संस्कृति मन्त्रालय
azadi ka amrit mahotsav

महाकुम्भ 2025: 15 लाख विदेशी पर्यटक सहित 45 करोडभन्दा अधिक श्रद्धालुहरू उपस्थित हुने अपेक्षा गरिएको छ; किन्नर अखाडा सहित 13 अखाडा महाकुम्भ 2025 मा सहभागी लिनेछन्


यो कार्यक्रमले भारतीय अर्थतन्त्रमा लगभग 2 लाख करोड रुपियाँको महत्त्वपूर्ण योगदान पुर्याउनेछ; जात, धर्म र सांस्कृतिक विविधताबीच एकतालाई बढ़ावा दिनेछ

Posted On: 20 JAN 2025 8:30PM by PIB Gangtok

विदेशी पत्रकारहरूलाई आज नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको जवाहरलाल नेहरू भवनमा महाकुम्भको आध्यात्मिक, सांस्कृतिक र आर्थिक महत्त्वको बारेमा जानकारी गराइएको थियो। यो ब्रिफिङमा विदेश मन्त्रालय र उत्तर प्रदेश सरकारका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।

यो कार्यक्रममा विश्वभरिबाट दश लाखभन्दा अधिक श्रद्धालुहरू आउने अपेक्षा गरिएको छ, यसलाई धर्म, संस्कृति र आत्म-खोजको प्रतीकको रूपमा वर्णन गरिएको थियो। उत्तर प्रदेश सरकारका अधिकारीहरूले महाकुम्भ 2025 को स्तरको बारेमा विस्तृत जानकारी प्रदान गरे, जसले यसको विश्वको सबैभन्दा ठूलो धार्मिक समागमको रूपमा यसको स्थितिमाथि जोड दिएको छ।

विदेश मन्त्रालय र उत्तर प्रदेश सरकारद्वारा संयुक्त रूपमा आयोजित यस कार्यक्रमले महाकुम्भको आध्यात्मिक र सांस्कृतिक महत्त्वलाई प्रकाश पारेको छ। यो कार्यक्रम 13 जनवरीदेखि 26 फरवरी, 2025 सम्म चल्ने छ। यसको उत्पत्ति पौराणिक समुद्र मन्थन (समुद्र मन्थन) बाट भएको हो, जहाँ प्रयागराज, हरिद्वार, उज्जैन र नासिकमा अमृतका बुँदाहरू खसेका थिए। पवित्र स्नान आत्माको शुद्धीकरण र आत्म-साक्षात्कारको प्रतीक हो।

सरकारको अनुमान अनुसार, महाकुम्भ 2025 मा 45 करोडभन्दा अधिक श्रद्धालुहरू उपस्थित हुने आशा गरिएको छ, जसमा लगभग 15 लाख विदेशी पर्यटकहरू सामेल हुनेछन्। यसको तुलनामा, 2019 को कुम्भ मेलामा 25 करोड मानिसहरू उपस्थित भएका थिए। यो कार्यक्रमलाई एकता र समानताको एक मञ्चको रूपमा प्रचार गरिएको छ, जसले विविध संस्कृति र परम्पराका मानिसहरूलाई एक साथ ल्याउँछ।

विदेशी मिडियासँग कुराकानी गर्दै उत्तर प्रदेशका अधिकारीहरूले उल्लेख गरे कि महाकुम्भमा उपस्थित हुने मानिसहरूको सङ्ख्यामा मामिलामा यो अन्य प्रमुख वैश्विक कार्यक्रमहरूलाई उछिनेर अघि आएको छ। रियो कार्निभलमा 70 लाख, हजमा 25 लाख र अक्टोबरफेस्टमा 72 लाख मानिए आएका थिए भने महाकुम्भ 2025 मा 45 करोड मानिस सहभागी हुने अनुमान गरिएको छ। यसले विश्वका सबैभन्दा ठूला जमघटहरू मध्ये एकको रूपमा यसको अनुपम स्तर र वैश्विक महत्त्वलाई प्रकाश पार्छ।

महाकुम्भ 2025 ले भारतको अर्थतन्त्रमा 2 लाख करोड रुपियाँसम्मको योगदान पुर्याउँदै एक महत्त्वपूर्ण आर्थिक बढ़ावा दिनका लागि तयार छ। उत्तर प्रदेशको जीडीपीमा 1% भन्दा अधिकको वृद्धि हुने अपेक्षा गरिएको छ। दैनिक आवश्यक वस्तुहरूको व्यापार 17,310 करोड रुपियाँ हुने अनुमान गरिएको छ, जसमा होटल र यात्रा क्षेत्र 2,800 करोड रुपियाँसम्म पुग्न सक्नेछ। धार्मिक सामग्री र फूलहरूबाट क्रमशः 2,000 करोड रुपियाँ र 800 करोड रुपियाँको आय हुने अनुमान गरिएको छ।

एक सुचारू तथा सुरक्षित कार्यक्रम सुनिश्चित गर्नका लागि प्रयागराजमा व्यापक पूर्वाधार विकास गरिएको छ। प्रमुख परियोजनाहरूमा 14 नयाँ फ्लाईओभर, 9 स्थायी घाट, 7 नयाँ बस स्टेशन र 12 किलोमिटर लामो अस्थायी घाट सामेल छन्। सुरक्षा व्यवस्थालाई कडा पारिएको छ, जसमा 37,000 पुलिसकर्मी, 14,000 होमगार्ड र 2,750 एआई आधारित सीसीटीभी क्यामेरा तैनाथ गरिएको छ।

स्वास्थ्य सेवाहरूमा 6,000 शैया, 43 अस्पताल र एयर एम्बुलेन्स सामेल छन्। यस अतिरिक्त, कार्यक्रमको समयमा सरसफाइ कायम राख्नका लागि 10,200 सफाइ कर्मचारी र 1,800 गङ्गा सेवादूत तैनाथ गरिएको छन्।

महाकुम्भ 2025 मा किन्नर अखाडा, दशनाम संन्यासिनी अखाडा र महिला अखाडा सहित 13 अखाडाले पनि भाग लिइरहेका छन्। यी अखाडाहरू लैङ्गिक समानता र प्रगतिशील दृष्टिकोणका प्रतीक हुन् अनि यो कार्यक्रमले जाति, धर्म र सांस्कृतिक विविधतामा एकतालाई बढ़ावा दिनेछ। आफ्नो धार्मिक महत्त्वभन्दा इतर, महाकुम्भले वैश्विक मञ्चमा भारतको समृद्ध सांस्कृतिक सम्पदा र आर्थिक समृद्धि प्रदर्शन गर्ने एक मञ्च प्रदान गर्दछ।

*********


(Release ID: 2094819) Visitor Counter : 36