यूपीएससी
सङ्घ लोक सेवा आयोगद्वारा लोक सेवा परीक्षा 2024 को अन्तिम परिणाम घोषित
Posted On:
22 APR 2025 2:25PM by PIB Gangtok
सङ्घ लोक सेवा आयोगद्वारा लोक सेवाको निम्ति सेप्टेम्बर 2024 मा आयोजित लिखित परीक्षा तथा जनवरी-अप्रेल 2025 मा सम्पन्न व्यक्तित्त्व जाँच परीक्षाको परिणामको आधारमा, नियुक्तिका लागि प्रार्थीहरूको योग्यताक्रम सूची सिफारिश गरिएको छ।
- भारतीय प्रशासनिक सेवा,
- भारतीय परराष्ट्र सेवा,
- भारतीय पुलिस सेवा, तथा
- केन्द्रिय सेवा, समूह “क” अनि समूह “ख”
2. कूल 1009 जना प्रार्थीलाई नियुक्तिको निम्ति सिफारिश गरिएको छ, जसको फाँटवारी तल दिइएका छन् :
अनारक्षित
|
ईडब्लुएस
|
ओबीसी
|
एससी
|
एसटी
|
कूल
|
335
(10 पीडब्लुबीडी-1,
05 पीडब्लुबीडी -2,
11 पीडब्लुबीडी -3 र 05
पीडब्लुबीडी -5 सहित)
|
109
(0 पीडब्लुबीडी -1,
01 पीडब्लुबीडी -2,
0 पीडब्लुबीडी -3 र
0 पीडब्लुबीडी -5 सहित)
|
318
(02 पीडब्लुबीडी -1,
02 पीडब्लुबीडी -2,
03 पीडब्लुबीडी -3
03 पीडब्लुबीडी -5 सहित)
|
160
(0 पीडब्लुबीडी -1,
0 पीडब्लुबीडी -2,
0 पीडब्लुबीडी -3 र
01 पीडब्लुबीडी -5 सहित)
|
87
(0 पीडब्लुबीडी -1,
0 पीडब्लुबीडी -2, 02 पीडब्लुबीडी -3 र 0 पीडब्लुबीडी -5 सहित)
|
1009
(12 पीडब्लुबीडी -1,
08 पीडब्लुबीडी -2,
16 पीडब्लुबीडी -3 र 09 पीडब्लुबीडी -5 सहित)
|
3. लोक सेवा नियम, 2024 को नियम 20(4) र (5) अनुरूप, आयोगले तल उल्लेखित रूपमा प्रार्थीहरूको सञ्चित आरक्षित सूची कायम गरिरहेको छ।
अनारक्षित ईडब्लुएस ओबीसी एससी एसटी पीडब्लुबीडी-1 कूल 115 35 59 14 06 01 230
4. विभिन्न सेवामा नियुक्ति परीक्षाको नियममा रहेको प्रावधानलाई ध्यानमा राख्दै उपलब्ध रिक्त पद सङ्ख्याको आधारमा गरिनेछ। सरकारद्वारा जारी रिक्त पदको सङ्ख्या निम्न प्रकार छन्।
सेवा अनारक्षित ईडब्लुएस ओबीसी एसटी एसटी कूल
|
आइएएस 73 18 52 24 13 180
|
आइएफएस 23 05 13 09 05 55
|
आइपीएस 60 14 41 22 10 147
|
केन्द्रिय सेवा समूह “क” 244 57 168 90 46 605
|
समूह “ख” सेवा 55 15 44 15 13 142
|
कूल 455 109 318 160 87 1129*
|
* 50 पीडब्लुबीडी रिक्त पद सामेल (12 पीडब्लुबीडी-1, 08 पीडब्लुबीडी-2, 16 पीडब्लुबीडी -3 र 14 पीडब्लुबीडी-5)
5. सिफारिश गरिएका 241 उम्मेद्वारलाई अस्थायी राखिएको छ।
6. 01 उम्मेद्वारको परिणाम रोकेर राखिएको छ।
7. युपीएससीको क्याम्पसमा परीक्षा भवन नजिक “सुविधा काउन्टर” छ। उम्मेद्वारहरूले कार्यदिवसमा 10.00 देखि 17.00 बजेसम्म कुनै पनि सूचना/ परीक्षाबारे स्पष्टिकरण/ नियुक्तिबारे व्यक्तिगत रूपमा उपस्थित भई वा टेलिफोन नम्बर 23385271 / 23381125 / 23098543 मा जानकारी प्राप्त गर्नसक्नेछन्। परिणाम युपीएससीको वेबसाइट अर्थात् https//www.upsc.gov.in. मा पनि उपलब्ध छ। परिणाम घोषणा गरिएको 15 दिनभित्र वेबसाइटमा प्राप्त अङ्क उपलब्ध हुनेछ।
मुख्य विशेषता :
लोक सेवा परीक्षा (सीएसई), 2024 को अन्तिम परिणाम 22 अप्रेलको दिन घोषित गरियो।
