WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

मुम्बईमा आयोजित वेभ्स कस्प्ले च्याम्पियनशीप वाइल्डकार्ड शोडाउनलाई व्यापक प्रतिक्रिया प्राप्त, 50 भन्दा धेरै प्रतियोगीले उत्साहका साथ मञ्चमा प्रदर्शन गरे


जियो वर्ल्ड सेन्टमा आयोजित हुने वेभ्स शिखर सम्मेलनको ग्राण्ड फिनालेका लागि 30 फाइनलिस्ट चयनित

 Posted On: 19 APR 2025 9:02PM |   Location: PIB Gangtok

मुम्बई, 19 अप्रेल 2025

विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) अन्तर्गत 19 अप्रेल, 2025 को दिन मुम्बईको ठाकुर कलेज अव् साइन्स एण्ड कमर्समा वेभ्स कस्प्ले च्याम्पियनशीप वाइल्डकार्ड शोडाउन भव्य रूपमा आयोजन गरियो। यस कार्यक्रममा प्रस्तुतिहरूले मायानगरी मुम्बई प्रशंसकहरूको भीडमा परिणत भएको थियो। यो कार्यक्रम क्रिएटर्स स्ट्रीट, इण्डियन कमिक्स एसोसिएशन (आइसीए) र मिडिया एण्ड एन्टरटेनमेन्ट एसिसिएशन अव् इण्डिया (एमईएआइ) द्वारा संयुक्त रूपमा आयोजित गरिएको थियो। यस पहलललाई भारतमा आगामी पप कल्चर महोत्सव एपिको-कनद्वारा समर्थन गरिएको थियो।

यो शानदार कार्यक्रम वेभ्स कस्प्ले च्याम्पियनशीपको भव्य समापनको तयारीका रूपमा आयोजित गरिएको थियो। यस कार्यक्रममा 50 भन्दा धेरै प्रसिद्ध कस्प्लेयर्सले भाग लिएका थिए। उनीहरूको शानदार प्रदर्शन, रजत-पटलयोग्य भेषभूषा अनि प्रशंसकहरूको उत्साहवर्धनले पूरै मञ्चलाई ऊर्जाले भरिदिएको थियो।

वार्फ स्ट्रीट स्टूडियोका संस्थापक अनि सीईओ भेङ्कटेश, फरबिडन भर्सका अजय कृष्ण अनि कमिक्स एसोसिएशन अव् इण्डियाका सचिव अनादि अभिलाषसहित निर्णायकहरूको प्यानलले 30 वाइल्टकार्ड प्रतियोगीको चयन गरे। अब यी प्रतियोहीहरूले 1 देखि 4 मई, 2025 सम्म मुम्बईको जियो वर्ल्ड सेन्टरमा आयोजित हुने वेभ्स शिखर सम्मेलनको ग्राण्ड फिनालेमा भाग लिनेछन्।

यस कार्यक्रमको मुख्य आकर्षण भगवान नरसिंहको छविको शक्तिशाली अनि प्रभावशाली प्रस्तुति थियो, जसले भारतको सांस्कृतिक विरासतलाई दर्शाउँछ। यसै गरी, भारतमा बढ्दो कस्प्ले क्षेत्रसँग जोडिएका प्रसिद्ध व्यक्तित्त्व, सामग्री रचनाकार अनि प्रभावशाली व्यक्तिहरूको भागीदारी पनि यस कार्यक्रमको मुख्य आकर्षण रहेको थियो। प्रशंसकहरूको ऊर्जाले भरिएको यस कार्यक्रममा कलाकारहरूका साथ फोटो खिचाउने, जीवन्त प्रदर्शन अनि रोचक घटनाका क्षणहरू पनि देखियो, जुन सोशल मिडियामा भाइरल भएका छन्।

