प्रधानमन्त्रीको कार्यालय
प्रयागराजमा ‘एकताको महायज्ञ’ को समाप्तिसँगै महाकुम्भ सम्पन्न भएको छ; एकताको यस भव्य सभाको 45 दिनको अवधिमा 140 करोड नागरिकहरूको आस्था एकै समयमा यस उत्सवमा एकै साथ भेला भयो, जुन साँच्चै अभिभूत गर्ने किसिमको छ! : प्रधानमन्त्री
आज, आफ्नो सम्पदामा गर्व गर्ने भारत नयाँ ऊर्जाका साथ अगाडि बढिरहेको छ; यो देशको नयाँ भविष्य लेख्नको लागि तय गरिएको परिवर्तनको युगको बिहानी हो: प्रधानमन्त्री
महाकुम्भमा भाग लिने श्रद्धालुहरू ठूलो सङ्ख्या आउनु केवल एक रेकर्ड मात्र होइन तर हाम्रो संस्कृति र सम्पदालाई बलियो तथा समृद्ध राख्न धेरै शताब्दीदेखि बलियो जग पनि बसालेको छ: प्रधानमन्त्री
यस महाकुम्भमा समाजका हरेक वर्ग र क्षेत्रका मानिसहरू एकताबद्ध छन्: प्रधानमन्त्री
प्रविष्टि तिथि:
27 FEB 2025 11:12AM by PIB Gangtok
महाकुम्भलाई ‘एकताको महायज्ञ’ को रूपमा प्रशंसा गर्दै प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज भारत आफ्नो सम्पदामा गर्व गर्दछ र नयाँ ऊर्जाका साथ अगाडि बढिरहेको टिप्पणी गरेका छन्। उनले भने कि यो देशको नयाँ भविष्य लेख्नको लागि तयार पारिएको परिवर्तनको युगको बिहानी हो। उनले थप भने, महाकुम्भमा ठूलो संख्यामा श्रद्धालुहरू सहभागी हुनु केवल एक रेकर्ड मात्र होइन तर हाम्रो संस्कृति र सम्पदालाई बलियो र समृद्ध राख्न धेरै शताब्दीदेखि बलियो जग पनि खडा गरेको छ। एकताको महाकुम्भको सफल समापनप्रति सन्तुष्टि व्यक्त गर्दै र नागरिकहरूलाई उनीहरूको कडा परिश्रम, प्रयास र दृढ संकल्पको लागि धन्यवाद दिँदै श्री मोदीले ब्लगमा आफ्ना विचारहरू लेखे र X मा साझा गरे।
“महाकुम्भ सम्पन्न भयो ... एकताको महायज्ञ सम्पन्न भयो। प्रयागराजमा एकताको महाकुम्भमा पुरै 45 दिनसम्म चल्ने जुन प्रकारले 140 करोड भारतीयहरूको आस्था एक साथ, एक समयमा यो एक पर्वसित आएर जोड़िए, त्यसले अभिभूत गर्दछ! महाकुम्भ पूरा हुँदा जुन विचारमा आए, तिनलाई मैले लेख्ने प्रयास गरेको छु...”
“महाकुम्भमा जुन ठूलो संख्यामा श्रद्धालुहरूले सहभागिता जनाए, त्यो केवल एक रेकर्ड होइन, तर यसले हाम्रो संस्कृति र सम्पदालाई बलियो तथा समृद्ध राख्नका लागि धेरै शताब्दीको एक सशक्त जग पनि बसालेको छ।”
“प्रयागराजको महाकुम्भ आज विश्वभरिका म्यानेजमेन्ट प्रोफेशनल्सका साथै प्लानिङ र पोलिसी एक्सपर्ट्सका लागि पनि रिसर्चको विषय बनेको छ।”
“आज आफ्नो सम्पदामा गर्व गर्ने भारत अब एक नयाँ ऊर्जाका साथ अगाडि बढिरहेको छ। यो युग परिवर्तनको त्यो आवाज हो, जसले देशको लागि नयाँ भविष्य लेख्न लागिरहेको छ।”
“समाजका हरेक वर्ग र हरेक क्षेत्रका मानिसहरू यस महाकुम्भमा एक साथ आएका थिए। यो ‘एक भारत श्रेष्ठ भारत’ को चीरस्मरणीय दृश्य करोडौँ देशवासीमा आत्मविश्वासको साक्षात्कारको महापर्व बन्यो।”
“एकताको महाकुम्भलाई सफल बनाउनका लागि देशवासीको कडा परिश्रम, उनीहरूको प्रयास र उनीहरूको सङ्कल्पबाट अभिभूत भएर म द्वादश ज्योतिर्लिंगहरूमध्ये प्रथम ज्योतिर्लिंग श्री सोमनाथको दर्शन गर्न जानेछु। म श्रद्धा रूपी सङ्कल्प पुष्प पुष्पलाई समर्पित गर्दै प्रत्येक भारतीयको लागि प्रार्थना गर्नेछु। म देशवासीहरूमाझ एकताको यो अविरल प्रवाह यसरी नै निरन्तर रहोस् भन्ने कामना गर्दछु।”
*******
(रिलीज़ आईडी: 2106695)
आगंतुक पटल : 43
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें:
Manipuri
,
Malayalam
,
English
,
Urdu
,
Marathi
,
हिन्दी
,
Assamese
,
Bengali
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada