युवा मामिला तथा खेलकुद मन्त्रालय

अनुराग ठाकुरले खेलकुद विज्ञान सम्मेलनमा पारा एथलिटहरूप्रति प्रतिबद्धता दोहोर्याए


सम्मेलनमा प्रमुख विषयहरूमाथि प्यानल चर्चा र व्याख्यानमा धेरै प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो

Posted On: 13 DEC 2023 5:43PM by PIB Gangtok

खेलकुदमा समावेशिता तथा प्रगतिप्रति प्रतिबद्धताको एक शानदार प्रदर्शनमा खेलकुद विज्ञान सम्मेलन, खेलो इण्डियासँगको सहकार्यमा राष्ट्रिय खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र (एनसीएसएसआर) द्वारा आयोजन गरिएको दुई दिने कार्यक्रम खेलो इण्डिया पारा खेलको सफलताको लागि चर्चा तथा र रणनीति निर्माण गर्नका लागि एक महत्त्वपूर्ण मचको रूपमा उभिएको छ।

यस महत्त्वपूर्ण पहलको अग्रभागमा केन्द्रीय युवा मामिला तथा खेलकुद मन्त्री श्री अनुराग सिंह ठाकुर छन्।

बुधवार इन्दिरा गान्धी स्टेडियममा खेलकुद विज्ञान सम्मेलनको उद्घाटनको दिन विशेष रूपमा दिव्याङ्ग एथलिटहरूका लागि खेलकुद कार्यक्रममा ध्यान केन्द्रित गरेर परम्परागत सीमा पार गर्दै भारतको विकसित खेल परिदृश्यका लागि एक प्रमाणको रूपमा कार्य गरियो।

श्री ठाकुरले पारा एथलिटहरूका लागि समावेशिता तथा समान अवसरको वकालत गरेका छन्। एनसीएसएसआरले महत्वपूर्ण सम्मेलन आयोजना गरेको देख्न पाउनु साँच्चै उत्साहजनक छ जहाँ सरोकारवालाहरूले सक्षम तथा पारा एथलिटहरू दुवैको प्रक्षेप पथलाई आकार दिनका लागि एकत्रित हुन्छन्। एक समावेशी दृष्टिकोण प्रचलित छ, जसमा सबै एथलिटहरूलाई समान सुविधा र सम्मान प्रदान गरिन्छ, जसले कुनै पनि कथित भेदलाई समाप्त गर्दछ।

“सम्मेलनको विषयवस्तु, ‘लिमिटलेस होराइजन्स’, ‘हौसलो की उडान’ को उच्च भावनाका साथ गहिराइले मेल खाँदछ। यो एक समर्पित प्लेटफर्म हो जसले खेलकुदको क्षेत्रमा भारतलाई अगाडि बढाउनका लागि विभिन्न दिव्याङ्ग भएका र पारा एथलिटहरूका लागि खेलकुद विज्ञानलाई चिन्ने र छलफल गर्नेछ”, श्री ठाकुरले भने।

“खेलो इण्डिया यूथ गेम्स र खेलो इण्डिया युनिभर्सिटी गेम्ससँग खेलो इण्डिया पारा गेमको एकीकरणले माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी दृष्टिकोणलाई झल्काउँछ र खेलकुदमा समावेशिता तथा समानताप्रतिको उनको प्रतिबद्धतालाई पुष्टि गर्छ।

“यसका साथै, म यो साझा गर्न पाउँदा खुशी छु कि लक्ष्य ओलम्पिक पोडियम योजना (टप्स) अन्तर्गत 49 पारा एथलिटहरूाई बस्ने, भोजन र प्रशिक्षण सहित व्यापक समर्थन प्राप्त हुनेछ, जुन भारत सरकारद्वारा कभर गरिएको हुन्छ।

