आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीईए)
azadi ka amrit mahotsav

क्याबिनेटद्वारा 2024-25 मा अर्थोपाय अग्रिमलाई ईक्विटीमा परिवर्तित गरी भारतीय खाद्य निगममा ₹10,700 करोड बराबर ईक्विटी निवेश गर्न अनुमोदन


Posted On: 06 NOV 2024 3:15PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आर्थिक मामिलाको मन्त्री मण्डलीय समितिले (सीसीईए) भारतीय खाद्य निगममा (एफसीआइ) वित्तीय वर्ष 2024-25 मा कार्यशील पूँजीका लागि 10,700 करोड ईक्विटी निवेश गर्न अनुमोदन गरेको छ। यस निर्णयको उद्देश्य कृषि क्षेत्रलाई बढावा दिनका साथै देशभरीका किसानहरूको कल्याण सुनिश्चित गर्नुरहेको छ। यस रणनीतिक कदमले किसानहरूलाई समर्थन दिनका साथै भारतको कृषि अर्थव्यवस्थालाई सुदृढ बनाउन सरकारको दृढ प्रतिबद्धता दर्शाउँदछ।

एफसीआइले 1964 मा 100 करोडको अधिकृत पूँजी अनि 4 करोडको ईक्विटीका साथ आफ्नो यात्रा शुरु गरेको थियो। एफसीआइको सञ्चालनमा कैयौं गुणा वृद्धि भएको छ, जसको परिणामस्वरूप फेब्रुअरी 2023 मा अधिकृत पूँजी 11,000 करोडबाट बढेर 21,000 करोड पुगेको थियो। वित्तीय वर्ष 2019-20 मा एफसीआइको ईक्विटी 4,496 करोड थियो, जुन वित्तीय वर्ष 2023-24 मा बढेर 10,157 करोड पुगेको थियो। अब भारत सरकारले एफसीआइका लागि 10,700 करोडको महत्त्वपूर्ण ईक्विटीलाई स्वीकृति दिएको छ, जसले यसलाई वित्तीय रूपमा सुदृढ बनाउनेछ र यसको परिवर्तनका लागि गरिएका पहलहरूलाई धेरै टेवा प्रदान गर्नेछ।

एफसीआइले न्यूनतम समर्थन मूल्यमा (एमएसपी) खाद्यान्नहरूको खरिद, रणनीतिक खाद्यान्न भण्डारको रखरखाउ, कल्याणकारी उपायका लागि खाद्यान्न वितरण अनि बजारमा खाद्यान्नको मूल्य स्थिरिकरणको माध्यमद्वारा खाद्य सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ।

आफ्नो अधिदेशलाई प्रभावी ढङ्गले पूरा गर्न ईक्विटीको निवेश एफसीआइको परिचालन क्षमतालाई बढाउने दिशामा एउटा महत्त्वपूर्ण कदम हो। एफसीआइले धनराशिको आवश्यतासित जोडिएका कमी पूरा गर्नका लागि अल्पकालिक ऋणको सहारा लिने गर्दछ। यस निवेशले ब्याजको भार घटाउन सघाउ पुग्नेछ भने अन्ततः भारत सरकारको सब्सिडी पनि कम्ति हुनेछ।

एमएसपी आधारित खरिद अनि एफसीआइको परिचालन क्षमतामा निवेशप्रति सरकारको दोहोरो प्रतिबद्धता, किसानहरूलाई सशक्त बनाउन, कृषि क्षेत्रलाई बलियो बनाउन र राष्ट्रका लागि खाद्य सुरक्षा सुनिश्चित गर्ने दिशामा एउटा सहयोगात्मक प्रयासको प्रतीक हो।

******


(Release ID: 2071263) Visitor Counter : 26