पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय
azadi ka amrit mahotsav

भारत ऊर्जा सप्ताह 2025 को समापनमा भारतद्वारा वैश्विक ऊर्जा अधिनायकको स्थान स्थापित


“विश्वको दोस्रो बृहत ऊर्जा सङ्गोष्ठीमा अहिलेसम्मकै विराट अनुसन्धान दाबी, अन्तरराष्ट्रिय साझेदारी सुदृढ बनाउँदै हरित ऊर्जातर्फ रूपान्तरणको निश्चित मार्गको घोषणा”

Posted On: 14 FEB 2025 2:42PM by PIB Gangtok

केन्द्रिय पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पूरीले अप्रत्याशित सहभागिता अनि प्रदर्शनकारीको सङ्ख्याका साथमा बुझाइएका प्राविधिक पत्रका माध्यमद्वारा भारत ऊर्जा सप्ताह 2025 को अमापनीय सफलता उजागर गरे। कार्यक्रममा पेट्रोलियम, प्राकृतिक ग्यास, हरित ऊर्जा, जैवइन्धन अनि सीबीजी लगायत विस्तृत क्षेत्र समेट्दै उल्लेखनीय रूपमा अभिनव विकासहरू प्रदर्शित गरी अपेक्षा गरिएभन्दा बढी सफलता प्राप्त भएको मन्त्री पूरीले उल्लेख गरे।

तीन वर्षको छोटो अवधिमा, भारत ऊर्जा सप्ताहले स्वयंलाई विश्वको दोस्रो बृहत ऊर्जा मञ्चका रूपमा स्थापित गरेको उल्लेख गर्दै यसको चौथो संस्करण गोवामा आयोजित हुने बताए।

भारत ऊर्जा सप्ताह 2025 ले केवल नेटवर्किङ मञ्चका रूपमा काम गर्नुको साटो वास्तविक कारोबारी लेनदेन सुगम बनाउँदै अन्य वैश्विक ऊर्जा मञ्चभन्दा फरक विशिष्टता हासिल गरेको उनले बताए। दुई-पाङ्ग्रे र तीन-पाङ्ग्रेमा जैवइन्धन उपयोग गर्न समर्थ बनाउने हिसाबले तयार गरिएको एचपीसीएलको विपणीमा प्रदर्शित मूल्य प्रभावी रूपान्तरण किट जस्ता व्यावहारिक नवाचारलाई मन्त्री पूरीले विशेष रूपमा प्रकाश पारे। मन्त्री पूरीले निवेशक, निर्माता अनि उपभोक्ताहरूबीच सम्मिलनमाथि पनि सन्तुष्टि व्यक्त गरे, जुन, फ्लेक्स फ्युएल वाहनहरूको प्रदर्शनबाट स्पष्ट भएको थियो।

भारत-अमेरिका ऊर्जा सहकार्यमाथि बोल्दै मन्त्री पूरीले विशेष गरी प्राकृतिक ग्यासको क्षेत्रमा द्विपक्षीय सम्बन्धको उल्लेखनीय प्रगति भएको जानकारी दिए। अमेरिकासँग तरलीकृत प्राकृतिक ग्यासको (एलएनजी) आपूर्तिका लागि सम्बन्धको रणनीतिक महत्त्वमाथि बल दिँदै, भारतले ऊर्जाको मिश्रणमा प्राकृतिक ग्यासको खपतलाई वर्तमान 6 प्रतिशतबाट बढाएर 15 प्रतिशत पुऱ्याउने तय लक्ष्यबारे जानकारी दिए।

अनुसन्धान एवं उत्पादन (ई एवं पी) क्षेत्रमा सुधार विषयलाई सम्बोधित गर्दै मन्त्री पूरीले 2 लाख वर्ग किलोमिटर क्षेत्र समेट्दै ओपन एकरेज लाइसेन्सिङ प्रोग्राम (ओएएलपी) राउण्ड एक्सबारे विस्तृत जानकारी दिए। यस क्रममा बढ्दो रुचि नियामक शासनमा प्रणालीबद्ध सुधारको कारण रहेको र यो उत्पादनबाट राजस्व साझेदारी तन्त्रमा रूपान्तरण लगायत तेलक्षेत्र (अधिनियम एवं विकास) ऐन, 1948 मा प्रस्तावित संशोधनको कारण रहेको अवगत गराए।

