गोवा, 18 नोभेम्बर 2026:
गोवामा 20 देखि 28 नोभेम्बर, 2026 सम्म “सीमाबिनाका कथाहरू”को सर्वव्यापी शीर्षक अन्तर्गत आयोजित हुने 57 औं भारतीय अन्तरराष्ट्रिय फिल्म उत्सवले (आइएफएफआइ) सावधानीपूर्वक चयनित “मिशन लाइफ” खण्डका साथमा भारतीय सिनेमालाई वैश्विक सिनेमाई संवादको अग्रपङ्क्तिमा राखेको छ। यी दुई स्तम्भलाई एक साथ ल्याउनुको प्राथमिक उद्देश्य भारतीय भाषिक साथै क्षेत्रीय कथावाचनको विविधताको उत्सव मनाउनका साथै परितन्त्रीय परिवर्तन, प्रकृतिको अभिकर्ता तथा पूर्णतया मानवकेन्द्रित दृष्टिकोणदेखि इतर दीर्घकालिक सह-अस्तित्त्वको खोज गर्न सिनेमालाई उत्प्रेरकका रूपमा उपयोग गर्नुरहेको छ।
यस सम्मिलनको माध्यमद्वारा यस उत्सवले “विश्वका लागि भारतमा रचना”को राष्ट्रिय परिकल्पनालाई अघि बढाउनका साथसाथै उदीयमान रचनात्मक प्रतिभालाई पोषित गर्नका अतिरिक्त दर्शकहरूलाई मानवको धरती अनि अन्यतर्फ मानवको साझा दायित्त्वप्रति चिन्तन गर्न प्रेरित गर्नु पनि रहेके छ।
उत्सवको केन्द्रमा भारतीय सिनेमा रहनेछ, जसले आइएफएफआइको मुटुको ढुकढुकीका रूपमा काम गर्न जारी राख्नेछ। देशको चलचित्रमैत्री नीति अनि जीवन्त सिर्जनशील अर्थनीति आलोकित गर्दै, भारतीय प्यानोरामा खण्डले 30 वटा कथानक फिल्म अनि 20 गैर कथानक चलचित्रका साथै श्रेष्ठ वेब शृङ्खला (ओटीटी) पुरस्कारका लागि मनोनित पाँचवटा वेब शृङ्खलाको सर्वव्यापी प्रस्तुति गरिनेछ।
कथानकमा पाँच मुख्यधाराका फिल्म, पाँच भारतीय कथानक चलचित्रमा श्रेष्ठ पदार्पण निर्देशक तथा विश्व, अन्तरराष्ट्रिय, एशिया वा भारतीय प्रिमियरका लागि नयाँ क्षितिज अन्तर्गत चयनित शीर्षकहरू सामेल रहनेछन्।
भारतीय प्रविष्टिमा, अन्तरराष्ट्रिय प्रतिस्पर्धाका लागि कान्तारा – ए लिजेन्ड – अध्याय-1 (कन्नड), पारो -दी अनटोल्ड स्टोरी अव् ब्राइड स्लेभरी (हिन्दी) तथा दी केरल स्टोरी -2 गोज बियोण्ड (हिन्दी) लगायत बर्ड अन आइस (लद्दाखी) र स्लेज (कश्मिरी) श्रेष्ठ पदार्पण कथानक चलचित्रको श्रेणामा, र आइसीएफटी-युनेस्को गान्धी पदकको निम्ति प्रतिस्पर्धा गर्ने कबिर सर का आखरी लेसन (हिन्दी), प्लेयर-5 (तमिल) र सेव मिच्चर (हिन्दी)-ले प्रमुख प्रतिस्पर्धी श्रेणीमा बलियो उपस्थिति दर्ता गर्नेछ।
यसका साथै, यस उत्सवले थुलाभरम, साधी मानसी, वक्त, कश्मीर की कलि र चौरिङ्गी जस्ता सहस्राब्दी उत्सवको माध्यमद्वारा समृद्ध भारतीय सिनेमाई विरासतलाई सम्मान गर्नका साथसाथै भक्त कनप्पा र कभी कभीलाई स्वर्ण जयन्ती श्रद्धाञ्जलि तथा भगीरथीराजा, के भाग्यराज अनि नाना पाटेकर जस्ता दिग्गजलाई विशेष श्रद्धाञ्जलि र भविष्यका सिर्जनशील मनहरूको (सीएमओटी) छैटौं संस्करणको माध्यमद्वारा 13 फिल्म शिल्पव्यापी रूपमा 100 युवा कलाकारलाई सशक्तिकरण पनि सामेल रहनेछ।

