प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

ओलम्पिकको सपनाले सम्पूर्ण भारतका महिलाका लागि कसरी अवसरको नयाँ ढोका खोल्नसक्छ भन्ने विषयलाई उजागर गर्ने लेख प्रधानमन्त्रीले गर्नुभयो साझा

पोस्ट गरियो: 26 NOV 2026 2:31PM by PIB Gangtok

नयाँ दिल्ली, 26 नोभेम्बर, 2026:

 

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज भारतकी प्रख्यात ब्याडमिन्टन खेलाड़ी सुश्री पी.भी. सिन्धुले लेख्नुभएको एउटा लेख साझा गर्नुभएको छ। उक्त लेखमा ओलम्पिकको सपनाले भारतभरका महिलाका लागि कसरी अवसरका नयाँ ढोका खोल्नसक्छ भन्ने विषयलाई उजागर गरिएको छ।

सुश्री सिन्धुले सन् २०३६ को ओलम्पिक आयोजना गर्ने भारतको आकांक्षाले खेलकुदमा महिलाको सहभागिता प्रवर्द्धन गर्न, जमिनी तहमा खेलकुद पूर्वाधार सुदृढ़ बनाउन र आर्थिक आत्मनिर्भरताका अवसरहरू सिर्जना गर्न कसरी सहयोग पुर्‍याउन सक्छ भन्ने विषयमा प्रकाश पार्नुभएको छ। यसका साथै, उहाँले अस्मिता (ASMITA) जस्ता पहलहरू र खेलकुदका उपलब्धिहरूले महिला खेलाड़ीहरूको नयाँ पुस्तालाई प्रेरित गर्न निर्वाह गर्ने भूमिकालाई पनि जोड़ दिनुभएको छ।

प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल X मा लेखेको छ:

“ओलम्पिकको सपनाले भारतभरका महिलाका लागि अवसरका नयाँ ढोका खोल्न सक्छ।

प्रख्यात ब्याडमिन्टन खेलाडी @Pvsindhu1 ले सन् २०३६ को ओलम्पिक आयोजना गर्ने भारतको आकाङ्क्षाले खेलकुदमा महिलाको सहभागिता प्रवर्द्धन गर्न, जमिनी तहमा खेलकुद पूर्वाधार सुदृढ बनाउन र आर्थिक आत्मनिर्भरताका अवसरहरू सिर्जना गर्न कसरी सहयोग पुर्‍याउन सक्छ भन्नेबारे लेख्नुभएको छ।

उहाँले अस्मिता जस्ता पहलहरू र खेलकुदका उपलब्धिहरूले महिला खेलाड़ीहरूको नयाँ पुस्तालाई प्रेरित गर्न निर्वाह गर्ने भूमिकाबारे पनि प्रकाश पार्नुभएको छ।” https://www.hindustantimes.com/opinion/india-hosting-the-olympics-will-empower-its-women-101795631127186.html

 

******

MPS/TWB


(रिलिज आईडी: 2341900) आगन्तुक काउन्टर : 6
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , Marathi , हिन्दी , Bengali , Assamese , Gujarati , Telugu , Malayalam