यसका अतिरिक्त, विस्तृत परामर्शका साथ विकास गरिएको नयाँ विधान संरचना लोकसभामा पेश गरिने पनि मन्त्री पूरीले घोषणा गरे। अघिल्लो चरणको दाबीमा ओएनजीसीको बीपी र रिलायन्सका साथ साझेदारीले उद्योगको साझेदारीका लागि कडा सन्देश पठाएको पनि उनले उल्लेख गरे।

प्राथमिकताहरू रेखाङ्कित गर्दै मन्त्री पूरीले अनुसन्धान एवं उत्पादनमाथि ध्यान केन्द्रित गर्न बल दिनका साथै विशेषज्ञहरूसँगको सहकार्यको महत्त्व र क्षेत्रमा हितधारकलाई संसाधनको खोजका लागि उचित रूपमा क्षतिपूर्ति प्रदान गर्ने नियामक संरचनामा प्रस्तावित संशोधनबारे जानकारी दिए।

विशेष गरी अप्रत्याशित कर कार्यान्वयनको सन्दर्भमा, नीतिगत पूर्वानुमान सुनिश्चित गर्न, राज्यसभाद्वारा पारित संशोधनको महत्त्वबारे पनि मन्त्री पूरीले अवगत गराए। नीति कार्यान्वयनमा विवेकाधीन तत्त्व हटाउनु, ऊर्जा क्षेत्रमा अरू बढी पारदर्शिता ल्याउनु रहेको कुरामाथि उनले जोड दिए।

वैश्विक ऊर्जा परिदृश्यको चर्चा गर्दै मन्त्री पूरीले अमेरिकाको नयाँ प्रशासनले तेल आपूर्तिमा वृद्धि गर्न बल दिएको कुराले वैश्विक बजारमा अनुकूल परिस्थिति सिर्जना गरेको बताए। ब्राजिल, अर्जेन्टिना, सुरीनाम, क्यानाडा, अमेरिका र गुयानामा नयाँ तेल खानी पत्तो लाग्नु भारत जस्तो उपभोक्ता राष्ट्रको निम्ति लाभदायक हुने उनले बताए। ब्राजिल, भेनेजुएला, रूस र मोजाम्बिकमा तेल एवं ग्यास सम्पत्तिमा भारतको अन्तरराष्ट्रिय निवेशमाथि उनले पूर्ण विश्वास व्यक्त गरे।

बीस प्रतिशतभन्दा धेरै मिश्रण लक्ष्यको सम्भावनाबारे चर्चा गर्दै 1,700 करोड लिटरको वर्तमान क्षमताका साथ जैवइन्धन कार्यक्रम पूर्णरूपले उल्लेखनीय रहेको मन्त्री पूरीले चर्चा गरे। यसका साथै, वर्ष 2030 सम्म 5 एमएमटी वार्षिक उत्पादनतर्फ प्रगति गर्ने विश्वासका साथ हरित हाइड्रोजनबारे उत्साह व्यक्त गर्दै वहनीय उड्डयन इन्धन विकासबारे पनि उनले प्रकाश पारे।

केन्द्रिय पेट्रोलियम एवं प्राकृतिक ग्यास सचिव पङ्कज जैनले भारत ऊर्जा सप्ताह 2025 अन्तर्गत विभिन्न सत्रमा सम्पन्न कारोबारबारे विस्तृत जानकारी दिए। उनले सम्झौताहरूलाई विशेष क्षेत्र अनुरूप श्रेणीकरण गरे – विभिन्न भूगोलबाट काँचो तेल, एलएनजी र एलपीजीको आपूर्ति व्यवस्था; डिजिटल परिशोधनशाला समाधानका लागि प्राविधिक साझेदारी; र अन्वेषण सेवा।

यसका साथै, देशमा हाइड्रोकार्बन संसाधनको दोहनका लागि वैश्विक विशेषज्ञताको आवश्यकतामाथि बल दिँदै ओएएलपी राउण्ड एक्सको अप्रत्यासित परिमाणबारे पनि अवगत गराए। तेल उद्योग विकास ऐन अन्तर्गत स्थापित तेल उद्योग विकास निधिलाई गहिरो पानीभित्र अन्वेषण परियोजनाका लागि अभिनव वित्तपोषणका लागि उपयोग गर्नसकिने सम्भावनाबारे पनि उनले चर्चा गरे।

स्टार्टअप प्रतियोगिता अनि ह्याकाथन विजेताहरूलाई सम्मान :

पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्रालयको ध्वजवाहत पहल रहेको प्रतिष्ठित अविन्य-25 – ईनर्जी स्टार्टअप च्यालेञ्ज एवार्ड पनि मन्त्री हरदीपसिंह पूरी तथा पङ्कज जैनद्वारा प्रदान गरियो। अविन्य-25 द्वारा प्रमुख ऊर्जा चुनौतीलाई सम्बोधित गर्न पथप्रदर्शक समाधान पेश गर्ने स्टार्टअपलाई मान्यता प्रदान गरिन्छ।

