पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय
सरकारले सीजीडी क्षेत्र अन्तर्गत सीएनजी (परिवहन) र पीएनजी (घरेलु) खण्डलाई उचित दरमा घरेलु प्राकृतिक ग्यास सुनिश्चित गर्न कदम उठाएको छ
Posted On:
18 APR 2025 5:10PM by PIB Gangtok
सरकारले स्वच्छ ऊर्जासम्म पहुँचलाई प्रोत्साहन, शहरी हावाको गुणस्तरमा सुधार र घरेलु ऊर्जा सुरक्षालाई बढावा दिने आफ्नो परिकल्पना अनुरूप घरेलु प्राकृतिक ग्यासको आबन्टन संरचना सुदृढ बनाउने लक्ष्यका साथ प्रमुख नीतिगत उपाय शुरु गरेको छ।
सार्वजनिक क्षेत्रका प्रमुख क्षेत्र – परिवहनमा प्रयोग हुने सम्पीडित प्राकृतिक ग्यास (सीएनजी) र खाना पकाउनका लागि घरमा प्रयोग हुने पाइपद्वारा प्राकृतिक ग्यासको (पीएनजी) निम्ति प्राकृतिक ग्यासको निरन्तर उपलब्धता र सामर्थ्य सुनिश्चित गर्नमाथि ध्यान केन्द्रित गर्दै, पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्रालयले (एमओपीएनजी) घरेलु ग्यास आबन्टन नीतिमा तल उल्लेखित महत्त्वपूर्ण संशोधन पेश गरेको छ :
1. अग्रिम त्रैमासिक आबन्टन :
- वित्त वर्ष 2025-25 को पहिलो त्रैमासिकदेखि सीएनजी (टी) र पीएनजी (डी) खण्डका लागि घरेलु प्राकृतिक ग्यासको आबन्टन द्वि-त्रैमासिक अग्रिम आधारमा गरिनेछ।
- आबन्टनमा अब ओएनजीसी र ओयल इण्डियाको नामाङ्कन क्षेत्रबाट न्यू वेल ग्यास (एनडब्लुजी) पनि सामेल हुनेछ।
- गेल र ओएनजीसीद्वारा गरिएको अनुमानबाट सीजीडी कम्पनीहरूलाई अग्रिम रूपमा दृश्यता सुनिश्चित गर्न सघाउ पुग्नेछ, जसबाट योजना अनि वितरणको दक्षता बढ्नेछ।
2. आनुपातिक आधारमा एनडब्लुजी आबन्टन :
- समयमा अनि विश्वसनीय आपूर्ति सुनिश्चित गर्नका लागि एनडब्लुजीको निम्ति नीलामी आधारित आबन्टनलाई त्रैमासिक आधारमा आनुपातिक आबन्टनद्वारा प्रतिस्थापित गरिनेछ।
- गेलले विद्यमान एमओपीएनजी दिशानिर्देश अनुसार सीजीडी कम्पनीहरूलाई आवश्यकताको अनुपातमा एनडब्लुजी आबन्टित गर्नेछ।
3. आबन्टनको अनुपात कायम राखिएको छ :
- सीजीडी क्षेत्रमा मागमा वृद्धि भए तापनि, घरेलु ग्याल आबन्टन अनुपात प्रायः स्थिर नै छ।
- क्यू-3 2024-25 : अनुमानित मागको 54.68% आबन्टित गरियो।
- क्यू-1 2025-26 : 55.68% आबन्टन।
- क्यू-2 2025-26 : (अनुमानित) 54.84% आबन्टन।
- घरेलु ग्यासको आबन्टनले व्यापक सडक परिवहन अनि घरेलु खाना पकाउने जस्ता सार्वजनिक क्षेत्रलाई प्राथमिकता दिने सरकारको प्रतिबद्धता दर्शाउँछ।
4. भारतीय काँचो तेलको टोकरीसँग जोडिएको छ मूल्य :
- एपीएम ग्यास र न्यू वेल ग्यास दुवैको मूल्य बारतीय काँचो तेलको मूल्यसँग जोडिएको हुनका साथै यसको गणना मासिक आधारमा गरिने हुँदा, काँचो तेलको मूल्यमा हालको गिरावटका साथ, घरेलु ग्यासको यस आबन्टनले सीएनजी (टी) र पीएनजीका (डी) उपभोक्ताहरूका लागि प्राकृतिक ग्यास अरू धेरै किफायती बनाउनेछ।
सरकारद्वारा उठाइएको यस रणनीतिक कदमले आपूर्ति पूर्वानुमानमा सुधार आउनेछ भने सीजीडी एकाइहरूको मागको पूर्वानुमान लगाउने र आपूर्तिलाई प्रभावी तरिकाले व्यवस्थित गर्ने क्षमतामा सुधार आउन लगायत काँचो तेलसँग जोडिएको मूल्यका कारण सीजीडी कम्पनीहरूका लागि उत्तम सामर्थ्य उपलब्ध हुनेछ। यस कदमले सीजीडी नेटवर्क अन्तर्गत महत्त्वपूर्ण परिवहन अनि घरेलु खण्डका लागि स्थिर, सस्तो अनि पारदर्शी घरेलु ग्यास आपूर्ति प्रणाली सुनिश्चित हुनेछ, जसबाट सम्पूर्ण भारतमा लाखौं शहरी अनि अर्ध शहरी उपभोक्ता लाभान्वित बन्नेछन्।
********
(Release ID: 2122750)