उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय

गहुँ र आटाको मूल्यलाई नियन्त्रित गर्नका लागि केन्द्रले रु. 27.50 प्रतिकिलो भन्दा अधिकको एमआरपीमा ‘भारत आटा’ प्रस्ताव गरिरहेको छ


उपभोक्ताहरूका लागि ‘भारत आटा’ केन्द्रीय भण्डार, नेफेड, एनसीसीएफ र राज्य सरकारहरूको सहकारी समितिहरूको भौतिक र मोबाइल आउटलेटमा उपलब्ध छ।

Posted On: 06 DEC 2023 5:48PM by PIB Gangtok

गहुँ र आटाको मूल्यलाई नियन्त्रित गर्नका लागि अर्धसरकारी तथा सहकारी संस्थाहरू जस्तै केन्द्रीय भण्डार, भारतको राष्ट्रिय सहकारी उपभोक्ता महासङ्घ लिमिटेड (एनसीसीएफ) र भारतको राष्ट्रिय कृषि सहकारी मार्केटिङ फेडरेशन लिमिटेड (एनएएफईडी) खुल्ला बजार बिक्री योजना िओएमएसएस (डीर्)ें अन्तर्गत आटामा परिवर्तित गर्न र यसलाई ‘भारत आटा’ ब्राण्ड अन्तर्गत जनतालाई बिक्रीका लागि 27.50 रुपियाँ प्रति किलोग्रामभन्दा अधिक एमआरपीमा पेश गर्ने प्रस्ताव गरेको छर्। केन्द्रीय भण्डार, एनएएफईडी, एनसीसीएफ र राज्य सरकारका सहकारी समितिहरूको भौतिक तथा मोबाइल आउटलेटको माध्यमद्वारा आम उपभोक्ताहरूलाई सस्तो दरमा आटा उपलब्ध गराउने उद्देश्य रहेको छ।

यी सङ्गठनहरूले भारत आटालाई अधिकतम 27.50 रुपियाँ प्रति किलोग्रामको अधिकतम खुद्रा मूल्यमा बिक्रीका लागि पेश गरिएको छ, जुन आटाको अखिल भारतीय औसत खुद्रा मूल्यभन्दा कम हो।

केन्द्रीय पूलमा 16 नोभेम्बर 2023 सम्म गहुँको भण्डार 209.85 लाख टन छ।

भारत सरकारले केन्द्रीय/राज्य सहकारी एजेन्सीहरूद्वारा आटा प्रशोधन र बिक्रीको लागि देशभरिका भौतिक/मोबाइल खुद्रा आउटलेटहरूोक माध्यमद्वारा गहुँ उपलब्ध गराउँदै आएको छ।

यो जानकारी केन्द्रीय उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरण राज्य मन्त्री सुश्री साध्वी निरञ्जन ज्योतिले आज लोकसभामा लिखित जवाफमा दिएकी हुन्।

***



(Release ID: 1983417) Visitor Counter : 47


Read this release in: English , Urdu , Marathi , Hindi