आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीईए)
कृषकहरूका लागि विशेष प्याकेज घोषित
कृषकहरूका हितलाई बढावा दिन, माटोको उत्पादनशीलता पुनरूद्धार गर्न तथा खाद्य सुरक्षा एवं सतत पर्यावरण सुनिश्चित गर्न सीसीईएद्वारा एक थान योजना अनुमोदन
सीसीईएद्वारा युरिया सहायता योजना जारी राख्न अनुमोदन; तीन वर्षका लागि (2022-23 देखि 2024-25) ₹ 3,68,676.7 करोड युरिया सहायता अन्तर्गत प्रतिबद्ध
फोहोरबाट सम्पत्तिको नमूना उदाहरणीय बनाउन बजार विकास सहायताको (एमडीए) निम्ति ₹ 1451 करोड अनुमोदित; गोवर्धन संयन्त्रबाट जैविक मल तथा पराललाई माटोको मलिलोपन बढाउन र पर्यावरण स्वच्छ एवं सुरक्षित राख्न उपयोग गरिने
माटोमा सल्फरको कमीलाई सम्बोधित गर्न र कृषकहरूको लागत बचाउन सल्फर कोटेट युरिया (युरिया गोल्ड) शुरु गरिने
Posted On:
28 JUN 2023 3:47PM by PIB Gangtok
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको आर्थिक मामिलामाथि क्याबिनेट कमिटी (सीसीईए) –द्वारा आज कूल ₹ 3,70,128.7 करोड परिव्ययका साथ कृषकहरूका लागि अनुभव योजनाहरूको विशेष प्याकेज अनुमोदन गरियो। योजनाहरूको थान सतत खेती प्रोत्साहित गर्दै कृषकहरूको आर्थिक समुत्थान अनि समग्र हितमाथि केन्द्रित छ। यस पहलले कृषकहरूको आमदानी बढाउनका साथै जैविक/ प्राकृतिक खेती सुदृढ बनाउनका अतिरिक्त माटोको उत्पादन क्षमता बढाउँदै खाद्य सुरक्षा सुनिश्चित गर्नेछ।
सीसीईएद्वारा कृषकहरूलाई कर अनि नीमको परत चढाउने प्रभारबाहेक ₹ 242/45 केजीको बोराको दरले निरन्तर युरिया उपलब्ध सुनिश्चित गराउन युरिया सहायात योजना जारी राख्ने पनि अनुमोदन गरेको छ। माथि उल्लेखित प्याकेजबाहेक, आगामी तीन वर्षका लागि (2022-23-2-24-25) युरिया सहायताको निम्ति ₹ 3,68,676.7 प्रतिबद्ध गरिएको छ। यो हालै खरिफ मौसम 2023-24 का लागि अनुमोदित पोषण आधारित ₹ 38,000 को सहायताका अतिरिक्त हो। कृषकहरूले युरियाको खरिदका लागि अतिरिक्त खर्च बेहोर्नुपर्नेछैन र यसले उनीहरूलाई लगानी लागत मध्यम राख्न सहयोग गर्नेछ। हालमा युरियाको एमआरपी ₹ 242 प्रति 45 केजीको बोरा (नीमको परत चढाउने र देय करबाहेक) रहेको छ भने वास्तविक मूल्य ₹ 2200 प्रति बोरा पर्ने गर्दछ। योजनालाई बजेट सहायताको माध्यमद्वारा केन्द्र सरकारले पूर्णरूपमा वित्तपोषित गर्दछ। युरिया सहायता योजना निरन्तर राख्नाले स्वदेशी रूपमा युरियाको उत्पादन आत्मनिर्भर स्तरमा पुऱ्याउन सहयोग गर्नेछ।
बद्लिँदो भू-राजनीतिक परिस्थिति तथा काँचो मालको बढ्दो मूल्यका कारण बितेका वर्षहरूमा विश्वभरी रासायनिक मलको मूल्य कैयौं गुणा बढेर गएको छ। तर भारत सरकारले आफ्ना कृषकहरूलाई आकाशिँदो रासायनिक मलको मूल्यबाट सहायता प्रदान गरी संरक्षित गरेको छ। कृषकहरूलाई सुरक्षा प्रदान गर्ने प्रयासमा भारत सरकारले रासायनिक मलको सहायतालाई 2014-15 को ₹ 73,067 बाट बढाएर 2022-23 मा ₹ 2,54,799 पुऱ्याइएको छ।
नेनो युरिया परितन्त्रलाई सुदृढ बनाइयो