परिणामका मुख्य विशेषता तल उल्लेख गरिएका छन् :
लोक सेवा (प्रारम्भिक) परीक्षा, 2024 16 जून, 2024 को दिन आयोजित गरिएको थियो। कूल 9,92,599 उम्मेद्वारले यस परीक्षाको निम्ति आवेदन गरेका थिए, जसमध्ये 5,83,213 उम्मेद्वार परीक्षामा बसे।
कूल 14,627 उम्मेद्वार लिखित (मुख्य) परीक्षाको निम्ति उत्तीर्ण भए, जुन सेप्टेम्बर 2024 मा आयोजित गरिएको थियो। तीमध्ये, 2,845 उम्मेद्वार परीक्षाको व्यक्तित्त्व जाँचका लागि उत्तीर्ण भएका थिए।
अन्त्यमा, 1,009 उम्मेद्वारलाई (725 पुरुष र 284 महिला) विभिन्न सेवामा नियुक्तिका लागि आयोगद्वारा सिफारिश गरिएको छ।
उत्तीर्ण उम्मेद्वारहरूमध्ये, शीर्ष पाँचमा तीनजना महिला र दुईजना पुरुष छन्। सुश्री शक्ति दुबेले (रोल नम्बर-0240782) लोक सेवा परीक्षा 2024 मा प्रथम स्थान प्राप्त गरेकी छन्। उनले राजनीति विज्ञान र अन्तरराष्ट्रिय सम्बन्ध वैकल्पिक विषयका रूपमा लिई परीक्षा उत्तीर्ण गरेकी छन्। उनले अल्लाहबाद विश्वविद्यालयबाट जैवरसायन विज्ञानमा स्नातक (बीएससी) गरेकी छन्।
सुश्री हर्षिता गोयलले (बरोदा एमएस विश्वविद्यालयबाट स्नातक (बीकम), रोल नम्बर-0101571) राजनीति विज्ञान र अन्तरराष्ट्रिय सम्बन्ध वैकल्पिक विषयका रूपमा लिई दोस्रो स्थान हासिल गरेकी छन्।
सुश्री डोङ्ग्रेअर्चित परागले (भीआइटी भेल्लोरबाट ईलेक्ट्रिकल एवं ईलेक्ट्रनिक्स ईञ्जिनियरिङमा स्नातक (बीटेक), रोल नम्बर-0867282) वैकल्पिक विषयका रूपमा दर्शनशास्त्र लिई तेस्रो स्थान हासिल गरेकी छन्।
सुश्री शाह मार्गी चिरागले (गुजरात प्राविधिक विश्वविद्यालय, अहमदाबादबाट कम्प्युटर ईञ्जिनियरिङमा बीई, रोल नम्बर-0108110) वैकल्पिक विषयका रूपमा समाजशास्त्र लिई चौथो स्थान हासिल गरेकी छन्।
श्री आकाश गर्गले (गुरु गोविन्द सिंह इन्द्रप्रस्थ विश्वविद्यालय, दिल्लीबाट कम्प्युटर साइन्स एण्ड ईञ्जिनियरिङमा बीटेक, रोल नम्बर-083362) वैकल्पिक विषयका रूपमा समाज विज्ञान लिई पाँचौं स्थान हासिल गरेका छन्।
शीर्ष 25 उम्मेद्वारमा 11 जना महिला र 14 जना पुरुष छन्। उनीहरूको शैक्षिक योग्यता आइआइटी, एनआइटी, भीआइटी, जेएनयु, नयाँ दिल्ली विश्वविद्यालय तथा अल्लाहबाद विश्वविद्यालय जस्ता देशको शीर्ष संस्थानबाट ईञ्जनियरिङ, मानविकी, विज्ञान, वाणिज्य, चिकित्सा विज्ञान तथा वास्तुकलामा स्नातक रहेका छन्।
शीर्ष 25 जना सफल उम्मेद्वारले लिखित (मुख्य) परीक्षामा मानवविज्ञान, वाणिज्य एवं लेखाशास्त्र, भूगोल, गणित, दर्शनशास्त्र, भौतिकी, राजनीति विज्ञान एवं अन्तरराष्ट्रिय सम्बन्ध, लोक प्रशासन, समाज विज्ञान एवं तमिल भाषा साहित्य जस्ता वैकल्पिक विषय रोजेका थिए।
सिफारिश गरिएका उम्मेद्वारहरूमा 45 जना मानक दिव्याङ्गता भएका व्यक्तिहरू पनि सामेल थियो, जसमा 12 जना अस्थिजन्य दिव्याङ्ग, 08 जना दृष्टिहीन, 16 जना श्रवण बाधित र 09 जना विविध दिव्याङ्गता रहेका सामेल थिए।
अङ्ग्रेजीमा परिणाम हेर्न यहाँ क्लिक गर्नुहोस्
******
(Release ID: 2123472)