रेल मन्त्रालय
वर्तमानको 32,000 टिकट प्रति मिनटभन्दा पाँच गुणा धेरै क्षमताका साथ 1.5 लाख रेल टिकट प्रति मिनट सिर्जना गर्न सक्षम नयाँ यात्री आरक्षण प्रणाली यसै वर्षको अन्त्यसम्म तयार हुने
भारतीय रेलवेले यात्रीको सुविधाका साथमा स्मार्ट टिकेटिङमाथि केन्द्रित गर्दै यात्री आरक्षण प्रणालीलाई बहुभाषी बनाउने
यात्राको अनिश्चिततामा सुधार ल्याउन रेलवे मन्त्रालयले चाँडै प्रतीक्षा सूची टिकटको उन्नत सूचीकरण चाँडै कार्यान्वयन गर्ने; अपरान्ह 2 बजे छोडिने रेलका लागि सूची हिजोपल्टै राति 9 बजे तयार गरिने
उन्नत सुरक्षा अनि पारदर्शिताको निम्ति तत्काल बुकिङका लागि आधार वा डिजिलकरसँग जोडिएको सरकारी आइडीको माध्यमद्वारा विस्तृत प्रमाणिकरण गरिने
तत्काल सोधखोजको क्षमता दस गुणा बढाइने – नयाँ पीआरएस प्रणालीमा प्रति मिनट 4 लाखबाट 40 लाखभन्दा बढी सोधखोज
Posted On:
29 JUN 2025 6:31PM by PIB Gangtok
भारतीय रेलवे शुरुदेखि अन्त्यसम्मको यात्रा अनुभवलाई यात्रीमुखी बनाउन प्रतिबद्ध छ। रेलवेमा यात्रीको यात्रा टिकट आरक्षणको चरणबाट शुरु हुँदछ। रेलवेले टिकट बुकिङलाई सजिलो बनाउन कैयौं कदम चालिरहेको छ।
केन्द्रिय रेलवे मन्त्री अश्विनी वैष्णवले हालै यी सुधारहरूको प्रगतिको समीक्षा गरे। उनले टिकट प्रणालीलाई स्मार्ट, पारदर्शी, सुगम्य अनि कुशल हुनुपर्ने कुरामाथि जोड दिए। योजना यात्रीको सुविधामाथि केन्द्रित हुनुपर्ने उल्लेख गर्दै प्रणाली सुचारू हुनका साथै यात्रीका लागि आरामदायी यात्रा अनुभव सुनिश्चित गर्ने हुनुपर्ने उनले बताए।
उन्नत सूची प्रणालीमा यात्रा योजनाको निश्चितता रहने
सूचीको तयारी : हालमा आरक्षण सूची रेल प्रस्थान गर्न चार घण्टाअघि तयार गरिन्छ। यसले यात्रीहरूको मनमा अनिश्चितता सिर्जना गर्दछ। जहाँ-कहीं नजिकबाट पनि यात्री रेल पक्रनका लागि आइरहेको भए, यस अनिश्चितताले गम्भीर समस्या उत्पन्न गर्नसक्दछ।
यसै अनिश्चिततालाई हटाउन, रेलवे बोर्डले आरक्षण सूची प्रस्थानभन्दा आठ घण्टाअघि नै तयार गर्ने प्रस्तावित गरेको छ। अपरान्ह 1400 बजे प्रस्थान गर्ने रेलका लागि, सूची हिजोकै दिनको 2100 बजे तयार गरिनेछ। यस प्रस्तावमा रेल मन्त्रीले सहमति जनाउँदै कुनै अडचन आइपर्न नदिनका लागि बोर्डलाई यो चरणबद्ध तरिकाले कार्यान्वित गर्न निर्देश दिएका छन्।
यसले प्रतीक्षा सूचीमा रहेका यात्रीहरूमा अनिश्चितता घटाउनेछ। यात्रीले पहिले आफ्नो प्रतीक्षा सूचीको स्थितिबारे अग्रिम रूपमै जानकारी जुटाउन सक्नेछन्। यसले सुदूर इलाका वा ठूला शहरहरूबाट लामो दूरीको रेल पक्रन आउने यात्रीहरूलाई लाभ पुग्नेछ। प्रतीक्षा सूची पुष्टि नभएको स्थितिमा वैकल्पिक व्यवस्था गर्न पनि अरू धेरै समय प्रदान गर्नेछ।
दिसम्बर 2025 भित्र आधुनिक यात्री आरक्षण प्रणाली (पीआरएस)
रेल मन्त्रीले यात्री आरक्षण प्रणालीको उन्नयन पनि समीक्षा गरे। यो परियोजना सीआरआइएसले गत केही महिनादेखि कार्यान्वयन गरिरहेको छ।
नयाँ स्तरोन्नति गरिएको पीआरएस चुस्त, लचिलो, अनि वर्तमानभन्दा दस गुणा धेरै भार वहन गर्न सक्षम छ। यसले टिकट बुकिङको क्षमता उल्लेखनीय रूपमा बढाउनेछ। नयाँ पीआरएसले प्रति मिनट 1.5 लाख टिकट बुकिङ सुगम बनाउनेछ। यो वर्तमान पीआरएसको 32,000 टिकट प्रति मिनटभन्दा करिब पाँच गुणा धेरै वृद्धि हुनेछ।
टिकट सोधखोज क्षमता पनि दस गुणा वृद्धि हुनेछ, अर्थात् 4 लाखबाट 40 लाख सोधखोज एक मिनटको समयभित्र सम्भव हुनेछ।
नयाँ पीआरएसमा बहुभाषी साथै प्रयोगकर्तामैत्री बुकिङ अनि सोधखोज इन्टरफेस हुनेछ।
नयाँ पीआरएसमा, प्रयोगकर्ताले आफ्नो रुचिको सीट बुझाउनका साथै भाडाको सूची पनि हेर्नसक्नेछन्। यसले दिव्याङ्गजन, विद्यार्थी अनि रोगी आदिका लागि पनि सुविधा एकिकृत गरेको छ।
तत्काल बुकिङका लागि सुप्रवाहित सत्यापनद्वारा भारतीय रेलवेले 1 जुलाई 2025 देखि केवल सत्यापित प्रयोगकर्तालाई आइआरसीटीसीको वेबसाइट अनि मोबाइल एपको माध्यमद्वारा तत्काल टिकट बुकिङको अनुमति दिनेछ।
यसका साथै जुलाई, 2025 को अन्त्यदेखि तत्काल बुकिङका लागि ओटीपी आधारित सत्यापन शुरु गरिनेछ।
रेल मन्त्रीले अधिकारीहरूलाई तत्काल बुकिङको निम्ति सत्यापन तन्त्रलाई विस्तृत बनाउन पनि निर्देश दिए। सत्यापन आधार वा डिजिटलकर एकाउन्टमा उपलब्ध कुनै पनि प्रमाणिकरण गर्नसकिने सरकारी आइडीको माध्यमद्वारा गरिनुपर्नेछ।
यी उपायहरूले भारतीय रेलवेद्वारा आफ्नो प्रणालीलाई आधुनिक बनाउनका साथै अरू धेरै नागरिकमैत्री बनाउने निरन्तर प्रयास गरिरहेको दर्शाउँछ।
*******
(Release ID: 2141070)