आगामी 2025-26 भित्र 44 करोड बोतल अर्थात् 195 एलएमटी बराबर पारम्परिक युरिया उत्पादन क्षमताको आठवटा नेनो युरिया संयन्त्र शुभारम्भ गरिनेछ। नेनो फर्टिलाइटरले नियन्त्रित रूपमा पोषण जारी गरी उच्च स्तरमा पोषणको उपयोग सुनिश्चित गर्नका साथै कृषकहरूको लागत घटाउने गर्दछ। नेनो युरियाको उपयोगले फसलको उब्जनी बढ्ने देखाएको छ।
आगामी 2025-26 भित्र युरियामा देश आत्मनिर्भर बन्ने
वर्ष 2018 उपरान्त चम्बल फर्टिलाइजर लिमिटेड – कोटा राजस्थान, मेटिक्स लिमिटेड – पानागढ, पश्चिम बङ्गाल, रामगुण्डम- तेलङ्गाना, गोरखपुर-युपी, सिन्द्री-झारखण्ड र बरौनी-बिहार गरी 6 वटा युरिया उत्पादन एकाइको पुनरूद्धारले देशलाई युरियाको उत्पादन अनि उपलब्धताको दिशामा आत्मनिर्भर बनाउन सहयोग पुऱ्याइरहेको छ। युरियाको स्वदेशी उत्पादन 2014-15 को 225 एलएमटीबाट बढेर 2021-22 मा 250 एलएमटी पुगेको छ। वर्ष 2022-23 मा, उत्पादन क्षमता बढेर 284 एलएमटी पुगेको थियो। यी सबैका साथमा नेनो युरिया संयन्त्रले युरियाको आयातमाथि हाम्रो निर्भरता घटाउनका साथै 2025-26 भित्र आत्मनिर्भर बनाउनेछ।
धरती माताको पुनरूद्धारका, जागरूकता, पोषण तथा सुधारका लागि पीएम कार्यक्रम (पीएम-प्रणाम)
धरती माताले सधैं मानवको निरन्तरताका प्रचुर स्रोत प्रदान गर्दैआएको छ। प्राकृति खेतीतर्फ लाग्दै सन्तुलित/ वहनीय रूपमा रासायनिक मलको प्रयोग प्रोत्साहित गर्नुपर्ने समयको माग बनेको छ। प्राकृतिक खेती/ जैविक खेती, वैकल्पिक मल, नेनो फर्टिलाइजर तथा बायो-फर्टिलाइजर जस्ता नवाचारलाई प्रोत्साहनले धरती माताको मलिलोपन पुनरूद्धार गर्न सहयोग गर्नेछ। यसै कुरालाई ध्यानमा राख्दै बजेटमा घोषित “धरती माताको पुनरूद्धारका, जागरूकता, पोषण तथा सुधारका लागि पीएम कार्यक्रम (पीएम-प्रणाम)”, योजना वैकल्पिक मल अनि रासायनिक मलको सन्तुलित उपयोग प्रोत्साहित गर्न राज्य अनि केन्द्र शासित प्रदेशहरूलाई सहुलियत प्रदान गर्ने ध्येयका साथ शुरु गरिनेछ।
गोबर्धन
गोवर्धन संयन्त्रबाट जैविक मल प्रोत्साहित गर्न बजार विकास सहायताको (एमडीए) निम्ति ₹ 1451.84 करोड अनुमोदित
आज अनुमोदित प्याकेजमा धरती माताको पुनरूद्धार, पोषण अनि सुधारका लागि अभिनव सहुलियत तन्त्र पनि सामेल छ। गोवर्धन पहल अन्तर्गत स्थापित बायो ग्यास संयन्त्र/ सम्पीडित बायोग्यास (सीबीजी) संयन्त्रबाट उप-उत्पादका रूपमा उत्पादित जैविक मल जस्तै पास राखिएको जैविक मल (एफओएम)/ तरल एफओएम/ फोस्फेट युक्त जैविक मल (पीआरओएम)-को विपणन सहयागका रूपमा ₹ 1500 प्रति मेट्रिक टन बजार विकास सहायता (एमडीए) योजनाका रूपमा प्रदान गरिनेछ।
यस्ता जैविक मललाई भारत ब्राण्ड एफओएम, एलएफओएम र पीआरओएमको रूपमा उपलब्ध गराइनेछ। यसले एकातिर फसलको अवशेष र पराल डढाउने चुनौतीलाई सम्बोधित गर्न सहयोग गर्नेछ भने अर्कोतिर पर्यावरणलाई स्वच्छ राख्नका साथै कृषकहरूलाई अतिरिक्त आमदानीको स्रोत पनि प्रदान गर्छ। कृषकहरूले सुपथ मूल्यमा जैविक मल (एफओएम/ एलएफओएम/ पीआरओएम) पनि प्राप्त गर्नसक्नेछन्।
