संस्कृति मन्त्रालय
महाकुम्भ 2025 मा भाग लिने सांस्कृतिक कलाकार
कलात्मक परम्परालाई आध्यात्मिकतामा गाँस्नु
Posted On:
09 JAN 2025 6:15PM by PIB Gangtok
विश्वको सबैभन्दा विराट आध्यात्मिक समागममध्ये एक महाकुम्भ मेपला नदीहरूको सङ्गम मात्र नभेर संस्कृति, परम्परा अनि कलात्मक अभिव्यक्तिको पनि सङ्गम हो। प्रत्येक बाह्र वर्षमा आयोजित हुने महाकुम्भको यस भव्य आयोजनले धर्म र अध्यात्मको सीमादेखि माथि भारतको समृद्ध सांस्कृतिक विरासतलाई प्रदर्शित गर्नका लागि एउटा विशिष्ट मञ्च प्रदान गर्दछ। यसका कैयौं आयाममा सांस्कृतिक कलाकारहरूको प्रदर्शनले विशेष स्थान राख्दछ, जसले आफ्नो सङ्गीत, नृत्य र नाट्य प्रस्तुतिद्वारा लाखौं जनमानसलाई मन्त्रमुग्ध गरी आस्था, भक्ति र इतिहासका कथाहरू सुनाउने गर्दछन्। शास्त्रीय नृत्यदेखि लिएर लोक परम्परासम्म, यी कलाकारहरूले भारतको सांस्कृतिक विविधताको जीवन्त ताना-बाना बुन्ने गर्दछन्, जसले श्रद्धालु अनि आगन्तुकहरूको आध्यात्मिक अनुभवलाई बढाउने गर्दछ।

उत्तर प्रदेश सरकारले महाकुम्भ मेला 2025 मा प्रस्तुति दिनका लागि देशभरीका विभिन्न कलाकारलाई आमन्त्रित गरेको छ। यी कलाकारहरूका प्रस्तुति 16 जनवरी 2025 देखि शुरु भई 24 फेब्रुअरी 2025 सम्म चल्नेछ। पहिलो दिन शङ्कर महादेवनले यस भव्य सांस्कृतिक कार्यक्रमको उद्घाटन अवसरमा आफ्नो प्रस्तुति दिनेछन् भने मोहिन चौहानले अन्तिम दिन प्रस्तुति दिनेछन्। कैलाश खेर, शान मुखर्जी, हरिहरन, श्रीमती कविता कृष्णमूर्ति, श्रीमती कविता सेठ, ऋषभ रिखीराम शर्मा, श्रीमती शोभना नारायण, डा. एल सुब्रमण्यम, विक्रम घोष, श्रीमती मालिनी अवस्थी लगायत कैयौं अन्य प्रसिद्ध कलाकारलाई यस महाकुम्भमा मन्त्रमुग्ध गर्न र शानदार आध्यात्मिक वातावरण बनाउन आमन्त्रित गरिएका छन्।

महाकुम्भ मेलामा सांस्कृतिक कलाकारहरू आध्यात्मिकता अनि कलात्मक अभिव्यक्तिको सामञ्जस्यपूर्ण मिश्रणका प्रतीक हुन्। यी कलाकारहरूका प्रस्तुतिले लाखौं जनमानसको हृदयमा अमेट छाप छोड्नका साथै भाषिक अनि क्षेत्रीय बाधा पार गर्दै मानिसहरूलाई साझा विस्मय र श्रद्धामा एकजुट गर्दछ। जसै-जसै धुन, शारीरिक लय अनि कथाहरू महाकुम्भको पवित्र मैदानमा गुञ्जिन्छ, सांसारिकता अनि दिव्यताबीच एउटा सेतुका रूपमा संस्कृतिको शाश्वत शक्तिको पुष्टि गर्दछ। कलात्मकताको यस उत्सवको माध्यमद्वारा महाकुम्भ एउटा तीर्थयात्राभन्दा व्यापक एउटा अविस्मरणीय सांस्कृतिक यात्रामा परिणत हुँदछ। महाकुम्भ 2025 मा प्रदर्शनी गर्ने कलाकारहरूको सूचीका लागि कृपया तल दिइएको लिङ्कमा जानुहोस् :
https://drive.google.com/file/d/1oWHyhakcdnB-ZIsTMNrLul_WM-b5Dc4Q/view?usp=sharing
******
सन्दर्भ :
सूचना एवं जनसम्पर्क विभाग (डीपीआइआर), उत्तर प्रदेश सरकार
पीडीएफका लागि यहाँ क्लिक गर्नुहोस्
(Release ID: 2092408)
Visitor Counter : 49