डा. दीपा मलिक (पारालम्पिक कमिटी अफ् इण्डियाकी अध्यक्ष), श्री अङ्कुर धामा (पारा लामो दुरीका धावक), सुश्री भावना पटेल (पारा टेबल टेनिस एथलिट), श्री वी के डब्बास (पारा स्विमिङ कोच), डा. पियरे ब्युच्याम्प (एचपीडी एनआरएआई), डा. ईशा जोशी (खेलकुद फिजियोथेरापिस्ट) र डा. अमेय कागली (खेलकुद मेडिसिन) जस्ता धेरै प्रतिष्ठित व्यक्तित्वहरूले आफ्नो सहभागिताद्वारा यस अवसरको शोभा बनाए।

सम्मेलनका केन्द्रीय विषयवस्तुहरू मध्ये एक - ‘असीमित क्षितिज: शिखर प्रदर्शनका लागि खेलकुद विज्ञान’, प्रदर्शनलाई बढ़ाउन र समग्र विकास सुनिश्चित गर्नका लागि उत्प्रेरकको रूपमा खेलकुद विज्ञानको लाभ उठाउने वरिपरि घुमेको थियो। सम्मेलनले पारा एथलिटहरूको अद्वितीय आवश्यकता अनुरूप तयार पारिएको प्रशिक्षण विधि, अत्याधुनिक प्रविधि, वैज्ञानिक प्रगतिमाथि पनि सावधानीपूर्वक प्रस्तुत गरेको थियो।

यस अतिरिक्त, सम्मेलनको शुरुआती दिनमा पारा खेलकुद र खेलकुद विज्ञान: सफलताको कड़ी र पारा एथलिटहरूको मनोवैज्ञानिक आवश्यकता बुझ्ने जस्ता विषयहरूमा प्यानल चर्चा भयो, जसले पारा खेलहरूमा वर्गीकरणको अवलोकन जस्ता विभिन्न विषयमा व्याख्यान पनि भए ः पारा खेलकुदमा जानकारी र महत्त्व, प्राविधिक र वैज्ञानिक सहयोग र पारा खेलकुदमा खेलकुद सुशासन आदि थिए।

खेलो इण्डिया पारा गेम्स 2023 को बारेमा

उद्घाटन खेलो इन्डिया पारा गेम्स 2023 भारत सरकारको खेलो इण्डिया पहलको नवीनतम संयोजन हो। जमिनी स्तरमा खेलकुदलाई बलियो बनाउने उद्देश्यका साथ खेलो इण्डिया पारा गेम्सले दिव्याङ्गताको सामना गर्ने प्रत्येक खेलाडीलाई सशक्त बनाउन चाहेको छ। यस प्रयासको केन्द्रमा शून्यता र समावेशिताका साथ केआईपीजीका अन्तर्राष्ट्रिय पारा आयोजनमा भारतलाई गर्व गर्ने च्याम्पियनहरूको पहिचान गर्ने र तयार गर्ने मिशन पनि हो।

10 देखि 17 दिसम्बरसम्म नयाँ दिल्लीका तीन स्थानमा केआईपीजी 2023 आयोजना हुँदैछ। खेलहरूमा लगभग 1,400 खेलाडीहरूले सहभागिता जनाउनेछन्। यी एथलिटले एथलेटिक्स, सुटिङ, आर्चेरी, फुटबल, ब्याडमिन्टन, टेबल टेनिस र पावर लिफ्टिङ गरी सात विधामा भाग लिनेछन्।

खेलो इण्डिया पारा गेम्सका लागि प्रमुख प्रायोजक दीपाली स्पोर्ट्स हो, जो दीपाली डिजाइन एण्ड एक्जिबिट्सको एक प्रभाग हो।

यो कार्यक्रम सीआईआईको पहल आईबीडीएनद्वारा सञ्चालित छ र सूर्या रोशनी लिमिटेडद्वारा सह-सञ्चालित छ।

*****



(Release ID: 1986143) Visitor Counter : 70