यस पहलले गोवर्धन योजना अन्तर्गत परिचक्री अर्थनीति प्रोत्साहित गर्नका साथै बीजी/ सीबीजी संयन्त्रको सम्भाव्नयता बढाउन फोहोरबाट सम्पत्ति सिर्जना गर्ने 500 वटा नयाँ संयन्त्र स्थापित गर्ने बजेटको घोषणा कार्यान्वित गर्ने मार्ग प्रशस्त गर्नेछ।
वहनीय खेतीको चलनका रूपमा प्राकृतिक खेतीलाई प्रोत्साहनले माटोको स्वास्थ्य पुनरूद्धार गर्नका साथै कृषकहरूको लागत खर्च पनि घटाइरहेको छ। 425 वटा कृषि विकास केन्द्रले (केभीके) प्राकृतिक खेतीको प्रदर्शनी गर्नका साथै 6.80 लाख कृषकहरूका लागि 6,777 वटा जागरूकता कार्यक्रम आयोजन गरिसकेको छ। प्राकृतिक खेतीका लागि पाठ्यक्रम पनि स्नातक र स्नातकोत्तर तहसम्मको निम्ति तयार गरिसकिएको छ, जुन जुलाई-अगस्त 2023 को शैक्षणिक सत्रदेखि कार्यान्वयन गरिनेछ।
माटोमा सल्फरको कमीलाई सम्बोधित गर्न र कृषकहरूको लागत बचाउन सल्फर कोटेट युरिया (युरिया गोल्ड) शुरु गरिने
प्याकेजको अर्को पहलमा देशमा प्रथमपटक सल्फरको परत चढाइएको युरिया (युरिया गोल्ड) शुभारम्भ गरिँदैछ। यो वर्तमानको नीमको परत चढाइएको युरियाभन्दा किफायती अनि प्रभावी पनि हुन्छ। यसले देशको माटोमा सल्फरको कमीलाई सम्बोधित गर्नेछ। यसले कृषकहरूको लागत खर्च बचाउनका साथै उब्जनी अनि उत्पादन बढाउनेछ।
प्रधानमन्त्री किसान समृद्धि केन्द्रहरूको (पीएमकेएसके) सङ्ख्या एक लाख नाघ्यो
करिब एक लाख प्रधानमन्त्री किसान समृद्धि केन्द्र (पीएमकेएसके) देशभरी स्थापित भइसकेका छन्। कृषकहरूको सुविधाका लागि, कृषकहरूलाई एउटै छानामुनि आवश्यक सामान अनि औजार उपलब्ध गराइँदैछ।
लाभ :
अनुमोदित योजनाले रासायनिक मलको विवेकपूर्ण उपयोग गर्न सघाउ पुऱ्याउँदै कृषकहरूको उब्जनी लागत घटाउन सहयोग गर्नेछ। प्राकृतिक/ जैविक खेतीलाई प्रपोत्साहन, अभिनव तथा वैकल्पिक मल जस्तै नेनो फर्टिलाइजर अनि जैविक मलको उपयोगले धरती माताको मलिलोपन पुनरूद्धार गर्न सहयोग गर्नेछ।
i. माटोको स्वास्थ्यमा सुधारले माटो साथै पानीको प्रदूषणमा कमीका कारण पोषणको कुशलतामा वृद्धि ल्याउनेछ। सफा अनि सुरक्षित वातावरणले मानव स्वास्थ्यमा सुधार आउनेछ।
ii. पराल/ ढोड-नल जस्ता अवशेषको समुचित उपयोगले वायु प्रदूषणको समस्या समाधान गर्नका साथै बाँच्ने परिवेशमा सुधार अनि स्वच्छता ल्याउनका अतिरिक्त फोहोरलाई सम्पत्तिमा परिणत गर्न सहयोग गर्नेछ।
iii. कृषकहरूले थप लाभ पाउनेछन् – युरियाको निम्ति अतिरिक्त भुक्तान गर्नुपर्नेछैन कारण त्यो सुपथ वैधानिक मूल्यमा उपलब्ध भई नै रहनेछ। जैविक मल (एफओएम/ पीआरओएम) पनि सस्तो मूल्यमा उपलब्ध हुनेछ। कम लागतको नेनो युरिया र रासायनिक मलको कम उपयोग अनि जैविक मलको उपयोगमा वृद्धिले किसानहरूको लागत खर्च घटेर जानेछ। कम लागत खर्चका साथमा स्वस्थ माटो अनि पानीले कृषकहरूको फसलको उब्जनी अनि उत्पादन बढाउनेछ। कृषकहरूले आफ्नो उब्जनीका लागि मुनासिब मूल्य पाउनेछन्।
****
(Release ID: 1936110)
Visitor Counter : 153
Read this release in:
Manipuri
,
English
,
Urdu
,
Hindi
,
Marathi
,
Assamese
,
Bengali
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam