स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय

डब्ल्यूएचओको प्रतिवेदनले सार्वजनिक स्वास्थ्य तथा आर्थिक बचतमा ‘हर घर जल’ कार्यक्रमको महत्त्वपूर्ण प्रभावलाई प्रकाश पारेको छ


हामी जीवन बचाउन, महिला र केटीहरूलाई सशक्तिकरण गर्न र जीवनको सहजतामा योगदान पुर्याउन सुरक्षित पिउने पानीको भूमिका देखिरहेका छौँ: डा वीके पल, नीति आयोग

जल जीवन मिशनमा भारत सरकारको लगानीले स्वास्थ्यमा महत्त्वपूर्ण गुणात्मक प्रभाव पारेको छ जुन यस अध्ययनले ल्याएको छ: डा राजीव बहल

देशका सबै घरपरिवारका लागि सुरक्षित रूपमा पिउने पानीको व्यवस्था गर्नाले झण्डै 400,000 झाड़ापखालाबाट हुने मृत्युलाई रोक्न सकिन्छ

भारतमा सुरक्षित रूपमा प्रबन्धित पिउने पानीको विश्वव्यापी कभरेजको साथ लगभग 14 मिलियन डीएएलवाई (अशक्तता समायोजन जीवन वर्षहरू) झाड़ापखाला रोगबाट बच्न अनुमान गरिएको छ, परिणामस्वरूप अनुमानित लागत 101 बिलियन डलरसम्मको बचत हुन्छ

ग्रामीण धारा जड़ान 2019 मा 16.64% बाट 41 महिनाको अवधिमा 62.84% मा बढ्यो

Posted On: 09 JUN 2023 3:22PM by PIB Gangtok

हामी जीवन बचाउन, महिला र केटीहरूलाई सशक्तिकरण गर्न र जीवनको सहजतामा योगदान पुर्याउन सुरक्षित पिउने पानीको भूमिका देखिरहेका छौँ।यो कुरा डा. वीके पल, सदस्य (स्वास्थ्य), नीति आयोगले आज यहाँ भारतमा हर घर जलकार्यक्रमका पर्याप्त फाइदाहरू प्रकाश पार्ने डब्ल्यूएचओको अभूतपूर्व प्रतिवेदनको उद्घाटन अवसरमा भने। व्यक्ति र परिवारको शारीरिक, मानसिक र आर्थिक रूपमा जीवन स्तरमा सुधार ल्याउन कुनै पनि कार्यक्रमले यस्तो प्रत्यक्ष प्रभाव पार्दैन”, उनले भने। डा. पलले कार्यक्रमको गति र मापनको प्रशंसा गर्दै भने, “हरेक सेकेण्डमा नयाँ जडान थपिएको छ र आज भारतमा सार्वजनिक स्वास्थ्यलाई परिवर्तन गर्दैछ।

प्रतिवेदनले के अनुमान गरेको छ भने देशका सबै घरपरिवारका लागि सुरक्षित रूपमा पिउने पानीको प्रबन्ध गर्नाले झाड़ापखालाका रोगहरूबाट हुने लगभग 400,000 मृत्युलाई रोक्न र यी रोगहरूसँग सम्बन्धित लगभग 14 मिलियन असक्षमता समायोजन जीवन वर्षहरू (डीएएलवाई) लाई रोक्न सक्छ। यो उपलब्धिले मात्रै 101 बिलियन डलरसम्मको अनुमानित लागत बचत हुनेछ। यो विश्लेषण पखाला लाग्ने रोगहरूमा केन्द्रित छ किनकि यसले डब्ल्यूएएसएच - विशेष अधिकांश रोगको बोझको लागि जिम्मेवार छ।

श्रीमती विनी महाजन, सचिव, पेयजल र सरसफाइ विभाग, जल शक्ति मन्त्रालय र डा. राजीव बहल, सचिव, स्वास्थ्य अनुसन्धान विभाग, महानिदेशक, भारतीय चिकित्सा अनुसन्धान परिषद, डा. रोडेरिको एच. अफ्रिन, डब्ल्यूएचओका लागि भारतका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो।

डा बहल, डीजी, आईसीएमआरले नागरिकहरूलाई स्वच्छ पिउने पानीमा पहुँच प्रदान गर्न हर घर जलको उपलब्धिको प्रशंसा गरे। जल जीवन मिशनमा भारत सरकारको लगानीले स्वास्थ्यमा महत्त्वपूर्ण गुणात्मक प्रभाव पारेको छ जुन यस अध्ययनले ल्याएको छ”, उनले भने।

