मन्त्रीमण्डल
azadi ka amrit mahotsav

मन्त्री मण्डलद्वारा 2025-26 अवधिका लागि प्रधानमन्त्री कृषि सिञ्चाई योजनाको उपयोजनाका रूपमा कमाण्ड क्षेत्र विकास तथा जल प्रबन्धनको आधुनिकीकरण स्वीकृत


Posted On: 09 APR 2025 3:12PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रिय मन्त्री मण्डलद्वारा आज 2025-2026 को अवधिका लागि प्रधानमन्त्री कृ, सिञ्चाई योजनाको (पीएमकेएसवाई) उपयोजनाका रूपमा कमाण्ड क्षेत्र विकास तथा जल प्रबन्धनको (एम-सीएडीडब्लुएम) आधुनिकीकरणलाई स्वीकृति दिइएको छ। यस योजनाको प्रारम्भिक कूल परिव्यय ₹1,600 करोड रहनेछ।

यस योजनाको उद्देश्य विद्यमान नहर वा अन्य स्रोतबाट निर्दिष्ट समूहमा सिञ्चाई जलको आपूर्तिका लागि सिञ्चाई जल आपूर्ति सञ्जालको आधुनिकीकरण गर्नुरहेको छ। यसले दबाउमुक्त भूमिगत पाइप सिञ्चाईद्वारा एक हेक्टरसम्म स्थापित स्रोतबाट खेतसम्म किसानहरूद्वारा सूक्ष्म सिञ्चाईका लागि सुदृढ ब्याकएण्ड बुनियादी पूर्वाधार तयार गर्नेछ। जलको मात्रा दर्ता गर्नका साथै जल प्रबन्धनको निम्ति एससीएडीए, इन्टरनेट अव् थिङ्स तकनिकी उपयोग गरिनेछ। यसबाट खेत स्तरमा जलको उपयोग दक्षता अनि कृषि उत्पादनका साथसाथै उत्पादक बढ्नका अतिरिक्त किसानहरूको आयमा पनि वृद्धि हुनेछ।

सिञ्चाई परिसम्पत्तिको प्रबन्धनका लागि जल उपयोगकर्ता समितिलाई सिञ्चाई प्रबन्धन हस्तान्तरणद्वारा परियोजनाहरूलाई दीर्घकालिक बनाइनेछ। जल उपयोगकर्ता समितिलाई पाँच वर्षका लागि एफपीओ वा पीसीएस जस्ता विद्यमान आर्थिक संस्थासँग जोड्नका लागि सहायता दिइनेछ। युवाहरूमा पनि सिञ्चाईको आधुनिक पद्धति अपनाउँदै खेती क्षेत्रमा आउने रुचि बढ्नेछ।

प्रारम्भिक स्वीकृति, राज्यहरूलाई चुनौतीपूर्ण वित्तपोषण गरी देशको विभिन्न कृषि जलवायु क्षेत्रमा प्रायोगिक परियोजना शुरु गर्नका लागि दिइएको छ। यी परियोजनाहरूको अभिकल्प एवं संरचनाबाट प्राप्त अनुभवका आधारमा, 16 औं वित्त आयोगको अवधिका लागि अप्रेल 2026 देखि कमाण्ड क्षेत्र विकास एवं जल प्रबन्धनको निम्ति राष्ट्रिय योजना शुरु गरिनेछ।

********


(Release ID: 2120452) Visitor Counter : 26