड्न निर्देशन दिए अनि यस आयोजनलाई एक राष्ट्रव्यापी अभियानको रूपमा आयोजना गर्न आह्वान गरे।

केभीकेलाई निर्देशन दिँदै श्री चौहानले प्रधानमन्त्री मोदीको नेतृत्वमा किसानहरूलाई तीन किस्तामा 6,000 रुपियाँ हस्तान्तरण भइरहेको कुरामा जोड दिए, प्रत्येक किस्ता प्रत्येक चार महिनामा जारी गरिनेछ। केभीकेले यस प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। उनले शीघ्र तयारीका लागि आह्वान गरे र यो कार्यक्रमलाई एत उत्सव र एक मिशन दुवैको रूपमा मनाउनुपर्ने बताए, किनकि यसले प्रत्यक्ष लाभ हस्तान्तरण सुनिश्चित गर्दछ र एक जन जागरूकता अभियानको रूपमा काम गर्दछ।

केन्द्रीय मन्त्रीले किसानहरूलाई 2 अगस्तको कार्यक्रममा सक्रिय रूपमा भाग लिन पनि आग्रह गरे अनि यो योजनाबाट लाभान्वित हुने र कृषि विकास कार्यक्रमहरूको बारेमा जानकारी राख्ने एक अवसर रहेको बताए।

श्री चौहानले अधिकारीहरूलाई कृषि सखी, ड्रोन दिदी, ब्याङ्क सखी, पशु सखी, बीमा सखी र ग्राम पञ्चायत सरपञ्च जस्ता जमिनी स्तरका कार्यकर्ताहरूलाई कार्यक्रमको बारेमा जानकारी व्यापक रूपमा प्रसार गर्न निर्देशन दिए। उनले थपे, यस समयमा खरीफ फसलहरूको बारेमा किसानहरूसँगको अन्तरक्रिया संलग्नता निर्माणमा अत्यधिक प्रभावकारी हुनेछ।

श्री चौहानले बताए अनुसार, प्रधानमन्त्री मोदीको मार्गदर्शनमा यो कार्यक्रमलाई अधिकतम किसानसम्म पुर्याएका लागि पूर्ण सहभागिता र प्रतिबद्धताका साथ लागू गरिनेछ।

2019 मा यो योजनाको शुभारम्भ भएपछि 19 किस्ताको माध्यमद्वारा किसानहरूको खातमा 3.69 लाख करोड रुरियाँ हस्तान्तरित गरिसकिएको छ। 20 औँ किस्तामा 9.7 करोड़ किसानहरूलाई 20,500 करोड रुपियाँ 9.7 करोड हस्तातरित गरिनेछ।

कृषि सचिव श्री देवेश चतुर्वेदी, आईसीएआरका महानिर्देशक डा. एमएल जाट र कृषि मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू बैठकमा उपस्थित थिए। (पीआईबी)

**********


(Release ID: 2150188)