हर घर जलप्रतिवेदनले झाड़ापखालाका रोगहरूमा केन्द्रित छ किनभने यसले पानी, स्वच्छता र सरसफाइ (वाश) सम्बन्धी समग्र रोगको बोझमा महत्त्वपूर्ण योगदान पुर्याउँछ। विश्लेषणले यी रोगहरूलाई सम्बोधन गर्न तत्काल आवश्यकता र सार्वजनिक स्वास्थ्य र आर्थिक कल्याणमा पर्याप्त लाभको सम्भावनालाई जोड दिएको छ।

2019 अघि ग्रामीण क्षेत्रमा खानेपानीको अवस्था चुनौतीपूर्ण थियो। प्रतिवेदनले 2018 मा भारतको कुल जनसङ्ख्याको 36%, ग्रामीण जनसङ्ख्याको 44% सहित तिनीहरूको परिसरमा सुधारिएको पिउने-पानी स्रोतहरूमा पहुँच नभएको देखाएको छ। असुरक्षित पिउने पानीको प्रत्यक्ष खपतले गम्भीर स्वास्थ्य र सामाजिक परिणामहरू निम्त्यायो। विश्लेषणले सन् 2019 मा अपर्याप्त स्वच्छता र सरसफाइका साथै असुरक्षित पिउने पानीले विश्वभरि 1.4 मिलियनको मृत्यु र 7.4 मिलियन डीएएलवाईमा योगदान गरेको देखाएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सुरक्षित रूपमा व्यवस्थित पिउने पानी सेवाहरू प्रयोग गर्ने जनसङ्ख्याको अनुपात (सूचक 6.1.1) र असुरक्षित पानी, सरसफाइ र स्वच्छता (सूचक 3.9.2) सम्बन्धी मृत्युदर सहित विभिन्न दिगो विकास लक्ष्य (एसडीजी) सूचकहरूको अनुगमन गर्दछ। डब्ल्यूएचओले पानी, स्वच्छता र सरसफाइमा भएको सुधारसँग सम्बन्धित स्वास्थ्य लाभहरू अनुमान गर्नका लागि विशेष गरी पखाला रोगहरू र अन्य सम्बन्धित स्वास्थ्य परिणामहरू कम गर्नमा विधि र उपकरण विकास गरेको छ।

प्रतिवेदनले धाराको पानीको प्रबन्धमार्फत महिला र केटीहरूको लागि ठूलो समय तथा प्रयासको बचतलाई जोड़ दिएको छ। 2018 मा भारतमा महिलाहरूले घरको आवश्यकता पूरा गर्न दैनिक औसत 45.5 मिनट पानी सङ्कलन गरे। समग्रमा परिसरमा पानी नभएका घरहरूले पानी सङ्कलन गर्न प्रत्येक दिन 66.6 मिलियन घण्टा खर्च गरे, जसमा अधिकांश (55.8 मिलियन घण्टा) ग्रामीण क्षेत्रहरूमा हुने गर्दछ। धाराको पानीको व्यवस्थामार्फत सार्वभौमिक कभरेजले दैनिक पानी सङ्कलन प्रयासको आवश्यकतालाई हटाएर पर्याप्त बचत गर्नेछ।

घोषणाको क्रममा डीडीडब्ल्यूएस सचिव श्रीमती विनी महाजनले जल जीवन मिशनको उल्लेखनीय प्रगतिलाई प्रकाश पारिन्। उनले ग्रामीण धारा पानी जड़ानहरू 2019 मा 16.64% बाट 41 महिनाको अवधिमा 62.84% मा वृद्धि भएको उल्लेख गरिन्, जसले प्रति वर्ष 0.23% को तुलनामा 13.5% को औसत वार्षिक वृद्धिको प्रतिनिधित्व गर्दछ।

हर घर जलकार्यक्रमको बारेमा:

जल शक्ति मन्त्रालय अन्तर्गत जल जीवन मिशनद्वारा लागू गरिएको हर घर जल कार्यक्रम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 15 अगस्त, 2019 मा घोषणा गरेका थिए। कार्यक्रमको लक्ष्य प्रत्येक ग्रामीण परिवारलाई धाराहरूमार्फत पर्याप्त सुरक्षित पिउने पानी आपूर्तिमा किफायती तथा नियमित पहुँच प्रदान गर्ने हो। कार्यक्रमका अवयवहरू सुरक्षित रूपमा व्यवस्थित पिउने पानी सेवाहरूको लागि एसडीजी 6.1 मा प्रगति अनुगमन गर्न पानी आपूर्ति, सरसफाइ, र स्वच्छता (जेएमपी) को लागि डब्ल्यूएचओ/यूनिसेफ संयुक्त अनुगमन कार्यक्रमसँग पङ्क्तिबद्ध छन्।

****



(Release ID: 1931194) Visitor Counter : 101