हाई ईनर्जी मीटअपले भरिएको यो आयोजन क्वालिफाइङ राउण्ड मात्र नभएर, एउटा सांस्कृतिक कार्यक्रम बनेको थियो। यहाँ घटित प्रत्येक क्षण भारतको तेजीका साथ बढ्दो कस्प्ले क्रान्तिमा समुदाय, रचनात्मकता अनि युवा अभिव्यक्तिको शक्तिको प्रमाण थियो। वाइल्डकार्ड शोडाउन कार्यक्रम अति नै सफल रह्यो भने यसले भारतमा अहिलेसम्मकै सबैभन्दा विशाल कस्प्ले आन्दोलनको निम्ति वातावरण तयार गरेको छ। अविश्वसनीय शिल्प कौशलदेखि लिएर प्रभावशाली प्रदर्शनीसम्म, मुम्बईमा यो प्रदर्शन भारतमा कस्प्ले मात्र नबढेर फलि-फुली पनि रहेको छ भन्ने जीवन्त उदाहरण थियो।

जूरीका एकजना सदस्यले भने, “यस शोले भारतमा कस्प्ले मुभमेन्ट कति प्रभावशाली भइरहेको छ भन्ने देखाउँछ।” “ऊर्जा, प्रयास, पात्रहरूप्रति प्रेम यी सबै वास्तविक हुन् र यो हरेक साल बढ्दै गइरहेको छ,” उनले थपे।

अन्तिम राउण्डमा सम्पूर्ण भारतबाट सर्वश्रेष्ठ कस्प्लेयर्सले भाग लिनेछन् र विजेताहरूलाई नगद पुरस्कारका साथसाथै विशेष प्रदर्शनको अवसर पनि दिइनेछ। जूरीमा एनिमेशन, फिल्म तथा गेमिङ क्षेत्रको प्रमुख स्टुडियोका प्रतिनिधिहरू सामेल रहनेछन्। यस च्याम्पियनशीपको एउटा विशेष आकर्षण आइसीए, फरबिडन भर्स, टीभीएजीए, एमईएआइ, क्रिएटर स्ट्रीट र पप कल्चर पावरहाउस एपिको-कनको सहयोगी साझेदारी रहनेछ।

 

वेभ्सबारे

मिडिया अनि मनोरञ्जन क्षेत्रका लागि एउटा ऐतिहासिक आयोजन, पहिलो विश्व दृश्य-श्रव्य एवं मनोरञ्जन शिखर सम्मेलन, भारत सरकारद्वारा 1 देखि 4 मई, 2025 सम्म मुम्बई, महाराष्ट्रमा आयोजित गरिनेछ।

चाहे तपाईं पेशेवर होस्, निवेशक होस्, निर्माता होस् वा नवप्रवर्तक होस्, यस शिखर सम्मेलनले तपाईंलाई जोडिने, नेटवर्क बनाउने, नवप्रवर्तन गर्ने र एम एवं ई परिदृश्यमा योगदान दिनका लागि सर्वोत्तम वैश्विक मञ्च प्रदान गर्नेछ।

वेभ्स भारतको रचनात्मक शक्तिलाई बढाउन तथा विषयवस्तु निर्माण, बौद्धिक सम्पदा एवं तकनिकी नवाचारको केन्द्रका रूपमा आफ्नो स्थिति विस्तार गर्नका लागि तयार छ। जुन उद्योग अनि क्षेत्रमाथि ध्यान केन्द्रित गरिएको छ, त्यसमा प्रसारण, प्रिन्ट मिडिया, टेलिभिजन, रेडियो, फिल्म, एनिमेशन, भिजुअल ईफेक्ट्स, गेमिङ, कमिक्स, ध्वनि अनि सङ्गीत, विज्ञापन, डिजिटल मिडिया, सोसियल मिडिया प्लेटफर्म, जेनरेटिभ एआइ, संवर्धित वास्तविकता (एआइ), आभासी वास्तविकता (भीआर) र विस्तारित वास्तविकता (एक्सआर) सामेल छन्।

प्रश्न के छ? उत्तर यहाँ पाउनुह

पीआइबी टीमबाट वेभ्सको नवीनतम घोषणाका साथ अपडेट रहनुहोस्।

हाम्रो साथमा आउनुहोस्! वेभ्सका लागि पञ्जिकरण गराउनुहोस्

*****

पीआईबी टीम वेभ्स 2025 । रियाज /परशुराम। 9


Release ID: (Release ID: 2123127)   |   Visitor Counter: 20