पोस्ट गरियो:
16 NOV 2026 3:53PM by PIB Gangtok
नयाँ दिल्ली, 16 नोभेम्बर 2026
प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व ग्रामीण विकास सचिव शैलेश कुमार सिंहद्वारा लिखित एउटा लेख साझा गर्नुभएको छ।
उक्त लेखमा लखपति दीदी पहलले ग्रामीण महिलाहरूलाई स्वयं सहायता समूहबाट सफल उद्यमीका रूपमा रूपान्तरण हुन, दिगो आम्दानी हासिल गर्न तथा आर्थिक रूपमा थप आत्मनिर्भर बन्न कसरी सहयोग पुर्याइरहेको छ भन्ने विषय उल्लेख गरिएको छ। सीप विकास, वित्तीय पहुँच, बजारको उपलब्धता तथा सामुदायिक संस्थाहरूको सहयोगले महिलाहरूलाई आफ्नै उद्यम सञ्चालन गर्न, आर्थिक निर्णय लिन र आफ्नो भविष्य आफैँ निर्माण गर्न सक्षम बनाइरहेको विषयमा लेखमा प्रकाश पारिएको छ।
यस सम्बन्धमा प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समा लेख्दै भन्नुभएको छ:
“स्वयं सहायता समूहदेखि सफल उद्यमीसम्म, ग्रामीण महिलाहरूले सशक्तीकरणको नयाँ कथा लेखिरहेका छन्!
पूर्व ग्रामीण विकास सचिव शैलेश कुमार सिंहले लखपति दीदी पहलले ग्रामीण महिलाहरूलाई दिगो आम्दानी र थप आर्थिक आत्मनिर्भरताको दिशामा अघि बढ्न कसरी सहयोग गरिरहेको छ भन्ने विषयमा लेख्नुभएको छ।
उहाँले सीप विकास, वित्तीय पहुँच, बजारको उपलब्धता तथा सामुदायिक संस्थाहरूको सहयोगले महिलाहरूलाई आफ्नै उद्यम सञ्चालन गर्न, आर्थिक निर्णय लिन र आफ्नो भविष्य आफैँ निर्माण गर्न कसरी सक्षम बनाइरहेको छ भन्ने विषयमा प्रकाश पार्नुभएको छ।“
**********
MPS/TWB