पर्यटन मन्त्रालय

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले संसदका दुई सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै भनिन्, भारतमा सम्पदा पर्यटनप्रति विश्वको चासो बढ्दै गएको छ


प्राण प्रतिष्ठाको 5 दिनमा 13 लाख भक्तजनले अयोध्या धामको दर्शन गरिसकेका छन्

पछिल्लो एक वर्षमा 8.5 करोड मानिसले काशी भ्रमण गरेका छन्

5 करोडभन्दा अधिकले महाकालको दर्शन गरिसकेका छन्

19 लाखभन्दा अधिकले केदारधामको दर्शन गरिसकेका छन्

उत्तर पूर्वमा रेकर्ड पर्यटक आगमन भइरहेको छ; अण्डमान-निकोबार र लक्षद्वीप टापुहरूलाई लिएर उत्साह बढ़िरहेको छ: राष्ट्रपति

Posted On: 31 JAN 2024 3:01PM by PIB Gangtok

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आज यहाँ संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेकी छन्। राष्ट्रपतिले आफ्नो सम्बोधनमा देशभरिमा पर्यटन क्षेत्र, तीर्थ स्थल र ऐतिहासिक स्थलहरूको विकासका लागि पछिल्ला 10 वर्षको अधिमा भारत सरकारद्वारा गरिएका उपलब्धि र विभिन्न पहलका बारेमा प्रकाश पारिन्।

आफ्नो सम्बोधनमा राष्ट्रपतिले भनिन्, “युवालाई रोजगारी दिने ठूलो क्षेत्र पर्यटन हो। विगत 10 वर्षमा मेरो सरकारले पर्यटनको क्षेत्रमा अभूतपूर्व काम गरेको छ। भारतमा आन्तरिक पर्यटकको सङ्ख्याका साथ साथै भारत आउने विदेशी पर्यटकको सङ्ख्या पनि बढेको छ।

राष्ट्रपतिले भनिन्, “पर्यटन क्षेत्रमा वृद्धिको कारण भारतको बढ्दो कद हो। आज विश्वले भारतलाई खोज्न र जान्न चाहेको छ। यसका साथै उत्कृष्ट कनेक्टिभिटीका कारण पर्यटनको दायरा पनि बढेको छ। विभिन्न ठाउँमा विमानस्थल निर्माण गर्दा पनि फाइदाजनक हुन्छ। अहिले उत्तर पूर्वी क्षेत्रमा कीर्तिमानी पर्यटकको आगमन भइरहेको छ। अब अण्डमान-निकोबार र लक्षद्वीप टापुहरूको बारेमा बढ्दो उत्साह छ।

सरकारले देशभरिका तीर्थ स्थल र ऐतिहासिक स्थलको विकासमा जोड दिएको छ। यसले अब भारतमा तीर्थयात्रा गर्न सहज भएको छ। यसैगरी, भारतमा सम्पदा पर्यटनप्रति विश्वको चासो बढ्दो छ। पछिल्लो एक वर्षमा 8.5 करोड मानिसले काशी भ्रमण गरेका छन्। 5 करोडभन्दा अधिक मानिसले महाकालको दर्शन गरेका छन्। 19 लाखभन्दा अधिकले केदारधामको दर्शन गरेका छन्। प्राण प्रतिष्ठाको 5 दिनमा 13 लाख भक्तजनले अयोध्या धामको दर्शन गरेका छन्। भारतको पूर्व-पश्चिम-उत्तर-दक्षिण प्रत्येक भागमा तीर्थ स्थलहरूमा सुविधाको अभूतपूर्व विस्तार भएको छ”, राष्ट्रपतिले भनिन्।

राष्ट्रपतिले अझ भने, “सरकारले पनि भारतलाई बैठक र प्रदर्शनी सम्बन्धित क्षेत्रहरूको लागि अग्रणी गन्तव्य बनाउन चाहेको छ। यसका लागि भारत मण्डपम, यशोभूमि जस्ता सुविधा निर्माण गरिएको छ। निकट भविष्यमा पर्यटन रोजगारीको प्रमुख स्रोत बन्नेछ।

*****



(Release ID: 2000950) Visitor Counter : 55