मन्त्रीमण्डल
क्याबिनेटले तीन श्रेणी अन्तर्गत कोइला ग्यासीकरण परियोजनाहरूको लागि प्रोत्साहनको दिशामा सरकारी सार्वजनिक उपक्रम र निजी क्षेत्रको कोइला / लिग्नाइट ग्यासीकरण परियोजनाहरूलाई बढ़ावा दिने योजनालाई मजुरी दिएको छ
Posted On:
24 JAN 2024 6:08PM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षतामा सम्पन्न भएको मन्त्रीपरिषद्ले तीन श्रेणी अन्तर्गत कोइला ग्यासीकरण परियोजनाहरूका लागि प्रोत्साहन दिन 8,500 करोड़ रुपियाँको परिव्ययका साथ सरकारी सार्वजनिक उपक्रम र निजी क्षेत्रका कोइला / लिग्नाइट ग्यासीकरण परियोजनाहरूलाई बढ़ावा दिने योजनालाई मञ्जुरी दिएको छ।
क्याबिनेटले निम्नानुसार यी योजनालाई मञ्जुरी दिएको छ:
- तीन श्रेणी अन्तर्गत कोइला ग्यासीकरण परियोजनाहरूका लागि वित्तीय सहायताको रूपमा कुल 8,500 करोड रुपियाँको परिव्यय प्रदान गरिनेछ।
- श्रेणी I मा, सरकारी सार्वजनिक उपक्रमहरूका लागि 4,050 करोड रुपियाँको प्रावधान गरिएको छ, जसमा 3 परियोजनासम्म 1,350 करोड रुपियाँ वा पूँजीगत व्ययको 15%, जुन कम हुन्छ, त्यसको एकमुष्ट अनुदान प्रदान गरिनेछ।
- श्रेणी II मा, निजी क्षेत्रका साथ साथै सरकारी सार्वजनिक उपक्रमहरूका लागि 3,850 करोड रुपियाँको प्रावधान गरिएको छ जसमा प्रत्येक परियोजनाको लागि 1,000 करोड रुपियाँ वा पूँजीगत व्ययको 15%, जुन कम हुन्छ, त्यसको एकमुष्ट अनुदान प्रदान गरिनेछ। ट्यारिफ आधारित बोली प्रक्रियामा कम से कम एउटा परियोजनाका लागि बोली लगाइनेछ र यसको मापदण्ड नीति आयोगको परामर्शमा तयार गरिनेछ।
- श्रेणी III मा, प्रदर्शन परियोजनाहरू (स्वदेशी प्रविधि) र/वा साना स्तरमा उत्पाद आधारित ग्यासीकरण संयन्त्रहरूका लागि 600 करोड रुपियाँको प्रावधान गरिएको छ जस अन्तर्गत 100 करोड रुपियाँ वा पूँजीगत व्ययको 15% एकमुष्ट अनुदान प्रदान गरिनेछ, जुन कम हुन्छ, चयन गरिएको संस्थालाई दिइनेछ जसको न्यूनतम पूँजीगत व्यय 100 करोड रुपियाँ तथा न्यूनतम उत्पादन 1500 एनएम3/घण्टा सिन ग्यास हुनेछ।
- श्रेणी II र III अन्तर्गतका संस्थाहरूको छनोट प्रतिस्पर्धात्मक तथा पारदर्शी बोली प्रक्रियाको माध्यमद्वारा गरिनेछ।
- छनोट भएको संस्थालाई अनुदान दुई समान किस्तामा भुक्तानी गरिनेछ।
- कोइला सचिवको अध्यक्षतामा ईजीओएल योजनाको तौर तरिकामा आवश्यक कुनै पनि परिवर्तन गर्नका लागि पूर्ण रूपमा अधिकारसम्पन्न हुनेछ जुन शर्तमा समग्र वित्तीय परिव्यय 8,500 करोड रुपियाँभित्र रहन्छ।
*****
(Release ID: 1999269)
Visitor Counter : 73
Read this release in:
English
,
Urdu
,
Hindi
,
Marathi
,
Assamese
,
Bengali-TR
,
Bengali
,
Manipuri
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam