प्रधानमन्त्रीको कार्यालय

चन्द्रयान-3 ले हाम्रो देशको आशा अनि सपना साकार गर्नेछ : प्रधानमन्त्री


Posted On: 14 JUL 2023 11:47AM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको तेस्रो चन्द्र मिशन चन्द्रयान -3 को महत्त्व उल्लेख गरेका छन्। ट्वीटको एउटा शृङ्खलामा प्रधानमन्त्रीले भनेका छन् : जहाँसम्म भारतको अन्तरिक्ष क्षेत्रको प्रश्न छ, 14 जुलाई 2023 सधैं स्वर्णिम अक्षरमा अङ्कित रहनेछ्। हाम्रो तेस्रो चन्द्र मिशन चन्द्रयान-3 ले आफ्नो यात्रा शुभारम्भ गर्नेछ। यस उल्लेखनीय मिशनले हाम्रो देशको आशा र सपनालाई अघि बढाउनेछ।

कक्षामा पठाउने प्रक्रियापछि चन्द्रयान-3 लाई चन्द्र स्थानानतरण प्रक्षेप पथमा पठाइनेछ। तीन लाख किलोमिटरभन्दा धेरैको दूरी तय गर्दै यो आउँदो हप्ता चन्द्रमामा पुग्नेछ। चन्द्रयानमा रहेका वैज्ञानिक उपकरणले चन्द्रमाको सतहको अध्ययन गरी हाम्रो ज्ञान बढाउनेछ।

हाम्रा वैज्ञानिकहरूलाई धन्यवाद, अन्तरिक्ष क्षेत्रमा भारतको इतिहास अति नै समृद्ध छ। चन्द्रयान-1 लाई वैश्विक चन्द्र मिशनमा एउटा पथ प्रदर्शक मानिन्छ कारण यसले चन्द्रमामा जलका अणुको उपस्थिति पुष्टि गरेको थियो। यो विश्वभरीका 200 भन्दा धेरै वैज्ञानिक प्रकाशनमा प्रकाशित भएको थियो।

चन्द्रयान-1 सम्म, चन्द्रमालाई एउटा पूर्णरूपले शुष्क, भूवैज्ञानिक रूपमा निष्क्रिय र निर्जन खगोलीय पिण्ड मानिन्थ्यो। अब यसलाई जल र यसको उप-सतहमा हिउँको उपस्थितिका साथ एउटा गतिशील अनि भूवैज्ञानिक रूपमा सक्रिय खगोलीय खण्डका रूपमा हेरिन्छ। हुनसक्छ, भविष्यमा यसमाथि सम्भावित रूपमा निवास गर्नसकिन्छ!

चन्द्रयान-2 पनि त्यति नै महत्त्वपूर्ण थियो कारण यसमा जोडिएको अर्बिटरको डाटाले पहिलोपटक रिमोट सेन्सिङको माध्यमद्वारा क्रोमियम, मेङ्गानिज र सोडियमको उपस्थिति पत्तो लगाएको थियो। यसले चन्द्रमाको चुम्बकीय विकासबारे बढी जानकारी पनि प्राप्त हुनेछ।

चन्द्रयान-2 को प्रमुख वैज्ञानिक परिणामले चन्द्र सोडियमका लागि पहिलो वैश्विक मानचित्र, क्रेटर आकार वितरणमाथि उन्नत जानकारी, आइआइआरएस उपकरणका साथ चन्द्र सतहमा जलबाट निर्मित हिउँ स्पष्ट रूपमा पत्तो लगाउनु र धेरै कुरा सामेल छ। यो मिशन करिब 50 प्रकाशनमा प्रकाशित भएको छ।

चन्द्रयान-3 मिशनका लागि शुभकामना! म तपाईंहरू सबैलाई यस मिशन अनि अन्तरिक्ष, विज्ञान र नवाचारमा गरिएको देशको प्रगतिबारे अरू धेरै जान्न आग्रह गर्दछु। यसबाट तपाईंहरू सबैले अति नै गौरवान्वित महसुस गर्नुहुनेछ।

****



(Release ID: 1939628) Visitor Counter : 93