राष्ट्रिय कथावाचनको यस उत्सवलाई मिशन लाइफ खण्डले प्रतिपूर्ति गर्नेछ, जसमा परितन्त्रीय परिवर्तन, मानव-गैर मानव सम्बन्ध तथा सतत जीवनलाई पुनःकल्पना गर्नुपर्ने तत्काल आवश्यकताको जाँच गर्ने पाँच अन्तरराष्ट्रिय फिल्मलाई सावधानीपूर्वक चयन गरिएको छ।
चयनमा नेदरल्याण्ड-स्पेनको सह-निर्माणमा रहेको मारिया मोलिना पेइरोको “लाइक एनी अदर मोर्टल”ले एशियामा प्रिमियर गर्नेछ, जसले वृत्तचित्र, जिप्सी नृत्य अनि कल्पित विज्ञानको मिश्रणका साथ आन्डालुसियामा प्राचीन खानीको खोट र मङ्गल ग्रहमा रोबोटिक अन्वेषणबीच तुलना गर्दछ।
ईकुएडोर, चिली अनि जर्मनीबाट एशिया प्रिमियर गरिरहेका भेरेनिस बेनिट्जको नुनकुईले खानी निगमले आफ्नो बासथलो अतिक्रमण गर्दैजाँदा, पैतृक गीत, वनका देवताहरूका साथै परितन्त्रीय नाता-कुटुम्बबाट शक्ति पाउन खोजिरहेकी एमाजनको सुआर समुदायकी तरुणीको कथा प्रस्तुत गर्दछ।
नेदरल्याण्ड अनि इण्डोनेशियाबाट, सबाइन ग्रोइनेवेगेनको “दी क्लियरिङ” भारतमा प्रथमपटक प्रदर्शित गरिनेछ भने यसले अभिलेखीय अनि समकालीन दृश्यहरूलाई एक साथ प्रस्तुत गर्दै सुमात्राको वर्षा वनलाई लाबरको बगानमा परिणत गर्ने औपनिवेशिक प्रक्रियाका साथसाथै शोषण अनि प्रतिरोधको स्थायी विरासत उजागर गर्दछ।

लियोनार्डो पिरोण्डीको पोर्तुगल-ब्राजिलको प्रयोगात्मक विज्ञान कथा रहेको कथानक चलचित्र “ट्रपिकल फ्रेक्टल्स (फ्रेक्टाइस ट्रपिकाइस”ले मिशन लाइफ खण्डलाई अझ समृद्ध बनाउँछ। यसको भारतमा पहिलोपटक प्रदर्शनी गरिनेछ भने फिल्मले पृथ्वीमा बाँचेका अन्तिम अवशेषहरूको अध्ययन गरिरहेका अन्तरिक्षमा यात्रा गर्ने वैज्ञानिक अनि कृत्रिम बुद्धिमत्ता प्रणालीको कथा प्रस्तुत गर्दछथ। यस क्रममा एकजना एक्लो यात्री एउटा उजाड ग्रहमा अघि बढ्छन्, जहाँ प्रकृति फेरि जीवनतर्फ फर्कन लागेको छ।
यस खण्डको अन्तिम फिल्म प्रसिद्ध कम्बोडियाई-फ्रान्सिसी फिल्मकार रिथी पानको “वी आर दी फ्रूट्स अव् दी फरेस्ट (नू सोम ले फ्रूई द ला फोरे)” रहेको छ। भारतमा प्रिमियार हुने यस वृत्तचित्र फिल्मले कम्बोडियाको सुदूर पाहाडी क्षेत्रमा बसोबासो गर्ने मूल निवासी बुनोङ समुदायको जीवनलाई नजिकबाट प्रस्तुत गर्दछ। यो समुदाय करपोरेट कम्पनीहरूको अतिक्रमण अनि जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा उत्पन्न व्यवधानहरूका बीच आफ्नो पैतृक परम्परा अनि उपजाऊ भूमिको रक्षाका लागि प्रयासरत छ।
57 औं भारतीय अन्तरराष्ट्रिय फिल्म महोत्सव, भारतको कालजयी कथावाचनको परम्पराले पर्यावरण संरक्षणसँग जोडिएका वैश्विक मुद्दाहरूमाथि हुने तात्कालिक विमर्शलाई साथमा जोड्दछ। यस प्रकार महोत्सवले एकपटक फेरि एकपटक सिनेमाममा सिनेमादेखि पर विभिन्न संस्कृतिलाई एकजुट गर्ने अपार शक्ति छ भन्ने पुष्टि गर्दछ।
**********
MPS/TWB