मापनीय तथा मूल्य प्रतिस्पर्धी सीओ-2 ग्रहण एवं परिवर्तन समर्थ बनाउने रासायनिक उत्प्रेरक प्रविधिका लागि ऊर्जानोभा सी प्रा.लि. विजेता घोषित गरियो। प्रथम उपविजेता ब्रेथ ईएसजी प्रा. लि.-द्वारा एसएएएस मञ्च विकसित गरिएको छ, जसले ईएसजी रिपोर्टिङ, डिकार्बनाइजेशन रणनीति तथा अनुपालनलाई स्वचालित गर्दछ।

दोस्रो उपविजेता रहेको एग्रिविजयले कृषक अनि ग्रामीण परिवारका लागि भारतको प्रथम नविकरणीय ऊर्जा समाधानको निश्चित बजार स्थल शुरु गरेको छ। तेस्रो उपविजेताको स्थान प्राप्त गर्ने एपिरो ईनर्जीले लघु पवन चक्कीलाई सौर प्यानलसँग एकिकृत गरी हाइब्रिड माइक्रोग्रिड तयार गरेको थियो। चौथो उप विजेता रहेको युग्रीन टेक्नोलजीले कुशल कार्बन ग्रहणका लागि सीओ-2 रिएक्टिभिटी बढाउने मोलिक्युलर ईञ्जिनियरिङ पद्धति तयार गरेको थियो।

यसका अतिरिक्त, मन्त्रालयले प्रतिप्रवाह तेल एवं ग्यास क्षेत्रमा क्रान्ति ल्याउने विशेष रूपमा विदेशका स्टार्टअप्सका लागि वसुधा – तेल एवं ग्यास स्टार्टअप च्यालेञ्ज शुरु गरेको थियो। कूल 13 वटा देशका 17 वटा प्रविष्टिमध्ये, दुई दूरदर्शी स्टार्टअप्सलाई मान्यता प्रदान गरियो।

पेरागुएको लेटिन ईनर्जी पार्टनर्स इङ्क प्रतियोगिताको विजेता घोषित गरियो भने, अमेरिकाको अल्ट्रासाउण्ड प्रोसेस कन्सल्टेशन एलएलसी, युएसएलाई उप विजेता घोषित गरियो। तेल एवं ग्यासको अन्वेषणमा तिनीहरूको नवाचार, एआइ आधारित उत्पादन प्रबन्धन, ईएसजी अनुपालन, सीसीयुएस प्रविधि तथा भूतापीय अन्वेषणको धेरै नै प्रशंसा गरियो।

अनुसन्धान एवं प्राविधिक नवाचारलाई प्रोत्साहित गर्दै, आइआइटी दिल्ली, मुम्बई, मद्रास, गुवाहाटी, रूडकी, खडगपुर र आइएसएम धनबादसहित सात शीर्ष आइआइटीबीच ह्याकाथन आयोजित गरिएको थियो। सीसीयुएस र नविकरणीय ऊर्जाको क्षएत्रमा अग्रगामी सोच एवं समाधानलाई अघि बढाउन प्रतियोगिता लक्षित रहेको थियो। आइआइटी (आइएसएम) धनबाद विजेता र आइआइटी गुवाहाटी उपविजेता घोषित गरियो।

भारत ऊर्जा सप्ताह 2025 बारे

भारत ऊर्जा सप्ताह अर्को एउटा समान्य उद्योग सम्मेलनभन्दा व्यापक बनाउने हिसाबले परिकल्पना गरिएको थियो। यो वैश्विक ऊर्जा संवादलाई पुनःपरिभाषित गर्ने गतिशील मञ्चको रूपमा तयार गरिएको थियो। केवल दुई वर्षभित्र, स्ववित्तपोषित यस पहलले निश्चित रूपमा त्यसलाई हासिल गर्दै विश्वको दोस्रो विराट ऊर्जा कार्यक्रम बन्नपुगेको छ। नयाँ दिल्लीको यशोभूमिमा 11 देखि 14 फेब्रुअरी 2025 सम्म आयोजित तेस्रो संस्करणले वैश्विक ऊर्जा विमर्शलाई आकार दिने सन्दर्भमा महत्त्वपूर्ण कोशेढुङ्गा प्रतिनिधित्त्व गर्दछ।

********


(Release ID: 2103576) Visitor Counter : 17